annapurna add

काठमाडौं । समाजवादी पार्टीको कार्यदलले सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

mpsarita
पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

उनले नेपालको दाबी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानिनन् र नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव पारित हुने दिन सं‌सदमा अनुपस्थित भइन् ।

गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो ।

राष्ट्रघाती महाकाली सन्धी गर्नेले माफी माग्नुपर्छ : अध्यक्ष यादव

राष्ट्रियता कसैको एकलौटी होइन : नेता महतो

भूमि फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता देखियो : सभापति देउवा

राजतन्‍त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : अध्यक्ष प्रचण्ड

नयाँ नक्सामा मतदान नगरी बैठकबाट निस्कीईन सरिता गिरी

आज नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित हुँदै, गिरीले लिइनन् संशोधन फिर्ता

घरघरमा दिपावली, मनमनमा केपी ओली

आज दिउँसो १ बजे संविधान संशोधन विधेयक पारित हुँदै

प्रकासित मिति

Loading...
Loading...

 

Loading...