CPN Meeting

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आइतबार दिउँसो चार बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकार तथा पार्टीको जिम्मेवारीको बिषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार आइतबारको बैठकमा मन्त्रीपरिषद् हेरफेरको बिषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले सरकार र पार्टीको कामलाई प्रभावकारी बनाउन बिशेष निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा जिम्मेवारी हस्तान्तरणको समेत तयारी गरेका छन् ।

प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको कार्यकारी भूमिका प्रचण्डलाई दिने तयारी गरेको स्रोतको दाबी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो । भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पहिलोपल्ट सचिवालयको बैठक बसेको थियो । आजको बैठकमा प्रचण्डलाई कार्यकारी अधिकार दिने सम्भवना रहेको बताइन्छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर