1478958692 banner ad format

 
 

काठमाडौं । दुई दिने भ्रमणका लागि काठमाडौं आएका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर अब्बासीले भेटवार्ता गरेका हुन । उनीहरुबीच दुई मुलुकबीचको सम्बन्ध र सहयोग विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो ।

होटल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै दाहालले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको बताए ।

दुई पक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको उनको भनाई थियो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आजै स्वदेश फर्कँदै छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood