1478958692 banner ad format

 
 

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणनाको विवाद टुंगोमा पुग्न सकेको छैन ।

 

मतगणना जारी राख्न निर्वाचन आयोगले निर्देशन दिएपछि नेकपा एमालबाहेकका सबै दलले बहिस्कार गर्दै पुनः निर्वाचनको माग गरेका छन् । यसले गर्दा पनि मतगणना सुरु हुन सकेको छैन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलले मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई ज्ञापनपत्र बुझाउँदै पुनः निर्वाचनको माग गरेका हुन् ।

ती दलले राखेका मागमा निर्वाचन आयोगले चित्त बुझाउन नसक्दा मतगणना सुरु भएको छैन ।

शनिबार साँझ मतगणनाको क्रममा वडा नम्बर १७ को मतपत्रमा फरक खालको स्वस्तिक छाप भेटिएको भन्दै काँग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलले मत गणना बहिष्कार गरेकाले गणना अवरुद्ध भएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood