annapurna add

96527740 1388570631340517 2350156196851220480 n

महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी मेट्रोमा एकछत्र गर्ने भन्दै प्रबेश गरेका एसपी ओम राना जिल्लीएका छन्। मेट्रोबाट सिभिल प्रहरी खटाएर राज गर्ने भन्दै भित्रिएका राना एकपछि अर्को तनावमा परेका छन् । महानगरिय प्रहरी आयुक्तको कार्यालय मेट्रो प्रमुखका रुपमा आएपछि डिआईजी विश्वराज पोखरेलसँगै रानीपोखरी भित्रिएका एसपी रानाको बाँके जिल्ला नेतृत्व गर्ने सपना चक्नाचुर भएको हो । मेट्रोमा सिभिल टोली खटाएर धुम मच्चाउने रणनीतिलाई मेट्रो प्रमुख पोखरेलले ब्रेक लगाईदिएपछि जिल्ला ताकेका थिए । घुमुवा खटाएर रानाले उपत्यकामा असुली गर्ने लक्ष्य लिएका थिए । डिआईजी पोखरेलले उपत्यकाका घुमुवालाई तानेर गणमा थन्काएपछि उनी बिलाखाबन्दनमा परे । विवादित अफिसरबाट टाढै रहन खोज्ने डिआईजी पोखरेलले आफ्नो पर्फर्मेन्समा समेत धक्का पुग्ने देखेर हाल उनलाई कुनै जिम्मेवारी नदिएर पेन्डुलम बनाएका छन् ।

उठन्ती पुठन्तीको जोहो नदेखेपछि राना जिल्ला इन्चार्जको खोजीमा थिए । उनको पहिलो रोजाईमा थियो ५ नम्बर प्रदेशको बाँके जिल्ला। स्रोतका अनुसार त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले समेत आफ्नो प्रदेशमा नपठाउन आग्रह गरेपछि गृह मन्त्रालय धमाका मच्चिएको थियो। गृहबाट दवाव दिन लगाएर बाँके जिल्ला प्रहरी प्रमुख हुने चाहा राखेका उनलाई त्यस जिल्लामा रोक नै लगाइएको स्रोतको दाबी छ। आइजीपी सचिवालय स्रोतका अनुसार डिआईजी रवीन्द्र धानुकले पनि आइजीपी साब लाई पटक पटक कल गरेर एसपी राना नपठाउन आग्रह गरेको बताए। मेट्रोमा घुमुवा खटाएर राज गर्न नपाएपछि जिल्ला ताकेका एसपी राना यती बेला चिन्तामा परेका छन्। बाँके जिल्ला नेतृत्व गर्ने सपना समेत चक्नाचुर भएको बताइएको छ।

एसपी ढकालको कर्तुत : 'चोर' को हातमा चाबी

पछिल्लो समय बाँकेका लागि कस्सिएका उनी सधैं विवादमा आएका प्रहरी अधिकारी हुन् । उनी जहाँ गए पनि आर्थिक कारोबारमा मुछिने गरेको इतिहास साक्षी रहेको छ । राना रसुवामा डीएसपी हुँदा रक्तचन्दन तस्करीमा मुछिएर कारबाहीमा परेका प्रहरी अधिकारी हुन्। उनी सँगै यही तस्करीमा मुछिएका नेपाली सेनाका कर्णेल राम्जी थापाको जागीर गए पनि रानाले नैसियत दिएर नेताको दबाब जोगाईएको थियो। उनै एसपी राना शक्ती केन्द्रको आड भरोसामा बाँके सरुवा हुन लागेका थिए।

राना कास्कीमा रहँदा प्रहरी कै छविमा आघात पुग्नेगरी गुण्डाहरुसँगको हिमचिमबारे तत्कालीन आइजीपी सर्वेन्द्र खनालसम्मै सूचना पुगे पनि उनलाई कारबाही गर्न सकेनन्। रानाको गुण्डानाइके ललित गुरुङ र धनबहादुर छन्त्याल लगायतका गुण्डाहरुसँगको सम्बन्धका कारण पनि उनी विवादमा परेका थिए।घरजग्गा कारोबारीहरुसँग तर्साएर असुली गर्ने गुण्डानाइकेहरुसँग एसपी रानाको उठबसका कारण पनि उनी विवादमा परेको खबर आएको थियो । कास्कीमा जाने क्रममै विमानस्थलदेखि नै गुण्डाहरुले स्कर्टिङ गरेपछि विवादमा उनी आएका थिए। पोखरामा हुँदा यौनकाण्डमा मुछिएका गृहमन्त्रीका छोरालाई पोखरा कै एक पत्रकार (गुल्मी घर भएका)  संग मिलाएपछि अकुत कमाएका र हाल पनि थापा कै छत्रछायाँमा रहँदै आएका छन् । उनको अनियमितताको शृंखला पोखराबाट सुरु भएको भने हैन । राष्ट्रिय अनुसन्धानमा निरिक्षकको रुपमा जागिर खाँदा उनले हंगकंगमा लाहुरे भएर जानेहरुका लागि नक्कली नागरिकता बनाउने गरेको चर्चा दमौली बजारमा अझै पनि चल्ने गर्छ । उनलाई मेट्रोमा ल्याउन थापाको पनि विशेष हात रहेको छ । आफु पनि मगर भएको भन्दै जातिय सेन्टिमेन्टको इमोसनल ब्ल्याकमेलिंग गर्दै अब बाँके जिल्लाको प्रहरी प्रमुख भएर जाने उनको दाऊ छ ।

त्यसो त एक ताका महानगरिय अपराध महाशाखामा चोर,गुण्डाहरुसँग रकम असुलेको आरोपमा उनलाई बयान समेत गराइएको थियो। बयानमा उनले आफै चोर,गुण्डाहरुसँग रकम असुलेको उल्लेख गरेको स्रोतले जनाएको छ। पछिल्लो समय बाँके जस्तो महत्वपूर्ण जिल्लामा सरुवा गर्न गृह मन्त्रालयबाट दबाब दिन लागे पछि राना सहित अन्य एसपीहरु पनि त्यहा जान लागि परिरहेका थिए । एसपी सरुवाको अन्तिम तयारी भइरहँदा उनकै कारण विवाद भएपछि हिजो हुने भनिएको एसपीको सरुवा रोकीएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...