Hidden
एमाले, माओबादी र राप्रपाको गठबन्धनमा चुनाब जितेका ओलीलाई अब धौ:धौ !
प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेका छन्। चुनाव हुँदाको अवस्थामा शीर्ष नेताहरु लड्ने निर्वाचन क्षेत्रमा धेरैको चासो देखिन्छ। ओलीको निर्वाचन क्षेत्र झापा ५ मा नेकपा विभाजनको प्रभाव के कस्तो परेको छ भन्नेमा धेरैको ध्यान छ।
ओलीले पटकपटक चुनाव जित्दै आएको क्षेत्र हो झापा ५, प्रतिनिधिसभा निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट ओलीले २९ हजार मत अन्तरका साथ जित हासिल गरेका थिए। झापामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मात्रै नभएर राप्रपासँग पनि गठबन्धन गरिएको थियो।
यो क्षेत्रमा दमकसहित २ नगर र २ गाउँपालिका पर्छन्। जसमध्ये दुई वटा– दमक नगर र कमल गाउँपालिका एमालेले जितेको थियो। कमल गाउँपालिकाको प्रमुखमा मत बराबरी भएपछि गोलाप्रथा गर्दा मेनुका काफ्ले विजयी भएकी थिइन्, उनले गोलाप्रथामा कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरेकी थिईन। गौराहद नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो। गौरीगञ्ज गाउँपालिकाको मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो। गौरीगञ्जको वडा नम्बर ३, ४, ५ र ६, दमक नगरपालिका, कमल गाउँपालिका तथा गौरादहको वडा नं १ देखि ८ सम्म झापा ५ मा पर्छ।
प्रतिनिधिसभा निर्वाचनमा ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका थिए भने उनको निकटमत प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेका थिए। ओलीले प्राप्त गरेको मत त्यसको एक वर्षअघि भएको स्थानीय तहमा एमाले, माओवादी र राप्रपाले प्राप्त गरेको मत बराबरी नै छ। स्थानीय तहको निर्वाचनमा चार वटा स्थानीय तहमा एमालेले करिब साढे ३१ हजार, कांग्रेसले साढे २७ हजार, माओवादीले साढे १५ हजार र राप्रपाले साढे १२ हजार मत प्राप्त गरेका थिए। त्यसैले माओवादी, राप्रपा र एमालेकै एउटा हिस्सा फुट्दा ओलीलाई चुनाव जित्न कठिन देखिन्छ। नेकपाका प्रमुख गढ मानिने दमक नगरपालिका र कमल गाँउपालिकाको कमिटीमा दुवै पक्ष बराबरीकै हैसियतमा छन्।
प्रकासित मिति