pm oli in hospitalउपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

थप समाचार

ओलीको आठौं पटक डायलसिस: प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो ।

प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिमबाट जोगाउन अझै आईसीयूमै राखिएको छ । उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि छ दिनअघि प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगेर शल्यक्रिया गरिएको थियो ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीको पेट सामान्य दुखेको थियो । ‘पेटमा शल्यक्रिया गरिएकाले घाउ दुख्नु सामान्य हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने । उनको आइतबार अल्ट्रासाउन्ड पनि गरिएको थियो । उनलाई बिहान हिँडडुल गराइएको थियो । संक्रमणको जोखिमका कारण केही दिन आईसीयूमै राखेर प्रधानमन्त्री ओलीलाई निवास पठाउने रणनीति रहेको एक चिकित्सकले बताए ।

प्रधानमन्त्री ओलीलाई अझै नरम आहार नै दिइँदै छ । प्रधानमन्त्रीले आइतबार आइप्याडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह हेरेका थिए । 

इतिहासको कालो दिन : सुगौली सन्धिको २०४ वर्ष

आज भन्दा ठिक २०४ बर्ष अगाडि सन् १८१५ डिसेम्बर २ को दिन नेपालले निकै अपमानित सुगौली सन्धिमा हस्ताक्षर गर्नुपरेको थियो । सो सन्धि मार्फत नेपालले सिक्किम, दार्जिलिङ, नैनिताल, कुमाउ, गढवाल जस्तो महत्वपूर्ण भुमि गुमाएको थियो, जुन नेपालको कुल क्षेत्रफलको एक तिहाई भुभाग थियो ।

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।

सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत दार्जिलिङसिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।

तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई नयाँ मुलुक भनिन्छ। नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो।

नेपाल राज्य आजको भौगोलिक स्वरूपमा आउनुमा पृथ्वीनारायण शाहको एकीकरण अभियानको योगदानलाई नस्वीकार्नेहरू पनि छन् । ठूलो राज्यको राजा हुने मोह वा अन्य जुनसुकै उद्देश्यले राज्य विस्तार गरेका भए पनि इतिहासको अध्ययन र लेखाजोखा गर्दा बृहत् नेपाल राज्यका जन्मदाता पृथ्वीनारायण नै हुन् । नेपाल एकीकरण पूरा हुन भने त्यसपछि विभिन्न वीर–वीरांगनाले गरेको योगदान महत्वपूर्ण छ । वि.सं. १६१६ मा द्रव्य शाहले लिगलिग कोट राज्य खडा गर्दै गोर्खा राज्य स्थापना गर्नु नेपाल राज्य निर्माणको जग थियो, जुन वि.सं. १९१४ मा प्रधानमन्त्री जंगबहादुर राणाले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याएपछि पूरा भएको हो ।

आजको भन्दा विशाल स्वरूपमा रहेको नेपालको लागि सन् १८१६ मा भएको सुगौली सन्धि भने विडम्बनाको रूपमा छ । सन् १८१४ देखि १८१६ सम्म भएको युद्धपछि बेलायतको इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच उक्त सन्धि भएको थियो ।

सुगौली सन्धि १८१६
त्यसबाट नेपालले मेचीदेखि पूर्व र महाकालीदेखि पश्चिमको तराई र पहाडको धेरै ठूलो भूभाग गुमायो, यसको फाइदा भारतलाई भयो । अंग्रेज प्रशासित भारतसँग नभई इष्ट इण्डिया कम्पनीसँग युद्ध भएका कारण यसबारे भारतलाई चासो छैन र नेपालको पीडा पनि उसलाई थाहा छैन । हाम्रो इतिहासले हामीलाई वीर भने पनि अंग्रेजसँगको युद्धमा नेपाल नराम्ररी पराजित भएकै हो । मेची र महाकालीबीचको वर्तमान नेपाल रहनुको कारण अंग्रेजले पूरै नेपाल लिन नचाहेर नै हो ।

युद्धको तयारी र सामर्थ्यको हिसाबले सुगौली सन्धि हुनुअघिको १५ दिनभित्रै अंग्रेज फौज काठमाडौंलाई दखल दिन सक्षम थियो । तर, अंग्रेज नेपाललाई आफ्नो साम्राज्यमा गाँस्नुभन्दा पखेटा काटिएको चरा जस्तै बनाउन चाहन्थ्यो । त्यसै अनुसार उसले युद्ध लड्दालड्दा हत्तु भएको नेपालबाट ठूलो भूभाग लिने गरी सुगौली सन्धि गर्‍यो । त्यसबाट केही भूभाग गए पनि हालको नेपाल बच्यो । अंग्रेजसँगको युद्धमा नेपाल पराजित भएर सन्धि गर्नुपर्ने अवस्थामा आउनुका पछाडि मुख्य कारण यी हुनसक्छन्ः

१. दरबारमा निर्णायक शक्ति राजा गीर्वाणयुद्ध विक्रम शाह नाबालक थिए । त्यसपछिको शक्ति भाइ–भारदारहरू थिए । मुख्य रूपमा बस्न्यात, पाँडे र थापा खलकबीचको गुट, मारकाट र षड्यन्त्रका कारण राजनीतिक स्थिति भयावह थियो । राजा रणबहादुर शाहको हत्यापछि नवउदीयमान शक्तिका रूपमा मुख्तियार काजी भीमसेन थापाको बोलवाला शुरू भयो । राज्य संचालनको विषयमा पुराना भारदारसँग उनको धेरै मतभेद हुन्थ्यो । सोही क्रममा अंग्रेजसँग युद्ध गर्ने या नगर्ने विषयमा विवाद भयो । पुराना भारदारहरू विशेष गरी हातहतियारको अभाव भएकाले युद्धको विपक्षमा थिए । तर भीमसेन थापा भने युद्ध गरी अंग्रेजलाई तह लगाउने पक्षमा रहे । अन्ततः युद्ध गर्ने नै निधो भयो । राष्ट्रिय तहको युद्धमा जाँदा भारदारबीच कार्यगत एकता नहुनु ठूलो कमजोरी थियो ।

२. युद्ध लड्न नेपाल आर्थिक रूपमा सक्षम थिएन । त्यसअघि चीन–तिब्बतसँगको युद्धमा ठूलो क्षति र खर्च व्यहोर्नुपरेको थियो । तिब्बतसँगको व्यापारले देशको आर्थिक अवस्था ज्यादै बलियो थियो, जुन युद्धपछि समाप्त भयो । अर्कोतर्फ, राज्य एकीकरणको क्रममा सन् १८०९ सम्म काँगडामा युद्ध लड्दा ठूलो धनराशि खर्च भएको थियो ।

३. युद्ध सामग्रीको कमी पराजयको अर्को कारण बन्यो । अंग्रेजसँग आधुनिक हातहतियार थिए भने नेपाली पक्षसँग भरुवा बन्दूक, खुकुरी, घुयेंत्रो, साना तोप, धनु, ढाल, तरबार जस्ता परम्परागत हतियार थिए ।

४. समानुपातिक रूपले युद्ध सामग्रीको व्यवस्थापन नहुनु अर्को कमजोरी थियो । महाकालीदेखि गढवालसम्मको युद्धमा लड्ने कमाण्डरहरूले स्थानीय जनताबाट कर असुलेर र घरलौरी सिपाही झिकाएर युद्ध संचालन गरेका थिए । यसको कारण के थियो भने, उक्त क्षेत्रमा लड्ने सैनिक कमाण्डरहरू बहादुर शाह पक्षका र भीमसेन थापाका विरोधी थिए । कुमाउका प्रशासक चौतारा बम शाह र गढवालका प्रशासक बडाकाजी अमरसिंह थापासँग भीमसेन थापाको राम्रो सम्बन्ध थिएन । उता बुटवल पूर्व मोरङसम्म भने भीमसेन थापाका भाइ–भतिजाले युद्ध संचालन गरिरहेका थिए, जसलाई नेपाल सरकारको सक्दो आर्थिक सहयोग र युद्ध सामग्रीको व्यवस्थापन थियो । परिणामस्वरूप बुटवलदेखि मोरङसम्म नेपालले सफलता पायो, महाकालीदेखि पश्चिम कुमाउ र गढवाल क्षेत्रमा पहिलो चरणमै अंग्रेजको जित भयो ।

५. राष्ट्रियताको भावना नभएको सैन्य शक्तिका कारण पनि युद्धमा हानि पुग्यो । विशेषगरी महाकाली पश्चिमको नेपाली फौजमा करीब १० प्रतिशत खाँटी नेपाली र ९० प्रतिशत स्थानीय कुमाउली र गढवाली फौज थिए । उनीहरूमा नेपाली हौं भन्ने भावना जागृत भएकै थिएन । चर्को कर तिर्नुपर्ने र जबर्जस्ती सेनामा भर्ना हुनुपर्दा तिनमा राज्यप्रति वैरभाव थियो । त्यसमा पनि अंग्रेजको दुष्प्रचारका कारण उनीहरू नेपाल विरोधी बन्न पुगे ।

६. दर्ज्यानी सन्तुलन नमिलाई सैनिक नेतृत्व बाँडफाँड गर्नु अर्को कमजोरी थियो । बुटवलदेखि मोरङसम्मका युद्धमा कर्णेल र जर्नेलहरूले नेतृत्व गरेका थिए भने महाकाली पश्चिममा काजी र चौताराले । जनरल भीमसेन थापाका भाइ–भतिजाहरूले मात्र जर्नेल–कर्णेल पाएका थिए । एउटै सेनामा जर्नेल ग्रुप र काजी ग्रुप बनाई युद्ध संचालन गर्नुको साटो भीमसेन थापाले आफ्ना भाइ–भतिजालाई पनि महाकाली पश्चिमको नेतृत्व दिएको भए मनमुटाव हुने थिएन ।

७. बाटोघाटोको असुविधा र दुर्गमताका कारण पनि युद्ध नेपालको पक्षमा भएन । काठमाडौंदेखि गढवाल पुग्ने बाटो राम्रो थिएन, दूरी पनि करीब ३५० कोस थियो । सबथोक मान्छेले बोकेर पु¥याउनुपथ्र्यो । जसले गर्दा काठमाडौंबाट पठाइएका खबर, चिठी र सरसामान पुग्न लामो समय लाग्थ्यो ।

८. अंग्रेजको झुटा प्रचारबाजी र घुस खुवाउने रणनीतिबाट नेपाललाई धेरै बेफाइदा भएको थियो । विशेष गरी अंग्रेजहरूले नेपालीहरूलाई कुमाउ र गढवाल इलाकामा अत्याचारीको रूपमा चित्रण गरी त्यसबाट मुक्त गराउन आफू आएको प्रचार गरे । यस्तै, नेपाल सरकारलाई सहयोग गर्ने स्थानीय राजा–रजौटा, व्यापारी र सैनिक कमाण्डरहरूलाई प्रलोभनमा पारी आफ्नो पक्षमा ढल्काए । जसले गर्दा नेपाली सेनालाई रासनपानी जुटाउन, लडाकु भर्ती र खबर संकलन गर्न धेरै सकस पर्‍यो । त्यसैगरी बम शाह र अमरसिंह थापाको इमान किन्न अंग्रेजले विभिन्न प्रलोभन देखाए । अमरसिंहले त्यसलाई लत्याए पनि बम शाह फसे, कुमाउ अंग्रेजलाई छाडेर उनी डोटी फर्किए । अंग्रेजहरूले युद्धभूमिमै नेपालीलाई घुस दिन थालेका थिए । जसका कारण हजारौं गढवाली र कुमाउली सेना भागेर अंग्रेज फौजमा भर्ना भए । जनरल डेभिड अक्टरलोनीले नेतृत्व गरेको अंग्रेज फौज दोस्रो चरणको युद्धमा हरिहरपुरगढी र मकवानपुरगढीतर्फ बढ्दा नेपालका हुलाकी लगायतका कर्मचारीहरूलाई घुस दिएर तिनकै सहयोगमा चोर बाटोबाट नेपालीको इलाकामा हठात् आक्रमण गरिएको थियो ।

९. नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध युद्धको लागि अनुकूल थिएन । युद्ध रणनीति प्रतिरक्षात्मक थियो । आक्रामक युद्धमा भन्दा प्रतिरक्षात्मक युद्धमा बाह्य सहयोगको खाँचो अझ बढी पर्छ । युद्ध थाल्नुअघि सैन्य सहयोगका लागि विभिन्न देश र रजौटाहरूलाई पत्राचार गरे पनि कसैले जवाफ दिएनन् । तिब्बतले नेपाललाई ठूलो दुश्मन मान्ने, चीनसँग पनि भर्खरै युद्ध भएकाले राम्रो नजरले नहेर्ने र नेपाल एकीकरणको सिलसिलामा सीमा निर्धारण हुन नसकेर बंगालका नवाब, अवधका नवाब तथा पंजावका राजा रणजित सिंहले पनि अतिक्रमणकारीका रूपमा हेर्थे ।

१०. अंग्रेजले विभिन्न दिशाबाट हमला गर्नु पनि नेपालको लागि दुर्भाग्य बन्यो । पश्चिम गढवालदेखि पूर्वमा टिष्टा नदीसम्मको करीब ५०० कोसको दूरीमा अंग्रेजले विभिन्न स्थानबाट हमला गर्‍यो । जसको प्रतिकार गर्न नेपालले आफ्नो फौज र युद्ध सामग्री विभिन्न ठाउँमा छरेर राख्नुपर्‍यो । परिणामतः प्रतिरक्षात्मक स्थानहरू कमजोर भए र अंग्रेजलाई जितको आधार बन्यो..... थप पढ्न यहाँ क्लिक गर्नुहाेस् 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...