1478958692 banner ad format

 
 

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ ।

नेपाल विद्यार्थी संघ काठमाडौंको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा शुक्रबार स्थानीय प्रदर्शनीमार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिसनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए ।

नेविसंघका उपाध्यक्ष नवीन राई, रामप्रसाद अधिकारीलगायतले बहुमतका नाममा सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गरेको, जन्मकैदका दोषीलाई कारागारमुक्त गर्न खोजेको भनी विरोध गरे । 

प्रकासित मिति

Loading...

 

yummyfood