annapurna add

pashupatinews kantipathnewsकाठमाडौं । हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव पशुपतिनाथलाई विवादमा ल्याउने कार्य निरन्तर रुपमा हुन थालेको छ । एक दशकअघि भेटीको विषयबाट खुलेआम रुपमा पशुपतिनाथलाई विवादमा ल्याउने कार्यलाई आजपर्यन्त कुनै न कुनै विषयबाट निन्तरता दिने काम भइरहेको छ । कहिले राजनीतिक आवरण त कहिले धार्मिक भेषमा पशुपतिनाथलाई विवादमा ल्याउने कार्यले निरन्तरता पाइरहेको हो । अहिले पशुपतिनाथलाई दुईवटा विषयले विवादमा ल्याइएको छ, एउटा पशुपतिनाथको गर्भगृहस्थित मुख्य शिवलिङ्ग (ज्योर्तिलिङ्ग)को तस्विर र अर्काे पाशुपत क्षेत्रमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने विषय । पशुपतिनाथको मन्दिरभित्र मोबाइल लैजान पाइँदैन । तर, मुख्य शिवलिङ्ग अर्थात ज्योर्तिलिङ्गको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पशुपतिनाथको गरिमा र मर्यादालाई आँच आउने कार्य भएको भन्दै पशुपति क्षेत्र विकास कोषको आलोचना भइरहेको छ । उक्त तस्विरबारे अनुसन्धान भइरहेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले क्यानाडानेपाललाई जानकारी दिए । तस्विर सार्वजनिक हुनुमा कोषकै सदस्य अर्जुन बास्तोलालाई मुछेर समाचार आइरहेका बेला सदस्य सचिव डा. ढकालले उक्त तस्विर जोसुकैले खिचेर र सार्वजनिक गरेको भए पनि कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘तस्विर सार्वजनिक भएको विषयमा मैले सदस्य बास्तोलालाई सोधेको थिएँ, उहाँले मैले त्यसो गरेको छैन भन्नु भएको छ’, सदस्य सचिव डा ढकालले भने, ‘प्रविधिको विकाससँग विकसित हिडन क्यामेरा प्रयोग गरेर कसैले खिचेको हुन सक्छ । यसबारे हामीले अनुसन्धान गरिरहेका छौं, दोषीलाई कानुनअनुसार कारबाही गर्छाैं ।’ पशुपतिनाथ परिसरमा खटिएका सुरक्षाकर्मीको आँखा छलेर दर्शनार्थीले पनि तस्विर लिएको हुन सक्ने बताएका उनले अबदेखि पशुपतिनाथको मन्दिरभित्र क्यामेरा, मोबाइल लैजान प्रतिबन्ध लगाउने जानकारी दिए । पशुपतिनाथको गरिमा, पवित्रता र आस्थालाई आँच आउने कार्य रोक्न सबैले कोषलाई साथ दिनुपर्ने बताएका सदस्य सचिव ढकालले पशुपतिनाथको गरिमा र पवित्रतामाथि आँच आउन नदिन विकसित प्रविधिका विषयमा छलफल गरि सोही किसिमको व्यवस्था गर्ने जानकारी दिए । विभिन्न विषय र प्रसङ्ग जोडेर पशुपतिनाथलाई विवादमा ल्याउने कार्य कोषलाई अस्वीकार्य रहेको भन्दै उनले पशुपतिनाथमाथिको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिए ।

जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने हल्लामात्रै

पशुपति क्षेत्रमा भारतको गोवर्द्धनमठबाट ल्याइएका जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने हल्ला निराधार रहेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले क्यानाडानेपाललाई जानकारी दिए । भारतमा रहेको गोवर्द्धनमठ पुरीपीठको आधिकारिक व्यक्ति तथा गोवर्द्धनमठका पीठाधीश श्रीमज्जगद्गुरु शंकराचार्यको प्रतिनिधि बताउने डा. सिद्धार्थ साहूले जगन्नाथको प्रतिमा पशुपतिमा प्रतिष्ठा गर्ने प्रयास गरेको भन्दै विश्व हिन्दू अन्तर्राष्ट्रिय महासंघले आपत्ति जनाएको थियो । विश्वभर रहेका हिन्दुधर्मावलम्बीहरुबीचको सहिष्णुता खलबल्याउने नियतका साथ नेपालको धर्म संस्कृतिमा प्रहार गर्ने क्रममा पशुपति क्षेत्रमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने प्रयास भएको भन्दै महासंघकी महासचिव अस्मिता भण्डारीले आपत्ति जनाएकी थिइन् । र यसको आधिकारिताबारे जानकारी लिन उनले भारतको ओडिशास्थित पूरीपीठसँग जवाफ मागेकी थिइन् । पुरीपीठका पीठाधिश गुरु शंकराचार्यले पशुपति क्षेत्रमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने कल्पनासमेत नगरेको भन्दै जवाफ दिएका छन् । पुरीपीठका शंकराचार्यले महासचिव अस्मिता भण्डारीलाई सम्बोधन गरेर लेखेको पत्रमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्नेबारे आफ्नो पीठले नसोचेको र यसमा आफूहरुको कुनै पनि तहमा आधिकारिक संलग्नता नरहेको स्पष्ट पारेको छ । पुरीपीठको धारणासँग कोषको धारणा पनि मिल्न गएको छ । कोषका सदस्य सचिव डा. ढकालले पशुपतिनाथ परिसरमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने हल्ला निराधार रहेको भन्दै यस विषयमा छलफल नै नभएको बताए । जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने विषयमा डा. सिद्धार्थ साहूले भेटेको भन्ने विषयमा उनले आफूसँग डा. साहूले भेट गरेको भए पनि जगन्नाथको प्रतिमा प्रतिष्ठापन गर्ने विषयमा कुराकानी नै नभएको जानकारी दिए । पुरातत्व विभागको स्वीकृति र कोषको गुरुयोजनाभन्दा बाहिर गएर कुनै पनि कार्य नहुने भन्दै उनले यस्ता निराधार हल्लाले पशुपतिनाथलाई विवादमा ल्याउने कार्य भएको बताए । पशुपतिनाथलाई विवादमा ल्याउने कार्य दुःखलाग्दो भएको उनको भनाइ छ । पशुपतिनाथको गरिमा र पवित्रतामा आँच आउन नदिन कोष सक्षम रहेको भन्दै उनले कसैले अफवाह फैलाउँदैमा पशुपतिनाथ र यसप्रति आस्था राख्ने कसैको मनमा चोट नपुर्‍याउने दाबी गरे । व्यक्तिको इच्छा भन्दा पनि संस्थाको गुरुयोजना र नियमले प्राथमिकता पाउने जानकारी दिँदै सदस्य सचिव डा. ढकालले निराधार हल्लाको पछि लाग्न सबैमा आग्रहसमेत गरे । canadanepal याे पनि पढ्नुहाेस्-------- 

काठमाडौंकाे पशुपति मन्दिरमा यसरी हुन्छ यौन धन्दा

Panoramic view of Pashupatinath Temple kantipathnewsकाठमाडौं : कलकत्ताकी सीताकुमारी दास (१८)ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन्। जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो।

एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए। पहिले यो योजना सुनेर उनलाई डर लाग्यो। पछि उनलाई लाग्यो, अर्को बाटो छैन। किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन। सीता मन्जुर भइन्। तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन्। सीताको लागि काठमाडौं नौलो थियो। उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन्। केही दिनको बसाइ रमाइलो भयो। तर यो रमाइलो धेरै टिक्न सकेन। काठामाडौं बसाइले अचानक अकल्पनीय मोड लियो। जुन सीताले सपनामा पनि सोचेकी थिइनन्।

एकदिन राजु सीतालाई छोडेर बेपत्ता भए। उनी एक्लै भइन। कलकत्तासम्म पुग्‍ने बाटो खर्च पनि उनीसँग भएन। 'म पशुपतिमा बसेर रोइरहें, मन्दिर वरिपरी घुम्थें तर राजु आएन, एकदिन बेलुकी पख म गौशाला नजिकै बसिरहेकी थिएँ। केही केटीहरु पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखें', सीता भन्छिन्, 'अनि मलाई थाहा भो। यी केटीहरु पैसा यसरी कमाउँदा रहेछन्।

अनि वाध्याताले सीतालाई यही बाटोमा डोहोर्‍यायो। एकदिन पशुपति नजिकै सडकमा बसिरहेका बेला उनलाई एक भारतीयले जाउँ भनेपछि उनी तयार भइन्। त्यस दिनदेखि सीता देहव्यापारमा संग्लग्‍न छिन्। 'म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइनँ', उनी थप्छिन्, 'यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु।'

देहव्यापारमा संलग्‍न भएको अवस्थामा उद्धार गरिएकी सीता अहिले माइती नेपालमा छिन्। उनी नेपाली बुझ्छिन् तर राम्रोसँग बोल्न जान्दिनन्। सोमबार बेलुका माइती नेपाल र महानगरीय प्रहरी वृत गौशालाको संयुक्त टोलीले सीतासहित ६ जना यौनकर्मीलाई पशुपति क्षेत्रबाट नियन्‍त्रणमा लिएको हो। उनीहरूले यही क्षेत्रलाई आफ्नो यौन व्यापारको केन्द्र बनाएको तथ्य खुलेको छ। खासगरी भारतीय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा यौन व्यापार गर्ने ठूलो गिरोह सक्रिय रहेको देखिएको छ। धार्मिक क्षेत्रमा यस्तो धन्दा हुन नदिन स्थानीय प्रहरी र सामाजिक संस्थाको संयुक्त प्रयासमा निगरानी अभियान चलाइएको छ।

कमाठीपुरा बन्दै पशुपति क्षेत्र !

यहाँ यौन व्यापार गर्ने यौनकर्मीले पशुपति क्षेत्रलाई भारतको मुम्बईस्थित चर्चित रेडलाइट एरिया 'कमाठीपुरा' सँग जोड्ने गरेका छन्। काठमाडौंस्थित भारतीय यौनकर्मीका लागि चर्चित ठाउँ बनेको छ पशुपति क्षेत्र। 'पशुपति जस्तो धार्मिक क्षेत्रमा यौन व्यवसाय चलिरहेको छ भन्ने त थाहा नै थियो तर यति खतरनाक रुपमा मौलाइरहेको छ भन्ने कुरा हामीलाई थाहा थिएन', माइती नेपालकी कानुन अधिकृत उमा तामाङ भन्छिन्।

उद्धार गरिएका महिलाले ग्राहक खोज्‍न पशुपति क्षेत्र सजिलो हुने भएकाले यही क्षेत्रलाई आफ्नो व्यवसायिक अखडा बनाउँदै आएको बताउँछन्। वर्ष २५ की रिताकुमारीले श्रीमानको मानसिक सन्तुलन गुमेपछि सन्तान हुर्काउन र दैनिक गुजारा चलाउन आफू यो पेसामा लागेको बताइन्। उनले भनिन्, 'तीन वर्षदेखि मैले पशुपति क्षेत्रमा यो धन्दा गर्दै आएकी छु।' उनले देहव्यापार गरेर छोरालाई पढाएको बताइन्।

पानीपुरीबाट गुजारा नचलेपछि देह व्यापारमा संग्लग्‍न भएकी देवी यादव (४५) पशुपति क्षेत्रमा यो धन्दा गर्नका लागि पछिल्लो समय नयाँ केटीहरु आएको बताउँछिन्। उनी भन्छिन्, 'हामी पुराना पनि छौं तर अहिले धेरै नयाँ केटी आएका छन्। उनीहरु आफ्नै तरिकाले हिड्छन्, हामी आफ्नै तरिकाले हिँड्छौ‌‌।'

ग्राहक खोजीदिने काममा पनि केही प्रौढ महिला सक्रिय छन्। 'उनीहरु आफै ग्राहकसँग जाँदैनन् तर ग्राहक खोजेर ल्याइदिन्छन्। हामी उनीहरुलाई केही कमिशन दिन्छौं, रिता भन्‍छिन्। पशुपति क्षेत्रमा यौन व्यवसाय चलाउनेले नै प्रत्येक महिना आफूहरुको रगत परीक्षण गर्ने गरेको उद्दार भएका महिलाहरु बताउँछन्।

दर्शनार्थी नै ग्राहक

पशुपति क्षेत्रमा चलिरहेको देह व्यापारका ग्राहकमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी हुने गरेको तथ्यसमेत खुलेको छ। यस कामका लागि यहाँका होटल प्रयोग हुने गरेका छन्। होटेलमा दलाल जाने गरेको र त्यहाँ रकम निश्‍चित भएपछि यौनकर्मी पठाउने गरिएको उद्धार गरिएका महिला बताउँछन्। कतिपय केटीले ग्राहकसँग डिल गर्दा होटेलको व्यवस्थासमेत आफै गर्ने भनेर बढी रकम लिने गरेका छन्। (व्यक्तिगत गोपनीयतालाई ख्याल गर्दै समाचारमा प्रयोग भएका महिलाका नाम परिवर्तन गरिएको छ ।

-

zzz

श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् ।

यो खबर मोतीराम तिमल्सिनाले नेपाल समाचारपत्रमा लेखेका छन् ।समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु ।

उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।

पीडितका श्रीमान्ले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, जे भयो भयो अब त्यसो नगर्नुस्, मेरो घर परिवार सबै विग्रन्छ’–श्रीमान्ले भने–‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपन्च रच्यो ।’

श्रीमान्ले भने– ‘कतिसम्म भने भाटभटेनी सुपरमार्केटमा काम गर्ने एक महिलालाई हुँदै नभएको घटना बनाएर बानेश्वर प्रहरी चौकीमा जर्बजस्ती करणीको उजुरी गराए । महिला आफैले प्रहरीका सई रामविनोद रायले फसाउने नियतका साथ उजुरी गर्न लगाएको बताएपछि उल्टै प्रहरीले हप्काएर पठायो । त्यसको कागज अझै सुरक्षित छ ।’

प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पटक पटक माफी माग्दै लिखित कागज गरेका सई यादवले पेस्तोल देखाउँदै म र मेरो श्रीमतीलाई अलग गराउने षढ्यन्त्र गरे । हामी दुबैले त्यो षढ्यन्त्र पूरा हुन नदिन प्रहरी कार्यालयमा उजुरी दियांै ।’

प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएपछि हिरासत भित्रैबाट सई यादवले श्रीमान्–श्रीमतीबीच झगडा गराउने योजना बनाए । ‘२०७६ जेष्ठ २५ गते शनिबार दिउँसो दुबै जनालाई घरबाट आफन्त भेट्न आएका छन् धुलिखेल आउनु भन्दै बोलाए । धुलिखेलमा यादवका सबै परिवार र आफन्त बोलाएर राखिएको रहेछ ।

मुद्दा चलुञ्जेल उनीहरु धुलिखेलमै अड्डा जमाएर बसेका छन् । शनिबारको दिन म पनि विदा लिएर धुलिखेल गएको थिएँ । मैले रक्सि पनि खाएकोे थिईन । मलाई उल्टै रक्सि खाएको भन्दै केही लठैत पठाएर कुटपिट गरे ।

हामीलाई यादवको मुद्दा फिर्ता लिएर मिल्न दबाब दिएका छन् । जेलबाट २० लाख तिरेर निस्केपछि तिमीहरु दुबैलाई मारिदिन्छु भन्ने धम्की पनि आइरहेको छ’–श्रीमान्ले भने ।

श्रीमान्ले जानकारी दिए, सई यादव इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत छन् । रौतहट गौर घर भएका यादवका चारवटा छोरी र एक छोरा छन् । छोरा एमविविएस पढ्दै छन् । ‘तीन छोरीको विवाह गरी नाति नातिना भइसकेका यादवले मेरी श्रीमतीलाई पटक–पटक मानसिक, शारीरिक यातना दिएको कुरा प्रहरीकोमा पहिल्यै उजुरी गरिसकेका थियौं ।’

‘श्रीमतीले कि मर्नु र कि श्रीमानलाई भन्नु बाहेक अर्काे उपाय नदेखेपछि म सँग भनिन’–उनले भने–‘मर्दापर्दा साथ दिने हामी दुई मात्रै भएकाले हामीले प्रहरीकोमा उजुरी गर्ने निर्णय गरेका हौं । म उनलाई जस्तो अवस्थामा पनि साथ दिन्छु उनले पनि त्यहि कसम खाएकी छिन्’–उनले भने ।

श्रीमान्ले आँखाभरि आँसु पारेर भने, ‘म टुहुरो हुँ, नेपाली सेनाको सिपाही पदमा कार्यरत छु । अफिसकै सहयोगले अन्याय विरुछ लड्न सक्ने क्षमता बढेको छ ।’

रामविनोदय राय यादव विरुद्ध नक्सालमा भएको जर्बजस्ति करणीको अभियोगमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा चलिरहेको छ ।

पीडित महिलाको भनाइ

१७ वर्षको उमेरमा रामविनोद राय यादवले मलाई घरमै आएको बखत फकाई फकाई एप्पल जुसमा निन्द्रा लाग्ने औषधी राखेर लँजमा पु¥याई जर्बजस्ति यौनसम्पर्क राख्यो । त्यसको भिडियो खिचेर फिल्म बनायो । पटक पटक त्यहि देखाएर यौन हिंसा गरिरह्यो ।

म स्थानीय विद्यालयमा पढ्दैै थिएँ, विवाहको कुरा चल्यो । जनकपुरमा भाइ र म गएर केटा भेट्यौ । विवाहका लागि हामी तयार भयौं तर त्यहि सई यादवले भाड्न खोज्यो । धम्क्यायो ।’ विवाह गर्न नदिने षढ्यन्त्र रच्यो । तर ऊ सफल भएन र विवाह पछि पनि हामीलाई अलग गराउन पटक पटक जर्बजस्ति ग¥यो ।

शैक्षिक प्रमाणपत्र र नागरिकता समेत कब्जामा लिएको छ, मुद्दा फिर्ता नलिंदासम्म नदिने बताएको छ । श्रीमानलाई त्यागे जनकपुरमा तीन तल्ले घर किनेर पार्लर समेत राखिदिन्छु भनेको थियो, म बरु मर्न तयार छु, श्रीमान्लाई छाड्दिनँ भनेपछि उसले श्रीमान् र मलाई अनेक ढंगबाट फसाउने प्रपन्च ग¥यो । विवाहपछि कोठाबाटै उठाएर दुई रात तीन दिन बेहोस बनाएर जर्बजस्ती ग¥यो, मलाई सडकमा छाडेर प्लेन चढेर जनकपुर पुगेर फोटो फेसबुकमा पोस्ट गरेर साँचिलो बन्यो, यता मेरो श्रीमान् मलाई खोजेको खोज्यै हुनु भयो । सबै कुरा भनेपछि प्रहरीकोमा उजुरी दिन पुग्यौं ।

अर्काे पटक रक्षाबन्धनको दिनमा कोठामै आई कञ्चटमा पेस्तोल राखेर जर्बजस्ति गरेर भाग्यो । यस्ता थुप्रै हर्कतहरु सहें तर श्रीमान् छाड्न सकिनँ । श्रीमान्ले पनि मलाई छाड्ने कुरा कहिल्यै गर्नु भएन । अहिले पनि सबै कुरा सविस्तार पत्रकारलाई भन, म साथ दिन्छु भन्नुभएको छ ।

६ दिदी बहिनीमध्ये ५ जना छौं । दुईवटा भाई छन् । माईली दिदीको सई रामविनोद राय यादवको कान्छो भाई अमोद यादवसँग गौरमा विवाह भएको थियो । ७÷८ वर्षअघि घरभित्रै जलाएर उसैले मा¥यो । पेटमा बच्चा थियो । दाइजो नल्याएको निहुँमा उसैले घरभित्रै आगो लगाएर जलायो । उपचार गर्न ल्याउने भन्दै काठमाडौको पशुपतिमा जलायो । कसैलाई उजुरी गर्न दिएन । पुनः दबाबमा मेरो साईली दिदीको उसैसँग विवाह गरिदियो ।

नाताले भिनाजु पर्ने सई यादवले मलाई पनि त्यसै गर्छु भनेर धम्क्याउँछ । तेरो दिदी मारेको कसैले केही गर्न सकेन, तँ र तेरो लोग्ने दुबैलाई मारिदिन्छु भन्छ ।

मुद्दामा मिलापत्र गर्न मलाई दबाब दिएको छ । शिर कट्छ मेरो म मिल्न सक्दिनँ । मेरो आँशु जति बगेको छ, त्यसलाई कारवाही हुनुपर्छ । श्रीमान्ले अदालतमा पनि नढाँट्नु भन्नुभएको छ ।

बाईक चोरीमा समेत श्रीमानलाई फसाउन खोज्यो । तर सकेन । प्रहरी सुुरेन्द्र ठाकुरलाई सई यादवले यस्तै काममा प्रयोग गर्ने गरेको छ । बाबु आमा नभएकाले मामाहरुको सहारामा बस्दासमेत उसले मुख नै देखाउन नहुने गरी बदनाम गरायो । महिला भएर बाँच्न कठिन छ । तर श्रीमान् बुझ्ने हुँदा मलाई समस्या छैन । समस्या त्यही छ, यसको दबाब र अन्याय कति सहनु ?

तर, प्रहरीले पनि साथ दिनुभएको छ । उहाँहरुकै सहयोगले न्याय पाउँछु कि भन्ने आस जागेको छ ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...