annapurna add

912051 nepal oli

नेकपाको विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने औपचारिक प्रस्ताव स्थायी समिति बैठकमा पेस गर्ने तयारी भएको छ। पटकपटक स्थगित गरिएको बैठक शुक्रबार बोलाइएको छ। शुक्रबार बिहानसम्म कुनै समझदारी विकास भएन भने ओलीले एक पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव पेस हुने एक स्थायी समिति सदस्यले बताए।

‘बटमलाइन नै ओलीको राजीनामा हो। अब बस्ने बैठकमा सो प्रस्ताव एजेन्डाको रुपमा प्रस्तुत हुन्छ,’ ती नेताले भने। यसलाई ओलीले नटेरे विधानअनुसार पार्टीले निर्णय गर्ने पनि उनले दाबी गरे।

‘उहाँले राजीनामा दिन्नँ भनेर धेरै पटक भनिसक्नुभयो। उहाँले राजीनामा दिनुको विकल्प नै छैन, नदिए विधानबमोजिम पार्टीले निर्णय गर्छ,’ उनले भने। ओलीले विवाद समाधानमा चासो नदेखाएको बरु पार्टी फुटाउनै लागिपरेको भन्दै प्रचण्ड–नेपाल पक्ष रुष्ट छ।

स्थायी समिति बैठकमा राजीनामा माग भएपछि ओलीले पार्टी विभाजित हुने चेतावनी समेत दिएका थिए। यदि राजीनामा दिनुपर्ने पेस भएमा ओली पक्षको रणनीति कस्तो हुन्छ भन्ने प्रष्ट छैन।

‘ओलीजीले पार्टीभित्र विवाद समाधानमा अग्रसरता देखाउनुभएन,’ एक स्थायी समिति सदस्यले भने, ‘उहाँले पार्टी फुटाउने गरी असारको दोस्रो हप्तामै तयारी गरिसक्नुभएको छ। प्रचण्डले रोक्नुभएको हो, अध्यक्ष प्रचण्ड अन्तिमसम्म पार्टी फुट्न दिन नहुने अडानमा रहेकैले अहिलेसम्म फुट रोकिएको हो।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...