1478958692 banner ad format

 
 

लहान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो चरणअन्तर्गत् २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

Pushpa Kamal Dahal

विराटनगरबाट सर्लाहीतर्फ जानेक्रममा मंगलबार बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिएपनि २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले ‘अहिले हाम्रो सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रित गरेका छौं र यहाँका जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा हामी पहिलो पार्टी बन्नेछौं’–भने ।

‘हामीले प्रदेश नम्बर–२ मा एक नम्बर पार्टी बन्न बल गर्दैछौं’–उनले भने–‘तपाइँहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई एक नम्बर बन्नबाट कसैले रोक्न सक्दैन ।’

अध्यक्ष दाहालले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै ‘माओवादी बिगार्न र भत्काउनमात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको’ बताए ।

मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उनले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको विचार व्यक्त गरे ।

सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापालगायतको पनि सहभागिता थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood