prachanda and prakash copy
नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको नाममा दुवईको एक बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने कुरा कपोलकल्पित भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले विज्ञप्ति निकालेरै भत्सर्ना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ : ‘प्रकाशका नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौँ ।’ प्रचण्डका प्रमुख स्वकीय सचिव तथा निजी सचिवालयका अध्यक्ष जोखबहादुर महरा ‘प्रताप’द्वारा जारी विज्ञप्तिमा भ्रामक प्रचार गर्नेहरुलाई आवश्यक कारवाही गर्न पनि माग गरिएको छ ।

जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध  प्रहार भइरहेको र यसकै लागि पछिल्लो समय दुश्प्रयासका रुपमा प्रचण्डको विदेश भ्रमणलाई तथ्यहीन र भ्रामक कुप्रचार मार्फत बदनाम गर्न खोजिएको प्रचण्डको निजी सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

केही समय अघिमात्रै अध्यक्ष प्रचण्डले दुबईको भ्रमण गर्नुको उद्देश्य त्यहाँको बैंकमा प्रकाश दाहालको नाममा रहेको २१ अर्ब रुपैयाँ व्यवस्थापन गर्नु  भन्ने कुप्रचार मात्रै रहेको सचिवालयले बताएको छ । यस्ता प्रचारहरु जनतामा भ्रम फैलाउने प्रति कान्तिकारीहरुको षडयन्त्र रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस विज्ञप्ति :

uml bigyapti

प्रकासित मिति

Loading...
Loading...

 

Loading...