1478958692 banner ad format

 
 

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ । 

bidhyadevi bhandari

पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले शनिबार दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुङ्गा सावित हुने उल्लेख गर्नुभएको छ । 

राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रूपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ ।  

प्र्रधानमन्त्री देउवाले शनिबार  विज्ञप्तिमार्फत मङ्सिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नेपाली नागरिकलाई आह्वान गर्नुभएको हो ।  “सरकारले निर्वाचनलाई शाान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रूपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु”, विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री देउवाले लोकतन्त्रको  सबैभन्दा ठूलो यस उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सबैमा अनुरोध गर्नुभएको छ ।  

यसैबीच रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको बताउनुभएको छ ।  

रिपोर्टर्स क्लब नेपालले शनिबार यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले  निर्वाचनविरोधी गतिविधिमा चन्द समूहले बम आतङ्क मच्चाएको उल्लेख गर्नुहुँदै जनताको जीउधनको सुरक्षाका लागि सरकारले सबै प्रबन्ध मिलाएको बताउनुभयो ।   

“निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, निर्वाचन हुँदैन कि भनेर शङ्का नगर्नुहोस्, निर्वाचन बिथोल्न खोज्ने समूहका नेतालाई सुरक्षा संयन्त्रले खोजी गरिरहेको छ, उनीहरू अहिले अर्धभूमिगत अवस्थामा छन्”, उहाँले भन्नुभयो । 

संविधान ल्याउन चन्द समूहको पनि भूमिका भएकाले वार्ता गर्न चाहेमा चुनावपछि टेबलबाटै समस्या समाधान गर्न सकिने मन्त्री प्रधानको भनाइ थियो ।  भोलि आइतबार हुने निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उल्लेख गर्नुहुँदै उहाँले ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो ।   

“ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, आफ्नो अमूल्य मत दिनुहोस्, मत हाल्दा विवेक प्रयोग गर्नुहोस्”, मन्त्री प्रधानले भन्नुभयो ।  निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार चौबीसै घन्टा खटिरहेको उहाँले सुनाउनुभयो ।  

निर्वाचन बिथोल्न चाहने तŒव दुई हजार सङ्ख्याको सूची बनेको जानकारी गराउनुहुँदै अहिलेसम्म करिब ५०० जनालाई गिरफ्तार गरिसकिएको मन्त्री प्रधानले बताउनुभयो । 

पहिलो चरणमा हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाको निर्वाचनमा २८ हजार ८२६ नेपाली सेना खटिने जानकारी पनि उहाँले दिनुभयो ।  दुवै निर्वाचनका लागि ६४ हजारभन्दा बढी सेना रक्षा मन्त्रालयले खटाउन लागेको छ ।  नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत निर्वाचनमा खटिँदै छन् ।  हवाई अनुगमन भइरहेकाले सुरक्षाको सम्पूर्ण व्यवस्था चुस्त रहेको उहाँको भनाइ थियो । 
सरकारले चारवटै सुरक्षा निकायका प्रमुखसँग यसअघि नै छलफल गरिसकेकाले त्यसैअनुसार योजना बनाइएको जनाएको छ । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood