1478958692 banner ad format

 
 

काठमाडौं – लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन् ।

padma khadka kaski

Photo : Kantipur

माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ ।

 

पतिले बाँसको चिर्पटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । उनको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत चार वटा टाँका लगाइएको छ ।

हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् ।

खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् ।

प्रकासित मिति

Loading...

 

yummyfood