annapurna add

Thakur police salary cut

कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको आत्मबल बढाऊनका लागि नागरिक स्तरबाट नै प्रोत्साहन भत्ताको माग भैरहेको बेला प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले उल्टै गास कटौती गरेका छन् ।

विपदको समयमा फ्रण्टलाइनमा बसेर खटिने प्रहरीलाई पनि प्रोत्साहन भत्ता हुनुपर्ने माग भैरहेका बेला महानिरिक्षक देखि प्रहरी बरिष्ठ उपरिक्षक सम्म १ हप्ता, प्रहरी उपरिक्षक देखि प्रहरी निरिक्षकसम्म ५ दिन र प्रहरी नायब निरिक्षक र प्रहरी सहायक निरिक्षकको ३ दिनको तलब कटौती गरि कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको प्रहरी बरिष्ठ उपरिक्षक दिपक थापाले जानकारी दिए । संकटमा जनता र सरकारको साथमा उभिनु प्रहरीको दायित्व भएता पनि दिनरात नभनी जनताको सुरक्षामा खटिएका प्रहरीलाई तलब छाड्न बाध्य बनाउनु प्रहरी नेतृत्वको गम्भीर त्रुटी भएको एक अवकाश प्राप्त प्रहरी महानिरिक्षकले कान्तिपथलाई बताए । नेपाल सरकारको कोरोना कोषमा खर्बौ जम्मा भैसकेको अवस्थामा मासिक तलब थाप्ने प्रहरीको पेटमा लात हान्ने काम भएको छ । सहयोग गर्नकै लागि थुप्रिएर रहेको प्रहरीको कल्याणकारी कोषबाट गर्ने सकिने तर्क जानकारहरुको छ ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । त्यसअघि ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत भत्ता दिन सिफारिस गरेको थियो । सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरेको छ । जसको कार्यान्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । 

 92733838 209190600509730 1070711879191494656 n

प्रकासित मिति

Loading...
Loading...

 

Loading...