1478958692 banner ad format

 
 

पाँचथर ७ जेठ  – मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरि हत्यागर्नेले झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Panchathar killing

झूण्डिएर आत्महत्या गरेका माखिम विभत्स हत्या गरिएका बमबहादुर फियाक परिवारको कान्छो ज्वाइँ हुन् । माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताएका छन् ।  

सोमबार रातिको हत्याकाण्डमा झुण्डिएर आत्महत्या गरेका माखिमकी श्रीमती मनकुमारीको पनि हत्या भएको छ । 

मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा मंगलबार दिउँसो सामूहिक हत्या भएको स्थलबाट झण्डै डेढ घण्टा नजिकको ठाउँमा  फेला परेको थियो ।

‘डिभोर्स’का कारण हत्या: प्रहरी

पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या ‘डिभोर्स’ का कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्षले देखाएको छ।

घटनास्थल पुगेका प्रहरीले गरेको रिर्पोटिङको आधार, घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो।

मानबहादुर र उनको श्रीमतीबीच पछिल्लो समय किचलो थियो। ‘उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘श्रीमतीलाई डिभोर्स गर्न सघाएको भन्दै मानबहादुरले साडु भाइ र ससुराको परिवार सबैलाई खसाप पारेको हुन सक्छ।’

पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्य मारेको बयान दिएकी थिइन्।

प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन्।

घटनास्थलमा छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ।  प्रदेश नम्बर १ बाट पनि कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ।

प्रकासित मिति

Loading...