1478958692 banner ad format

 
 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीका कारण काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर सवारीसाधन लैजान रोक लगाएको छ ।

 

शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जानेहरुलाई सहज रुपमा दर्शन गरेर फर्किने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोष वरपर सवारीसाधन प्रवेशमा रोक लगाएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

महाशाखाले चावहिलबाट मित्रपार्क हुँदै गौशालातर्फ, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला वनकालीतर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फ गाडी चलाउन रोक लगाएको छ ।

त्यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ जान रोक लगाएको छ ।

दर्शनका लागि आउने दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकका सवारी साधनलाई तिलगंगा क्षेत्रमा पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय ट्राफिक प्रभाग गौशाला, पासवाहक सवारी साधनलाई कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood