annapurna add

काठमाडौँ : ‘एक कदम अगाडि, दुई कदम पछाडि’अर्थात् रुसी कम्युनिष्ट नेता भी.आई लेनिनले रसियाली क्रान्तिका बेला प्रयोग गरेको सूत्र । सन् १९१७ मा राजनीतिक संघर्षमा यो सूत्र प्रयोग गरेर लेनिनले रसियाली क्रान्तिलाई सफलता दिलाएका थिए ।

oli prachanda kantipathलेनिनको यही ‘थ्योरी’लाई अहिले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले उपयोग गरेका छन् । एक अर्काविरुद्ध सम्पूर्ण शक्तिसहित संघर्षमा उत्रेका ओली र दाहाल अहिले दुई–दुई कदम पछाडि हटेका छन् । र, उनीहरुको बोलि फेरिएको छ, अलि नरम भएको छ । त्यसैले नेकपाभित्र ओली र दाहालको यो रणनीति बुझ्ने धेरैको चासो छ, ‘अबको एक कदम के हुन्छ रु’

असार १० बाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक ‘वारपार’को स्थिति बन्दै थियो । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने दाहाल र माधवकुमार नेपाल समूहका नेताहरुको अडान थियो । तर, ओली कुनै पनि हालतमा दुवै पद नछाड्ने बरु पार्टी फुटाईदिने अडानमा थिए ।

ओली र दाहाल समूहबीच यसै विषयमा संघर्ष र संवाद एकसाथ जारी थियो । बैठक पटक–पटक स्थगित भएकै बेला असार २५ मा नेकपाभित्र नयाँ राजनीतिक मोड आयो । दुवै पक्षले पार्टी विभाजन हुँदैन भने तर सहमति चाहिँ के भयो रु कसैले खुलाएनन् । बरु, साउन २ सम्म बैठक स्थगित भयो ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनाल साउन २ को बैठकबारे भन्छन्, ‘बैठक बस्छ । बैठकमा जे एजेण्डा छन्, ती एजेण्डा जारी रहन्छन् । छलफलबाट एउटा निकास ननिस्किइ बैठक अन्त्य हुँदैन । बैठकले अनिवार्य निकास निकाल्छ ।’ तर, स्थायी कमिटीका एक नेता सुनाउँछन्, ‘अहिले नेकपा पानी जमेको तलाउजस्तो शान्त छ । जतिबेला पनि हलचल हुन सक्छ ।’

पार्टीको शक्ति संघर्षलाई मसिनोसँग बुझ्ने ती नेताको बुझाईमा यतिबेला ओली र दाहाल दुवै ‘एक कदम अगाडि, दुई कदम पछाडि’ भन्ने लेनिनको ‘थ्योरी’मा टेकेर काम गरेका छन् । त्यसैले ओली र दाहालबीच नाटकीय रुपमा सहमति र लेनदेन भएन भने निकट भविष्यमै टकराव देखिनेछ । यसका लागि दुवै पक्षले केही समय तयारीमा बिताउने छन् । सम्भावित सहमति र टकरावका लागि समय चाहिने विषयमा ओली र दाहालले बोली सकेका छन् ।

पार्टीको स्थायी कमिटी बैठक एक साता पछाडि सारेपछि ओलीले विवाद आपसी छलफलबाटै टुंगिने भएकाले धैर्य र संयम हुनुपर्ने बताएका छन् । ‘जुनसुकै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायीत्व सम्बन्धित दल र राजनीतिक नेताहरूकै हो,’ प्रधानमन्त्रीले भनेका छन्, ‘पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

ओलीको अभिव्यक्ति शुक्रबार आयो भने अर्को दिन शनिबार गृह जिल्ला पुगेर दाहालले पनि हतारमा निर्णय हुँदैन भनेर केही समय तयारी गर्ने बताए । ‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं । देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्छु,ु दाहालको भनाई थियो, ‘मैले हतार गर्न खोजेको भए अर्को दुर्घटना वा के हुन्थ्यो म अहिले भन्न सक्दिनँ ।’ कान्तिपुर दैनिक

प्रकासित मिति

Loading...
Loading...

 

Loading...