Nepal Teacher Unionहरिश चन्द्र बाग, कञ्चनपुर, २९ कार्तिक । नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवाले राष्ट्रवादको नारा लगाउने वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अहिले काम गरेर देखाउने बेला रहेको उल्लेख गर्नुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार अबेर साँझ सम्पन्न नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता देउवाले संविधानले सुरक्षित गरेका अधिकारलाई पनि ओली नेतृत्वको सरकारले विभिन्न विधेयक ल्याएर हस्तक्षेप गर्न खोजेको आरोप लगाउनु भयो ।

कांग्रेश सभापति देउवाले अधिकांश सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले सामुदायिक विद्यालयका गतिविधिमा अभिभावकहरुको चाँसो कम भएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।

सभा भोली शनिबार सम्म चल्ने नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...