annapurna add

Prachandra Oli talikng 768x443

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबिच अवरुद्ध भएको संवाद पुनः सुरु भएको छ। गएको हप्ताको मंगलबार (साउन २० गते) प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ९ दिनपछि बिहीबार पुनः संवाद शृङ्खला सुरु भएको हो । प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पाँच दिन भित्र पार्टी भित्रको ‘सिनारियो’ परिवर्तन हुने दाबी गरेका छन्।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पत्रकार भेला गरेर ओलीविरुद्ध खनिएपछि साउन २१ गते हुने भनिएको छलफल भाँडिएको थियो । ओली र प्रचण्डबिच प्रधानमन्त्री निवासमा छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् । साउन २० गतेको भेटमा ठोस सहमति नभए पनि भोलिपल्ट भेट्ने गरी छुट्टिएका ओली र प्रचण्डबिच यो बिचमा टेलिफोनमा समेत संवाद हुन सकेको थिएन ।

प्रकासित मिति

Loading...

 

ताजा खबर