annapurna add

पारिवारिक जीवनी तथा राजनितीक

खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए। ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए। विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपा (एमाले)को संसदीय दलका नेता पनि हुन्। झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण भए। उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन्। ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।

kpoli house old newsओली सरकार माथि लगाएका  २४ राष्ट्रघाती अपराध आरोपहरु 

एमालेभित्र गुटको राजनीतिक खुलेआम हुन्छ । नेता कार्यकर्ताहरु आन्तरिकरुपमा मात्रै हैन बाहिरै सबै कुरा छताछुल्ल हुनेगरी अभिव्यक्ति दिने गरेको पनि बेला बखत देख्न पाइन्छ । खासगरी केपी ओली, झलनाथ खनाल, माधव नेपाल लगाएतका नेताहरु गुटको राजनीतिमै छन् । अहिले पनि एकले अर्कालाई सिध्याउन र बनाउन उनीहरु जुनसुकै कदम उठाउन तयार हुने कुरा एमालेकै नेता कार्यकर्ताहरुले बताउने गरेको छन् । कुरा ०५१ सालमा एमाले विभाजन हुँदा वामदेव गाैतकाे नेतृत्वमा माले पार्टी स्थापना भयाे । मालेले एमालेका नेताहरूलाई यति संगीन आरोप लगाएकाे थियाे कि, ती अाराेपहरू अहिले पनि इतिहासमा ज्युँदै छन् । मालेका महासचिव समेत रहेका वामदेव गाैतमकाे निर्देशनमा एमालेका नेताहरू माधव नेपाल, केपी शर्मा ओली , इश्वर पाेखरेलगायतका नेताहरूलाई संगीन आरोपहरू लगाइएकाे छ । त्याे बेला नेकपा माले सम्बद्ध क्रान्तिकारी युवा समूहका तर्फबाट योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए । पुस्तकको नाम थियो,‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघातका आरोप अझै जिउँदै छन् । एमालेले कहिल्यै त्यसको चर्चै गर्दैन । वास्तवमा एमालेका नेताहरूलाई गाैतमकाे नेतृत्वमा लगाइएका ती संगीन आरोपहरू के थिए त ?

ती आरोपहरूमध्ये महत्वपूर्ण २४ बुँदाहरू यस्ता छन् 

१) २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिष्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’ मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिष्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।

२) तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन र तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमा समेत एमालेलाई राजावादी कम्युनिष्ट पार्टीमा परिणत गरायो ।

३) प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानसाथ मोदनाथ प्रशितको शिक्षा मन्त्रित्वकालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।

४) तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियम विपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेटवर्कभित्र पार्टीलाई प्रवेश गरार्ई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे ।

५) छैटौं महाधिवेशनको भिडिओ क्यासेट कार्यकर्तालाई थाहै नदिई एमाले नेताहरूले अमेरिकी खुफिया एजेन्सी ‘सिआईए’ लाई सुटुक्क दिई साम्राज्यवादी अमेरिकाको निर्देशन पालना गरे ।

६) छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखिन्छ । कार्यालय र आर्थिक फाँट हेर्ने जिम्मा लिएका माधव नेपाल, प्रदीप नेपाल, युवराज ज्ञवाली र इश्वर पोखरेलले उक्त रकम हिनामिना गरे ।

७) राज्यद्वारा जनताको जनस्वास्थ्यको ग्यारेन्टी गर्नुपर्नेमा जनताको सेवा गर्ने वीर अस्पतालका लागि जापानले दिएको १० करोड रुपैयाँ अनुदान रकम स्वास्थ्यमन्त्री भरत प्रधानले आफ्नो काठमाडौं मोडेल अस्पतालमा लगानी गरे ।

८) हालै चुनावी सरकारका नाममा नेपाली काँग्रेसको पुच्छर समाएर वैतरणी तर्न बिनासर्त सरकारमा सामेल भएको एमालेका बन्दुके मन्त्री भीम रावलले चुनावी खर्च जुटाउन बिना टेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त हुने हवाइजहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाए । उक्त कुराको विरोध गर्ने पाइलटहरूलाई हडतालमा उत्रिन बाध्य पारेर मुलुकको ५० औं करोड रुपैयाँ नोक्सान पारे । स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कानुन प्रयोग गरी कार्बाही गरे ।

९) मदन भण्डारी र जीवराज आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे ।

१०) मनमोहन अधिकारी र माधवकुमार नेपालले पुँजीवादी राष्ट्रसामू अनुदान र भिक्षाको खातिर बारम्बार ‘हामी कम्युनिष्ट होइनौं’ भनेर पार्टी र कम्युनिष्टप्रेमी नेपाली जनताको बारम्बार उपहास गरे ।

११) निजीकरण र उदारीकरणलाई प्राथमिकता दिने एमालेले कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्न सुशील प्याकुरेलजस्ता अमेरिकी सिआइएका एजेन्टलाई काँधमा बोकेर पार्टीभित्र एनजिओ र आइएनजिओलाई चलखेल गर्न दिए । विश्वकै मुक्तिकामी जनताको मुख्य दुश्मन साम्राज्यवादीहरूको नाइके अमेरिकाद्वारा सञ्चालित इन्सेकले पार्टी नेतृत्वलाई सञ्चालन गर्यो ।

१२) महाकली सन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्गप्रसाद शर्मा ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ गते भारतीय राजदूतको शरणमा सांसद र केन्द्रीय सदस्यलाई माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओलीले भोज खुवाउन लगे ।

१३) सरकार टिकाउने खेलमा गुरु बराल र सुबोध प्याकुरेलमार्फत साँढे सत्र केजी हजार/हजारका नोट माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओलीले उमेश गिरीलाई खुवाए ।

१४) अनेरास्ववियुले तस्करहरूको नाम सार्वजनिक गरेपछि तस्करमा नामांकित व्यापारीहरूले एमालेलाई आर्थीक सहयोग बन्द गर्ने धम्की दिए । त्यसपछि,‘केटाहरूले त्यसो गरेछन्, दुःख नमान्नु होला, आइन्दा यसो गर्दैनौ’ भनी तस्करहरूसँग माफी माग्ने काम भयो ।

१५) एमालेको नौ महिने शासन कालमा पर्यटनमन्त्री बनेका भीम रावलले जफ्फर अहमद र टासि लामालाई ऊन तथा गलैंचा विकास बोर्डमा ल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिए । निजहरूको कार्यकालमै भर्ना र राजनीतिक नियुक्तिमा समेत घूस लिने कामको सुरुआत गरेर भ्रष्टाचार गरी कम्युनिष्ट आचरण समाप्त पार्ने कार्य सुरु गरियो ।

१६) एमालेको नौ महिने शासनकालमा सञ्चारमन्त्री बनेका प्रदीप नेपालले ताइवानी टेलिफोन सेट खरीद गरी सन्ताउन्न लाख रुपैयाँ कमिसन कुम्ल्याएर त्यही सेटमा जर्मनी स्टीकर टाँसी पुनः लाखौं रुपैयाँ भ्रष्टाचार गरे । (यस सम्बन्धमा दूरसञ्चारबाट वितरित टेलिफोन सेटको पछाडिपट्टी टाँसेको स्टीकर हेरे थाहा हुन्छ।

१७) काँग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव कुमार नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे । याे पनि पढ्नुहाेस्  - प्रधानमन्त्रीलाई ठेक्कापट्टा र घूस दिनुपर्छ भन्ने सुनेँ : ओली

१८) तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव कुमार नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी अमेरिकी साम्राज्यवादलाई चीनविरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चारलाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था (सिआइए) लाई स्वीकृति दिई साम्राज्यवाद र प्रभुत्ववादको निर्देशनमा चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिए ।

१९) हुलासचन्द गोल्छाले विभिन्न प्रयोजनका लागि बैंकिङ कार्यगर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको व्याज रकम दस करोडमध्ये एक करोड घूस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गराई राष्ट्रको राजस्वमा घाटा पुर्याए ।

२०) उपप्रधानमन्त्री माधवकुमार नेपाल जापानको मैत्रीपूर्ण भ्रमणमा गएको बेला चालीस करोडको कुहिएको चामल स्वदेश (नेपाल) भित्र्याई ४ करोड कमिसन खाए । सोही भ्रमणमा जापानबाट प्राप्त ८० लाख रुपैयाँ पर्ने हीराको हार राष्ट्रको ढुकुटीमा जम्मा गर्नुपर्नेमा निजी बनाई बिक्री गर्न खर्च दिई विदेश पठाउने काम गरे ।

२१) नेकपा एमालेको नौ महिने शासन कालका प्रधानमन्त्री मनमोहन अधिकारी समक्ष तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङ र अर्थमन्त्री भरतमोहन अधिकारीले मोहनगोपाल खेतानले विदेशी मुद्रा विनिमय नियमविपरीत काम गरी हङ्कङ्को इन्डोवेज बैंकमा जम्मा गरेको ने.रु. १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनतः ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण हुनेमा अर्थमन्त्री भरतमोहन अधिकारी र कानुन मन्त्री सुवास नेम्वाङको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याबिनेट बैठकद्वारा अदालतको मर्यादा र कानुनविपरीत मुद्दा फिर्ता गराउने काम गरी दुइ करोड रुपैयाँ नजराना लिई जनता र राष्ट्रमारा काम गरे ।

२२) दुइ सय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य इश्वर पोखरेल संलग्न भएको कुरा खुल्यो । इन्टरपोलले इश्वर पोखरेललाई गिरफ्तार गर्न आदेश दिएपछि खड्ग प्रशाद ओली र माधवकुमार नेपालले प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलमार्फत इश्वर पोखरेललाई कारबाही हुनबाट बचाई अवैध लागुऔषध कारोबारलाई प्रश्रय दिए ।

२३) टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’ को अवधारणा ल्याई राष्ट्रियता जस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्षेनी आम्दानी हुने र सेटेलाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्क्याउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो ।

२४) मदन भण्डारी र जीवराज आश्रितको हत्याकाण्डमा संलग्न भएको भनी आशंका गरिएका राजेन्द्र खेतानसँग विद्या भण्डारीको सुमधुर सम्बन्ध कायम भयो । खेतानकी ‘माता’ बनेकी विद्या भण्डारीको औकातमा एक्कासी वृद्धि भयो र विद्या भण्डारीले माताजीको नामबाट राजेन्द्र खेतानसँग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।

ओली सकारले न्याय दिलाउन नसकेका अपराध काण्ड 

बालुवाटार काण्ड, खुलामञ्च काण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइडबडी, 'एनसेल कर काण्ड', फाेरजी काण्ड, सिमाना काण्डलगायत काण्डै काण्डको आरोप लागेका ओली सरकार हरेक क्षेत्रमा विफल भई नेपाली जनताको नजरबाट दिनदिनै खस्किँदै गएका छन्।

१.निर्मला पन्त बलात्कार र हत्याकाण्ड

नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो ।  कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी/बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागी थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ।

प्रहरी अनुसन्धान

Nirmala Pantanews kantipath

बलात्कारपछि हत्या भएको १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बास्तविक अभियुक्त नरहेको भन्दै स्थानीयले कञ्चनपुरमा प्रदर्शन गरेका थिए । बलात्कारपछि पन्तको हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीय जनसमुदायहरू आन्दोलित भएका थिए । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले विष्टलाई भदौ ३ गते घटनास्थलको पचास मिटर पश्चिमतर्फबाट नियन्त्रणमा लिएको जनाएको थियो  ।

निर्मला पन्त बलात्कार–हत्या प्रकरण : १ वर्षको अनुसन्धान, परिणाम शून्य

 निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका लागि आधा दर्जन समिति बने । शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान लिइयो । ७३ जनाको डीएनए परीक्षण नै भयो । तर एक वर्षसम्म पनि अभियुक्त पक्राउ नपर्दा प्रहरीको साखमाथि प्रश्न उब्जिएको छ । 

साउन १० मा उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दै छ । यसबीचमा अभियुक्तको खोजी गर्न भन्दै आधा दर्जन समिति बने । शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान लिइयो । ७३ जनाको डीएनए परीक्षण नै भयो ।

तर अभियुक्त पक्राउ नपर्दा यो मुद्दा सरकारकै निम्ति मात्र पेचिलो बनेको छैन, प्रहरीको साखमाथि पनि प्रश्न उठाएको छ । घटनाले प्रहरीको परम्परागत अनुसन्धान प्रणालीमा रहेका कमजोरीलाई मात्रै बाहिर ल्याइदिएन, अनुसन्धानका क्रममा हुने लापरबाही र पीडित परिवारलाई विश्वासमा लिन नसक्दा कसरी अनुसन्धान जटिल बन्दै जान्छ भन्ने तथ्यलाई पनि सतहमा उतारिदियो ।

प्रहरीकै अनुसन्धान अधिकारीहरू घटनापछि उत्पन्न सामाजिक र राजनीतिक दबाबलाई प्रहरीले झेल्न नसकेको र अनुसन्धानका क्रममा गल्तीका शृंखला निर्माण हुँदै गएको स्विकार्छन् । भदौ ४ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा घटनाका मुख्य अभियुक्त भन्दै दिलीपसिंह विष्टलाई सार्वजनिक गरियो । तर मानसिक सन्तुलन कमजोर रहेका विष्टको संलग्नता डीएनए परीक्षणपछि पुष्टि हुन सकेन । र, उनी छुटे ।

निर्दोषलाई प्रहरीले दोषी करार गर्न खोजेको भन्दै यो घटनापछि प्रहरीप्रतिको स्थानीय विश्वास झनै खस्कियो । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार स्थानीयहरू प्रहरीप्रति यतिसम्म सशंकित थिए कि, कसैसँग तथ्य पुष्टि गर्न केही सोध्नै नसकिने परिस्थिति निर्माण भयो । ती अधिकारीले भने, ‘प्रहरी निरन्तर दबाबमा परिरह्यो । जसले अनुसन्धानलाई झनै प्रभावित पार्‍यो ।’

निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रहरी सुरुदेखि नै चुकिरह्यो । भदौ ७ मा गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनाली नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो, जसले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पन्त प्रकरणको अनुसन्धानमा प्रहरी चुकेका कैयौं तथ्य उजिल्याएको छ ।

उसले गरेका एकपछि अर्को डीएनए परीक्षणबाट पन्त प्रकरणमा प्रहरी कसरी चर्को दबाबमा परेको थियो भन्ने बुझ्न सकिन्छ । घटनामा व्यक्तिको संलग्नताका आधार पहिल्याउने, घटनासँग उसको सम्बन्ध, घटना भएको दिन, लगत्तैका उसका गतिविधि र त्यसबाट प्राप्त निष्कर्ष नकेलाई चर्को दबाबबीच प्रहरीले निर्मला पन्त प्रकरणको अनुसन्धान अघि बढाएको थियो । तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजा आयुष विष्टको डीएनए टेस्ट प्रहरीले चर्को बाध्यताका बीच गरेको देखिन्छ ।

nirmalapant pathipath

यी तीनैले बयानमा घटनामा आफ्नो संलग्नताबारे इन्कारी बयान दिएका देखिन्छन् । ओपेरा होटलमा एसपी विष्टका छोराले पार्टी आयोजना गरे पनि त्यसमा निर्मला र बम दिदीबहिनीको संलग्नता पुष्टि हुने आधार भेटिएको थिएन । त्यसो त बम दिदीबहिनीसँग प्रत्यक्ष वा मोबाइलमार्फत पनि मेयरका भतिजा वा एसपी विष्टका छोराको कुराकानी भएको पनि देखिन्न । स्थानीयको चर्को दबाब र अनेक अफवाह चिर्नकै लागि पनि त्यति बेला डीएनए टेस्ट गर्नुपरेको अनुसन्धानमा संलग्न एक प्रहरी स्विकार्छन् ।

घटनाको पहलु खुट्याउन सुरुवातमै २४ जनाको डीएनए परीक्षण गरिएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् । तीमध्ये कैयौंमाथि उनीहरूको भूमिकाबारे अनुसन्धान गर्नुभन्दा पनि अनुमानकै भरमा डीएनए परीक्षण गरिएको थियो । ‘शंकास्पद आधार नभएकाहरूको पनि डीएनए टेस्ट गर्न हतारिएको तथ्यबाट प्रहरीकति आत्तिएको थियो भन्ने थाहा हुन्छ,’ एक प्रहरी अधिकारीले भने ।

के हुँदै छ अनुसन्धान ?
निर्मला पन्त प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन प्रहरी प्रधान कार्यालयले मात्रै एक वर्षको अवधिमा छुट्टाछुट्टै आधा दर्जनभन्दा धेरै टोलीलाई स्थलगत अनुसन्धानका लागि पठाइसकेको देखिन्छ । अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्युरोका एक इन्स्पेक्टरसहितको टोली स्थलगत अनुसन्धानमा जुटिरहेको छ । निर्मला प्रकरणबारे प्रहरीले निरन्तर अनुसन्धान जारी राखेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोख्रेलले बताए । उनका अनुसार प्रहरी प्रधान कार्यालयबाट पनि अनुसन्धान जारी छ ।

त्यसो त यसअघि कार्य तथा अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि फरकफरक टोली खटिएका थिए । सुरुदेखि नै जेलिएको अनुसन्धान भएकाले गाँठो फुकाउन त्यति सजिलो नभएको स्थलगत अनुसन्धानमा खटिएका एक डीएसपीले बताए । डीएनए परीक्षणबाट अभियुक्त पहिचानको बाटो करिब बन्द भएको, अन्य प्राविधिक परीक्षणबाट कुनै नयाँ सूचना नमिलेको उनको भनाइ छ । ‘अब सुराकी नै अनुसन्धानको मुख्य कडी हुन सक्छ,’ उनले भने ।

त्यसो त घटनालगत्तै राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा, डीएनए विज्ञसहितको टोली गठन गरेको थियो । यसले घटनाबारे प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो । त्यहाँ पनि ‘ह्युमन इन्टेलिजेन्स’ को प्रयोग गर्नुपर्ने सुझाइएको छ ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले निर्मलाको ‘भजाइनल स्वाब’ बाट संकलित नमुनाबाट वंश पहिचान गर्ने ‘वाई एसटीआर’ को मात्रै डीएनए निकालेको छ । जब कि व्यक्तिको पहिचान गर्न व्यक्ति पहिचान गर्ने ‘अटोजोमल एसटीआर’ निकाल्नुपर्छ । त्यसैले डीएनएको परीक्षणबाट मात्रै घटनामा संलग्न व्यक्ति पहिचान सम्भव नहुने आयोगको निष्कर्ष छ ।

भजाइनल स्वाबको नमुना नै सकिइसकेको अवस्थामा अब प्रहरीले डीएनए जाँचबाट अभियुक्तको पहिचान गर्न सक्ने सम्भावना अत्यन्त न्यून देखिन्छ ।

घटनामा स्थानीयकै संलग्नता हुन सक्ने प्रहरीको फरकफरक टोलीको निष्कर्ष निकालेको तर व्यक्ति किटान गर्ने पूर्ण आधार भने नभेटेको घटनाको स्थलगत अनुसन्धानमा खटिएका एक डीएसपीले बताए । ‘अबको अनुसन्धान भनेकै निरन्तरको निगरानी र सुराकीको सूचना नै हो,’ उनले भने ।

निर्मला पन्त प्रकरणको अनुसन्धानमा प्रहरीले ठूलो शक्ति लगाए पनि नयाँ तथ्य स्थापित गर्न र नयाँ दिशा पहिल्याउन सफल नसकेको नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीको टिप्पणी छ । वैज्ञानिक अनुसन्धानको सीमितता, दबाबमा परेका अनुसन्धान अधिकारी र घटनाक्रममा देखापरेका अनेक ‘टिवस्ट टर्न’ लाई झेल्दै अनुसन्धानलाई अगाडि बढाउन नसकेको प्रहरीका कारण यस्तो अवस्था निम्तिएको उनले बताए । ‘पक्कै पनि यो घटनाबाट प्रहरीले ठूलो पाठ सिक्यो होला,’ उनले भने ।

गृहमन्त्रीको कमजोर भूमिका
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले मंगलबार मात्रै पन्त प्रकरणका दोषी पक्राउ गर्न गृहले कुनै कसुर बाँकी नराख्ने गरी अनुसन्धान भइरहेको तर यसमा राजनीतीकरण गरिएको भन्दै दुःख प्रकट गरे । जब कि निर्मला पन्त प्रकरणको एक वर्षको अवधिमा यही विषयबारे गृहमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति विवादित बने ।

घटनाको पाँचौं दिन गृहमन्त्रीले संसद्मा घटनामा संलग्न जीवन घर्ती मगर र दीपक नेगी पक्राउ परिसकेको बताए । शंकाका आधारमा पक्राउ परेकालाई गृहमन्त्रीले घटनाका मुख्य अभियुक्तझैं गरी प्रस्तुत गरेका थिए । गृहमन्त्रीको यस्तो दाबी केही दिनमा झूटो सावित भयो । किनकि पक्राउ परेका एक जना मानसिक सन्तुलन ठीक नभएका र अर्का यौनरोगी रहेको खुल्यो । र, घटनामा यी दुवैको संलग्नता पुष्टि हुन सकेन ।

त्यसो त त्यसपछिका दिनमा पनि गृहमन्त्रीले पन्त प्रकरणबारे दिएका अभिव्यक्ति विवादित नै बने । असोज तेस्रो साता गृहजिल्ला पुगेका मन्त्री थापाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग पन्त प्रकरणलाई अनावश्यक उचालिएको मात्रै बताएनन्, घटनालाई राजनीतीकरण गरिएको पनि आरोप लगाए ।

विरोधी शक्तिले घटनालाई उचालेको भन्दै उनले असन्तुष्टि जनाए ।

गृहमन्त्रीको यस्तो अभिव्यक्तिले निर्मलाको न्यायका निम्ति संगठित कञ्चनपुरवासीलाई क्रुद्ध बनायो नै, प्रहरीको अनुसन्धानमा स्थानीयले गुमाएको विश्वासलाई झनै पर पुर्‍यायो । त्यसो त गम्भीर प्रकृतिको फौजदारी अपराधमा प्रहरी र फौजदारी अपराधको मुद्दा प्रकृति बुझेका विज्ञको भर नपरी गृहमन्त्रीले निजामती कर्मचारी नेतृत्वको छानबिन गठन गरे ।

३३ किलो सुन प्रकरणको अनुसन्धानमा उनले जसरी प्रहरी प्रशासनलाई पर धकलेर निजामती नेतृत्वको भर परेका थिए, निर्मला पन्त प्रकरणमा पनि प्रवृत्ति त्यही दोहोरियो । गृहमन्त्री थापाले ७ भदौमा कारागार व्यवस्थापन विभागका सहसचिव हरि मैनाली नेतृत्वमा पाँच सदस्यीय छानबिन कमिटी बनाए ।

पन्तको बलात्कार र हत्या घटनाको सत्यतथ्य पत्ता लगाउने विश्वास गरिएको समितिले सुरुमा १५ दिनको समय पाए पनि पछि समय थपेर एक महिना लियो । समितिले असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझायो । गृहले गोप्य राख्न खोजेको उक्त प्रतिवेदन चर्को दबाबपछि असोज २१ मा सार्वजनिक गरियो ।

निजामती नेतृत्वको समितिले न घटनाबारे कुनै सत्य पत्ता लगायो, न जेलिएको अनुसन्धानलाई नयाँ बाटो नै दियो । समितिले घटनास्थलको स्थलगत अनुगमन र केही व्यक्तिको बयानलाई नै प्रतिवेदनमा स्थान दियो, जसले अनुसन्धानका क्रममा प्रहरीले गरेका कमजोरी त बाहिर ल्यायो । तर घटना कसले गरायो भन्नेबारे केही सुराक निकाल्न सकेन ।

सिफारिस गृहमै थन्कियो

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धानपछि गरेको सिफारिस गृहमन्त्रालयको दराजमै थन्किएको छ ।

आयोगले निर्मला हत्या प्रकरणमा प्रहरीको अनुसन्धान थालनीदेखि शृंखलाबद्ध गल्ती तथा ढाकछोप देखिएको भन्दै संलग्नमाथि अनुसन्धान थाल्न सरकारलाई सिफारिस गरेको थियो ।

आयोगका सचिव तथा प्रवक्ता वेदप्रसाद भट्टराईले सिफारिस बेवास्ता गरेर सरकारले दण्डहीनतालाई मलजल गरेको टिप्पणी गरे । ‘यस्तै हो भने एक दिन यसले विस्फोटको रूप लिन्छ, जसको जिम्मेवार स्वयं सरकार हुनुपर्नेछ ।’ गृह मन्त्रालयले भने आयोगको सिफारिस ‘कार्यान्वयन प्रक्रियामै रहेको’ जवाफ दिएको छ ।

आयोगले स्थलगत अध्ययनपछि असंख्य त्रुटि रहेको औंल्याउँदै डीएनए विज्ञमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको थियो । ‘आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेर घटनाका सम्बन्धमा चार सिफारिस र सुधारका लागि २४ वटा निर्देशन दिएको थियो तर कुनैलाई पनि पालना गरिएको जानकारी छैन,’ सचिव वेद भट्टराईले भने 

पीडित परिवारले मार्‍यो आस

पछिल्लो समय महिला अधिकारकर्मी र नागरिक समाजका अगुवाले दबाब दिन छाडेपछि निर्मला पन्त प्रकरणको अनुसन्धान रहस्यमै छ । लामो समयको आन्दोलन र दबाबले पनि केही नभएपछि पीडितले न्याय पाउने आस मारेका छन् । घटनाको अनुसन्धान ओझेलमा परेको छ ।

अब हत्यारा पत्ता लाग्छ भन्ने कुनै आशा छैन,’ निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, ‘यति धेरै आन्दोलन र दबाबले पनि न्याय मिलेन, अहिले पनि सत्य कुरा बाहिर आएन, अब आन्दोलन मात्रै कति गरिराख्ने ?’ उनी घटनाको अनुसन्धानको अवस्था बुझ्न प्रायः जिल्ला प्रहरी कार्यालय पुग्छिन् । तर उनले पाउने जवाफ सधैं एउटै हुन्छ, ‘हामी अनुसन्धानमै छौं, हत्यारा पत्ता लगाउन प्रयासरत छौं ।’ नेता पनि यसैगरी सान्त्वना दिन उनको घर आइरहेका छन् ।

‘हत्यारा पत्ता लाग्ने भए त अहिलेसम्म लागिहाल्थ्यो, अब घटना पुरानो हुँंदै गयो, हामीले पनि बिर्सिंदै गयौं,’ निर्मलाकी दिदी मनीषाले भनिन्, ‘यसैगरी भुल्याउने र हामीलाई घटना बिर्साउन मात्रै खोजिएको हो कि ?’ घटनाको वर्ष दिन पुगेका दिन निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै लामो समयसम्म आन्दोलनरत नागरिक संघर्ष समितिको बैठक बसेर केही दबाबमूलक कार्यक्रम गरिने अधिकारकर्मी नरबहादुर साउदले बताए ।

अहिले पनि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध अनुसन्धान ब्युरोको टोली अनुसन्धानमा खटिएका छन् । आवश्यकताअनुसार संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट समेत विभिन्न टोली आउने गरेका छन् । तर पनि अनुसन्धान जहाँको त्यहीँ छ । अहिले एसपी गणेश चन्दको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘हाम्रो अनुसन्धान न्यारो डाउन प्रविधिबाट चलिरहेको छ, अहिले पनि विगतमा अनुसन्धानको दायरामा नआएका तथा बाहिर भएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले भने, ‘शंकास्पद व्यक्तिलाई ल्याउने र सोधपुछ गर्ने क्रम चलिरहेको छ ।’

प्रारम्भिक चरणकै कमजोरीलेअनुसन्धानमा समस्या
घटनास्थल सुरक्षित गर्न नसक्दा र तत्काल प्रभावकारी ढंगले अनुसन्धान गर्न नसक्दा अनुसन्धान निकै जटिल बनेको प्रहरी अधिकारी बताउँछन् । घटनास्थल सुरक्षित गर्न नसक्दा थुप्रै प्रमाण नष्ट भएको र त्यसपछि पनि निरन्तर आन्दोलनका कारण अनुसन्धान हुन नसक्दा प्रारम्भिक चरणमै समस्या रहेको उनीहरूको भनाइ छ । निर्मला घटनाको छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले पनि अनुसन्धानमा प्रहरीको लापरबाही रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अदालतमा धमाधम मुद्दा
निर्मला घटनाको अनुसन्धान जारी छ । तर अदालतमा त्यही घटनासँग जोडिएका विभिन्न मुद्दा पर्ने क्रम पनि जारी छ । तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जनाविरुद्ध प्रमाण नष्ट र ४ जनाविरुद्ध यातना कसुरको मुद्दा अदालतमा विचाराधीन छ । उनीहरूलाई जिल्ला अदालतले धरौटीमा छाडेको छ । घटनामा संलग्नताको आरोप लागेकाहरूले पनि मानहानिसँगै क्षतिपूर्तिको माग गरी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

घाइतेको उपचारमा आर्थिक अभाव
निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै भदौ ७ र ८ गतेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरू अहिले पनि काठमाडौंमा उपचाररत छन् । भदौ ७ गते दायाँ खुट्टामा गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४ का अर्जुन भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अचेत अवस्थामा छन् ।

उनको दायाँ खुट्टा काटिएको छ भने अन्य शरीर पनि चल्दैन । एक वर्षदेखि अस्पतालको शय्यामा रहेका छोराको उपचारमा समस्या भएको अर्जुनकी आमा शिवकलालेबताइन् । नयाँं वर्षदेखि सरकारले उपचार खर्च दिन छाडेपछि समस्या भएको उनको भनाइ छ ।
भदौ ८ गते प्रहरीको गोली लागेर घाइते भएका उमेश देउवा पनि अहिले उपचारमै छन् । अर्जुनको तुलनामा उमेशको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । तर नियमित फलोअप गराउन आर्थिक अभावका कारण समस्या भएको उमेशका बुवा यज्ञराजले बताए । उमेशको बायाँ खुट्टामा गोली र बायाँ हातमा छर्रा लागेको थियो । चेतन भट्ट, सुरेन्द्र देउवालगायत घाइते पनि नियमित उपचारमा छन् ।

राहतसँगै रोजगारी पनि
लामो समयसम्म सरकारले घोषणा गरेको राहत बुझ्न इन्कार गर्दै आएकी निर्मलाकी आमा दुर्गादेवीले राहत रकम बुझेकी छन् । वैशाख पहिलो साता उनले तीनवटै सरकारले घोषणा गरेको राहत लिइन् । निर्मला घटनापछि भीमदत्त नगरपालिकाले ३ लाख, सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख र संघीय सरकारले १० लाख राहत दिने घोषणा गरेको थियो । राहत रकम बुझेसँगै दुर्गादेवीले नगरपालिकामा दैनिक ज्यालादारीमा काम पनि पाएकी छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । ओली पटक पटक बिरामी हुने गरेका ओली अहिले नमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टर अस्पतालमा उपचार गरिहेका रहेका छन्  ।  प्रधानमन्त्रीले पटक पटक नेपाल लगायत बिदेशसम्म मिर्गौलाको उपचार गर्दा पनि ठिक हुन सकेको छैन् । 

kp oli 1को 

अस्पतालमा १० दिनकाे बसाईपछि ओली डिस्चार्ज

oli discharge

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज भएका हुन् । मंसिर १० गते प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उनी अस्पतालमै स्वास्थ्यलाभ गर्दै आएका थिए । डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । अस्पतालमा उनी आधा घण्टाभन्दा बढी समयसम्म बसेकी थिइन् ।

याे पनि पढ्नुहाेस्  - यसरी बिताएका थिए प्रधानमन्त्री ओलीले जेल जीवन, चुरोटको खाेलमा लेख्थे कविता

KP news oli kantipathकाठमाडौंः २०३० सालदेखि लगातार १४ वर्ष लामो यातनादायी काराबास भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीले गोलघरको कठोर जीवनबारे लेखेको स्मृति हो यो । यसअघि झापा आन्दोलनका उनका पाँच सहयोद्धालाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । पोखरा जेलसारीको निहुँमा उनको पनि हत्या गर्ने प्रयास भएको थियो । तर, त्यसवेला ओली मुस्किलले बाँचे । ०३० असोज २३ गते रौतहटबाट पक्राउ गरी उनलाई वीरगन्ज जेलमा राखिएको थियो । वीरगन्जबाट काठमाडौंस्थित भद्रगोल जेल हुँदै केन्द्रीय कारागार ल्याइएको थियो । त्यसवेला अहिलेजस्तो विचार राख्ने र दल खोल्ने स्वतन्त्रता थिएन । राजनीतिक स्वतन्त्रता माग्नेलाई यसैगरी कैद गरिन्थ्यो र यातना दिइन्थ्यो । काराबासमा अत्यधिक यातनासाथ राखिएका नेतामध्ये ओली अग्रस्थानमा पर्छन् । कैदीहरूलाई यातनापूर्वक राखिने केन्द्रीय कारागारको गोलघरमा व्यतीत आफ्नो जीवनबारे उनले ०४६ सालको परिवर्तनपछि संस्मरण लेखेका थिए । ‘युगदूत’ पत्रिकाको संस्मरण अंकका लागि लेखेर पनि हराएका केपी ओलीका संस्मरणात्मक रचनाको डायरी पछि फेला परे । डायरीमा लेखिएको उतिवेला प्रचलित ‘पागल’ शब्दलाई यहाँ परिवर्तन गरिएको छैन । मानसिक सन्तुलन गुमाएकाहरूप्रति हामी संवेदनशील छौँ । लेखेको धेरैपछि भेटिएको उनैको पुरानो डायरीबाट यो अप्रकाशित संस्मरण यहाँ प्रस्तुत गरिएको छ ।

ति दिन ज्यादै कठिन थिए । वि.सं. २०३० मंसिर ११ गते मोहनचन्द्र अधिकारी र म जेलको पनि महाजेल गोलघरमा हालियौँ । गोलघर काठमाडौं केन्द्रीय कारागारको बीचमा छ । त्यहाँ नौवटा स–साना कोठा र एउटा फलामको पिँजरा छ । अरू बन्दीबाट अलग्याएर एकान्तबासको सजाय दिइने ठाउँ भएकाले प्रत्येक कोठामा एकजनालाई मात्र त्यहाँ थुनिन्छ । फलामका ठुल्ठूला चारपाटे डन्डीले घेरिएको, भुइँ र छानो बाक्ला फलामका पाताहरू भएको त्यस पिँजराको आकार नै यति सानो हुन्छ कि एकजनाभन्दा बढी थुन्न सकिने हुँदैन । चौडाइ डेढ फिटजति, उचाइ र लम्बाइ साढे तीन फिटजति भएको त्यस पिँजरामा थुनिनेले कहिल्यै पनि उभिन र खुट्टा पसार्न पाउँदैनन् । हामी गोलघरमा हालिँदा पूर्णबहादुर कुमाल पिँजरामा रहेछन् । उनी ज्यान मुद्दामा परेका र पागल भएर जेलमै दुईजना बन्दीहरूको हत्या गरेर पिँजरामा थुनिएका रहेछन् । जेलको नियम र प्रचलनअनुसार, जेलभित्र कसैले ज्यान मारेमा उसलाई गोलघरमा थुनेर सजाय दिइन्छ र गोलघरमा बसेर कसैको ज्यान मारे उसलाई पिँजराबासको सजाय दिइन्छ । जेलमा कुनै बन्दी पागल भयो भने उसलाई पनि अरू बन्दीहरूको सुरक्षार्थ गोलघरमा थुनिन्छ । जेलभित्र त्यहाँको हिसाबले कुनै गम्भीर अपराध मानिने काम गरेमा पनि गोलघरमा थुनिने गरिँदो रहेछ । तर, मोहनचन्द्र अधिकारी र मलाई गोलघरमा हालेका वेला भने त्यहाँबाट सबै पागलमध्ये दुईजना अलिक होसमा रहेको ठहरिएका र अलि कम पागललाई बाहिर निकालेर हामी दुईजनाका लागि ठाउँ खाली गरिएको रहेछ ।

पहिले गोलघरमा म पु-याइएँ । त्यसभन्दा अघि गोलघरका बारेमा सुनिएको थियो । तर, कस्तो हुन्छ भन्ने जानकारी थिएन । मलाई भद्रगोल जेलबाट सेन्ट्रल जेल सार्ने भनी त्यहाँ ल्याएका थिए । त्यहाँ आएपछि थाहा भयो, गोलघर हाल्न ल्याएका रहेछन् । मलाई त्यहाँ हुल्ने नाइके कामदारहरू कोही पनि मैले चिनेका मान्छे हुने कुरै थिएन र तीमध्ये कोही पनि मसँग मैत्रीपूर्ण देखिँदैनथे ।

गोलघरमा पस्नेबित्तिकै म आश्चर्यचकित भएँ । त्यस्ता ठाउँमा र त्यसरी पनि मान्छे थुनिन्छन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ । सानो गोलघरको कुनामा खुला पाइखाना ! ढोकाबाट पस्नेबित्तिकै दुर्गन्धले बान्ता आउन खोज्यो । तर, अनिश्चित लामो कालसम्मका लागि त्यहीँ बस्नु थियो । म त्यहीँ छिराइएँ । पिँजरा र अरू कोठामा थुनिएका आठजना पागलहरूले म त्यहाँ लगिँदा आ–आफ्नो पाराले मेरो स्वागत गरे– कसैले अश्लील गाली गरेर, कसैले आफूले गरेको दिसाको झट्टी हानेर । ढोकाछेवैको कोठाका मीनराज पाण्डे भन्ने रहेछन् । उनी विनामुद्दा, पागल भएकाले परिवारको आग्रहमा सुरक्षार्थ त्यहाँ थुनिएका थिए । उनले भने मलाई छुट्टै पाराले स्वागत गरे । एकतमासको जोसमा उनी ठूलो स्वर निकालेर कराए, ‘जोन्सन्स् वार केनेडिज वार, कर्णाली आन्द्रेई ग्रोमिक हो । थ्यांक्स् भुट्टो, यू ह्याभ एलाउड थाई एयरलाइन्स् टु कम टु अस भाया ढाका ।

कामदारी खुट्टो समात्, पानी तता, यो एकमुठो घाँस हाल्दे ।’ उनले आफ्ना छेवैमा राखेको रायोको सागको मुठा उठाउँदै भने, ‘मार चैँ मै हान्छु, बोकालाई यहाँ मार्न ल्याएको त हो नि !’ यति भन्दै उनी जोडले खिल्खिलाएर हाँसे । उनको त्यो व्यवहार देखेर मलाई भान प-यो– पागलहरू आफ्नै सुरमा अन्तस्करण ओकल्छन् । जेल सार्ने वा गोलघरमा लैजाने निहुँ बनाएर कैदीलाई मार्ने काम भइरहेका थिए, त्यही ओकल्यो ।

भित्ताभरि दिसा पोतिएको, भुइँभरि पनि दिसा छरिएको एउटा कोठा देखाएर मलाई त्यहाँ पस्न भनियो । कोठाको एउटा कुनामा खाल्टो रहेछ । त्यहीँ चर्पी रहेछ । त्यसबाट फोहोर निकालेर भुइँभरि छरिएको रहेछ । मैले, ‘के म यसै कोठामा बस्ने ?’ भनेर सोधेँ । मलाई त्यहाँ पु-याउने कामदारले अल्छी पारामा भने, ‘हो ।’ मैले कम्तीमा त्यस कोठामा बस्न अस्वीकार गर्दै भनेँ, ‘म यस कोठामा चैँ पस्दिनँ र बस्दिनँ पनि । मान्छे थुन्ने ठाउँ कहीँ यस्तो हुन्छ ?’ उनीहरूले मलाई त्यही कोठामा बस्न कर गरे । तर, हात हालेर बलजफ्ती भने गरेनन् ।

मैले उनीहरूका हाकिम र मालिक जो छन्, तिनलाई म त्यस कोठामा बस्न नमानेको कुरा जानकारी गराउन भनेँ । उनीहरूमध्ये २–३ जना बाहिर गए । केहीबेरपछि एउटा ठूलो दलबलको नेतृत्व गर्दै एकजना पातलो तर सुकिलो मान्छे त्यहाँ आयो । उनीहरूको सामूहिक नमस्कार र सम्बोधनबाट थाहा पाएँ, त्यो मानिस जेलको भाइ चौकीदार रहेछ ।

उसले बडो ठाँटले भन्यो, ‘के हो, के भयो ?’ उसको बोलीको भाँती जानकारी लिन खोजेको जस्तो थियो । उसलाई कामदारले वृत्तान्त सुनाए । उसले अलिक निर्णयात्मक स्वरमा भन्यो, ‘हेर्नोस्, तपाईंलाई गोलघर राख्नु भन्ने आदेश छ, हामी त्यत्ति जान्दछौँ । गोलघर यही हो । अनि तपाईं यहाँ नबसेर कहाँ बस्नुहुन्छ ?’ मैले जवाफ दिएँ, ‘मान्छे थुन्ने ठाउँ पनि यस्तो ! यस कोठामा म बस्दिनँ ।’

उसले केहीबेर गल्फत्ती गरेर अरू कोठाहरू हे-यो र त्यसपछि भन्यो, ‘ल उहाँलाई यस कोठामा राख्नू, यस कोठाको कैदीलाई त्यसमा सारिदेऊ ।’ त्यसपछि ऊ सरासर बाहिरियो । मैले उसले भनेको कोठा हेरेँ । त्यो अलिक कम फोहोर रहेछ र सार्वजनिक चर्पीभन्दा दुई कोठा परतिर पनि । आखिर उनीहरूले मलाई त्यहाँ राख्छन् नै, म स्पष्ट थिएँ । त्यसपछि म आफ्नो कपडाको सानो कुटुरो काखीमा च्यापेर त्यस कोठामा पसेँ । मलाई थुन्न गएको त्यो हुल फलामे डन्डीहरूले बनेको ढोकामा ताला ठोकेर बाहिर गयो ।

भित्ताभरि दिसा पोतिएको, भुइँभरि पनि दिसा छरिएको गोलघरको एउटा कोठा देखाएर मलाई त्यहाँ पस्न भनियो । कोठाको एउटा कुनामा खाल्टो रहेछ । त्यहीँ चर्पी रहेछ । त्यसबाट फोहोर निकालेर भुइँभरि छरिएको रहेछ । मैले सोधेँ, ‘के म यसै कोठामा बस्ने ?’ त्यो एउटा छुट्टै संसार थियो । पागलहरू आफ्नै तरंगमा डुबेका हुन्थे । कोही हाँस्थे, कोही रुन्थे । कोही भुत्भुताउँथे भने कोही चर्को आवाजमा कराउँथे, चिच्याउँथे । कहिले कोही रुँदा–रुँदै हाँस्थे भने कहिले हाँस्दा–हाँस्दै, रुन्थे । मोहनचन्द्र र मेरो लागि ठाउँ खाली गर्न दशजनामध्ये दुईजनालाई बाहिर जेलमा निकाले । बाँकी रहेका आठजना पागलमध्ये ज्ञानेश्वरका मीनराज पाण्डे, काभ्रेका केदार उप्रेती र ज्यानमुद्दामा धेरै वर्ष सजाय भोगिसकेका भोजपुरका वीरबहादुर कुमालको पागलपन अलिक बेग्लै प्रकारको थियो ।

उनीहरू फोहोर खेलाउनेसम्मको स्थितिमा भने थिएनन् । हाम्रा लागि कोठा ठीक गर्न बाहिर निकालिएका पागलहरूको स्थिति पनि ती तीनजनाको जस्तै–जस्तै रहेछ । तर, हामीलाई थप दुःख दिनका लागि पनि उनीहरू बसेका कोठाहरू नदिएर अवस्था ज्यादै बिग्रेका पागलहरूलाई ती कोठामा सारी हाम्रा निम्ति फोहोर कोठाहरू तयार पारिएका रहेछन् । गोलघरभित्र पसेपछि म कपडाको कुटुरो बन्द कोठाको एउटा कुनामा राखेर फलामे डन्डीको बार समाती उभिइरहेँ । मन अन्यमनस्क भावले भरिएको थियो । बाहिर गोलघरको आँगन थियो, सामुन्नेका कोठामा थुनुवा पागल र कैदी थिए । म तिनीहरूलाई एकतमासले हेरिरहेको थिएँ । त्यसैवेला गोलघरको बाहिरी ढोका फेरि खुल्यो र एउटा हुल भित्र पस्यो । त्यो हुलले मोहनचन्द्र अधिकारीलाई लिएर आएको रहेछ । गोलघरका पागलमा फेरि अघिजस्तै एउटा नयाँ तरंग आयो ।

शान्त बस्तीमा भुइँचालो आएजसरी एकचोटि जेलको वातावरण जर्‍याकजुरुक भयो । उनीहरू आ–आफ्नै पारामा केही कराए, तर पहिलेको भन्दा कम । मीनराज पाण्डे भने उत्तिकै उत्साहसाथ उत्तिकै उँचा स्वरले कराए । उनी वेला–वेला बतुराउँदा उही कुरा दोहो-याउँथे, ‘जोन्सोन्स वार, केनेडिज वार…।’ पागलहरूको कोलाहल र मीनराज पाण्डेको ‘बोकालाई यहाँ काट्न ल्याएको’ जस्ता कुराले मोहनचन्द्रलाई मनोवैज्ञानिक असर पा-यो । उहाँले मलाई देख्नुभएको थिएन । उहाँले गोलघरका कोठातर्फ हेर्न भ्याउनु नै भएको थिएन । मैले उहाँलाई बोलाएँ र पागलहरूका कुरातर्फ ध्यान नदिन भनेँ । उहाँलाई गोलघरको प्रवेशद्वारबाट पस्नेबित्तिकै दाहिनेतर्फको अर्थात् पूर्व लाइनको सबभन्दा दक्षिण कुनाको कोठामा थुनेर उनीहरू बाहिरिए । पश्चिम लाइनको सबभन्दा दक्षिणमा सार्वजनिक खुला चर्पी थियो र त्यो मोहनचन्द्रलाई थुनेको कोठाको सामुन्नेमा पथ्र्याे ।

मोहनचन्द्रलाई थुनेको कोठा गोलघरभरिमा सबभन्दा चिसो, अँध्यारो र साँघुरो थियो । हरेक कोठाका पल्लाछेउमा अलिक कुनातिर पाइखानाका लागि खाल्डा थिए र ती खाल्डाको निकास गोलघरबीचको सानो आँगनको माझमा रहेको ‘सेफ्टी ट्यांक’सम्म थियो । ‘सेफ्टी ट्यांक’का ढकनी राम्ररी बन्द नगरिएकाले पनि तिखो दुर्गन्ध आइरहन्थ्यो । गोलघरका कठिन दिनमा लेखेका कविता घरिघरि झल्याकझुलुक स्मृतिमा आइरहन्छन् । मेरा कविता उम्दा थिए कि थिएनन्, यसै भन्न सक्दिनँ । तर, कमजोर भने थिएनन् । गोलघरमा बिताएका दिन सम्झिँदा म त्यसवेला पाएको यातना मात्र सम्झन्नँ, त्यहाँ लेखिएका मेरा प्रिय कविता पनि सम्झन्छु । गोलघर पस्ने बाहिरी ढोका र भित्री ढोकाको बीचमा त्यसै दिनबाट पालेपहरा राख्ने आदेश भएको रहेछ । त्यसकारण कामदारहरू सुत्न–बस्नका लागि त्यहाँ खाटजस्तो टाँड बनाउने कार्यमा जुटे । प्रवेशद्वारको भित्रपट्टिको ढोकामा ताला लगाइएको थियो । बाहिरी ढोका खुला राखेर उनीहरू काम गर्दै थिए । मोहनचन्द्र र म आपसमा कुरा गर्न थाल्यौँ । पागलहरू हामीलाई गाली पनि गर्दै थिए । उनीहरूको गालीले खासगरी हुलमा हामी दुईजना सद्दे भएकोमा उनीहरूमा चिढ थियो भन्ने बुझिन्थ्यो । नाइके कामदारले उनीहरूलाई ‘तँ, तिमी’ भन्थे । तर, हामीलाई उनीहरूले ‘तपाईं’ भनेकोबाट पागलमध्ये धेरैले हामी उनीहरूको कोटीमा पर्दैनौँ भन्ने राम्ररी अनुमान गरेका थिए । पागलमध्ये काभ्रेका केदार उप्रेती, जो गोविन्दनाथ उप्रेतीका भाइ हुन्, उनी अर्धपागल वा सिल्लीको अवस्थामा थिए ।

वीरबहादुर कुमाल पनि त्यस्तै–त्यस्तै अवस्थामा थिए । मोहनचन्द्र, मीनराज, वीरबहादुर, केदार र अर्को एकजना पूर्वपट्टिको लाइनमा अथवा मेरो कोठाको अगाडितिर पर्थे । अहिले नाम बिर्सेको एकजना पागल बीचको कोठामा बस्थे र उनको हालत पनि राम्रो थिएन । उनी होसमा थिएनन् । उनी अक्सर जोड–जोडले कराउने गर्थे । अपराह्नतिर हामी दुवैजनाको ढोका खोल्न कामदार आए र हामीलाई कोठाबाट निकालेर गोलघरको प्रवेशद्वारको भित्री ढोकासम्म ल्याए । बाहिरी ढोकाबाट बाहिरपट्टि त्यसवेला त्यसै जेलमा थुनामा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई, बोधराज उपाध्याय (जनकपुर)लगायतका केही मित्र भेट्न आउनुभएको रहेछ । दुई–तीन मिनेट टाढैबाट उहाँहरूसँग देखादेख भयो ।

उहाँहरूले सहानुभूति प्रकट गर्नुभयो र केही अप्ठ्यारो परे आफूहरूलाई खबर पठाउन आग्रह गर्नुभयो । केहीबेरपछि कामदारले हामीलाई बाबुकाजी वासुकलाजीहरूको मेसबाट खाना आउने जानकारी गराए । वासुकलाजी भक्तपुरको हुनुहुन्थ्यो । त्यसको केहीबेरपछि नै हाम्रा ढोका फेरि खोलिए । उही पाराले ओल्लो ढोका वारि र पल्लो ढोका पारि भएर हामीले गंगालाल श्रेष्ठ (लाल कम्युनिस्ट) काठमाडौं, बाबुकाजी वासुकला भक्तपुर र अरू दुई–तीनजना साथीहरूसँग देखभेट ग-यौँ । उहाँहरूले हाम्रा लागि खानाको व्यवस्था आफूहरूले गर्ने र अन्य आवश्यक सहयोग पनि सकेसम्म पु-याउने बताउनुभयो । यस्तो देखभेट तुरुन्तै, दुई–चार मिनेटमै सिद्धियो ।

मोहनचन्द्र र म ०३० असोज २३ गते रौतहट जिल्लामा पक्राउ परेका थियौँ । पक्राउ पर्दा मोहनचन्द्रले खागीको पाइन्ट–सर्ट र चप्पल लगाउनुभएको थियो भने मैले पातला पाइन्ट–सर्ट र एकजोर पुराना चप्पल लगाएको थिएँ । हाम्रो साथमा भएका झोला, एक–एकवटा लुंगी, एक–एक जोर भित्री कपडा, केही कागजपत्र र कलम रौतहटका तत्कालीन प्रजिअ चन्द्रिकानन्द खरेलले हामीबाट गिरफ्तारीको दुई दिनपछि नै खोसिसकेका थिए । मंसिर ३ सम्म रौतहटमा प्रहरी हिरासतमा हामीलाई निर्मम यातनासाथ चिसो भुइँमा थुनेका थिए । त्यसवेला मसँग भएको बीस रुपैयाँ खर्च भइसकेको थियो । मंसिर ४ गते वीरगन्ज जेलमा हालेर ८ गते काठमाडौं सरुवा गरेपछि मोहनचन्द्रलाई सेन्ट्रल जेलमा र मलाई भद्रगोल जेलमा थुनिएको थियो । मंसिर ८ गते बेलुका म भद्रगोल जेल ल्याइएँ । त्यहाँको आन्तरिक चौकीछेउको कोठामा दुईजना कामदारको कडा पहराभित्र मलाई तोकिएको खाली भुइँमा राखियो । मलाई एउटा सुकुल दिने सम्बन्धमा बन्दीहरूका बीचमा चर्चा चल्यो ।

कामदारले ‘सुकुल दिन हुने भए सरकारले दिन्थ्यो, यस्ता मान्छेलाई सुकुल दिएर झमेला नउठाऊ’ भनेर बन्दीहरूलाई तर्साए । तैपनि ‘कपडा पनि छैन, खाली भुइँमा कसरी रात काट्ने ? जेसुकै होस् म त यो एउटा सुकुल दिन्छु’ भनेर एकजना बन्दीले मलाई एउटा सुकुल दिए । म को हुँ, कहाँबाट, किन, के मुद्दामा यसरी लुगाफाटोविना ल्याइएँ र दुईजना कामदारको कडा निगरानीमा कसैसँग बोलचाल गर्न नदिने गरी खटाइए भन्नेजस्ता जिज्ञासा बन्दीमा रहेको उनीहरूका आपसी कुराबाट बुझिन्थ्यो ।

उनीहरूले मसँग बोल्न नपाए पनि मैले आफ्ना बारेमा संक्षेपमा उनीहरूलाई बताइदिएँ । मेरो खुट्टामा नेल ठोकिएका थिए र हातमा हत्कडी लागेका थिए । शरीर चल्मलाउन र हातखुट्टा चलाउन निकै गाह्रो हुन्थ्यो । त्यसैवेला सेन्ट्रल जेलका बाबुकाजी वासुकलाहरूले मलाई भद्रगोलमा राखिएको र मसँग केही पनि नभएको थाहा पाएर एक–एकवटा ओढ्ने–ओछ्याउने, भित्री कपडा, रात्रि पहिरन, दाँत माँझ्ने ब्रस, मन्जन र लुगा धुने साबुन पठाइदिनुभएछ ।

मलाई त्यो दिइयो । त्यसपछि म सुकुलमाथि ओछ्यान लगाएर, नेल हत्कडी बजाउँदै भए पनि आरामले सिरक ओढेर बसेँ । मलाई खाना चौकीदारको भान्छाबाट पठाइयो । मैले ११ गते गोलघर पस्दा बोकेर ल्याएको कपडाको कुटुरो, बाबुकाजी वासुकलाहरूले दिनुभएको त्यही कपडाको कुटुरो थियो ।

त्यो दिन त्यसै बित्यो । साँझ पर्नुभन्दा पहिल्यै गोलघरका ढोका बन्द गरिने हुनाले हामीले साढे ४ बजेतिर खाना खायौँ । पक्राउ परेयता मंसिर ४ बाटै हामीले भात खान पाउन थालेका थियौँ । तर, मंसिर ११ गते साँझ बाबुकाजी वासुकलाको भान्छाको भात साह्रै स्वादिष्ट थियो । त्यसको स्वादले नै स्नेहसाथ तयार गरिएको भान्सा भन्ने बुझिन्थ्यो ।

लामो समयसम्म बेस्सरी कुटाइ खाएको र खाना खान नपाएकाले गर्दा हाम्रो भोक खुबै जागेको थियो । मैले मेरी टेलरले लेखेको ‘भारतीय कारागारहरूमा पाँच वर्ष’ नामक संस्मरण पढेको थिएँ । पुस्तकको पात्र ‘धतिंगना’ जस्तै अघाएको थाहै नपाउने पाएँ त्यतिखेर मैले आफूलाई । अर्काे एउटा अनुभव हामीसँग थियो । प्रहरी हिरासतको लामो यातना पार गरेर जेल पुगेका जोसुकैले पनि अरूको भन्दा दोब्बर खान मन गर्छ र खान सक्छ ।

हामीलाई पनि त्यस्तै भयो । उहाँहरूले मीठो–मसिनो र स्वादिष्ट भोजन पठाउनुभयो, तर हामीलाई भने त्यसवेला मीठोको भन्दा मात्राको मतलब थियो । खाना आधा पेट भयो कि चौथाइ पेट भयो भन्न सकिँदैनथ्यो । तर, त्यहाँको वातावरण, दुर्गन्ध, एकान्तबास आदिले हाम्रो क्षुधालाई केही नियन्त्रण पनि ग-यो । तर, अब जिन्दगी त्यहीँ र त्यसरी नै बिताउनुपर्ने बोधले हामीलाई जीवन त्यति कठिन र बोझिलो लागेन । जे होस् नयाँ अनुभवको सुरुवातसाथ त्यो दिन बित्यो ।

रातभरि पागलहरूले कहिले सामूहिक त कहिले एकल, कहिले पालैपालो त कहिले एकैचोटि हल्ला गरेर झिमिक्क हुन दिएनन् । त्यहाँ जिन्दगीभर सुनेजति शब्द र जानेजति विषयमा बोल्न बन्देज थिएन । मोहनचन्द्र र मबाहेक अरू कोही बन्देज बुझ्ने, सुुन्ने र थाहा पाउने स्थितिमा पनि थिएनन् । भोलिपल्टबाट हामीले केही सुधारका काम थाल्यौँ ।

हामीसँग कागज–कलम थिएन । हामीले मौखिक रूपमा खुला चर्पी बन्द गर्नुपर्ने , सेफ्टी ट्यांकको बिर्को मिलाएर लगाउनुपर्ने, दिनमा दुईपटक बढार्नुपर्ने र फिनेल छर्किनुपर्ने, कुवाजस्तो थोत्रो खाल्डोलाई सफा र मर्मत गरेर पानी सञ्चित गर्नुपर्ने, त्यो नभएसम्मका लागि ड्रम राखेर सफाइका लागि पानी उपलब्ध गराउनुपर्ने, थुनुवाका कोठामा माटाका घैँटा वा सुराही राखेर पानी पिउन दिनुपर्ने आदि माग राख्यौँ ।

केहीबेरपछि चौकीदार (जेलका नाइकेहरूको प्रमुख) आएर हामीसँग भेटेर हाम्रो कुरा सुने । तत्कालबाटै ती सुधारका कामको थालनी गर्नुपर्ने नत्र अनशन सुरु गर्ने कुरा हामीले बतायौँ । उनी फर्के । केहीबेरपछि ती काम प्रारम्भ भए । खुला चर्पी बन्द गरियो र त्यो ठाउँ सफा गरियो । सेफ्टी ट्यांकका ढक्कन मिलाएर बन्द गरिए । चुना र फिनेल छर्किइयो ।

हरेक कोठाका कुनाका खाल्टाहरूमा पानी हालेर सफा गरियो । एउटा ड्रम ल्याएर त्यसमा पानी भर्न सुरु गरियो । त्यस प्रयोजनका लागि एउटा स–सानो बाल्टी ल्याइयो र त्यसलाई कामदारको नियन्त्रणमा राख्ने गरियो । गोलघरको फोहोर र दुर्गन्ध अब नब्बे प्रतिशत घट्यो । केहीपछि कुनाको कुवालाई पनि सिमेन्ट लगाएर पानी राख्नयोग्य बनाइयो ।

रात परेपछि गोलघरका मुसाले मान्छेलाई पनि गन्दैनन् । सुतेका वेला कपाल तान्नु, कान टोक्नु, खुट्टाका नङ, औँला टोक्नु, कपडा काट्नु र कोठैपिच्छेका पाइखानाका खाल्डा र नालीबाट फोहोर निकालेर सिरक, डसना र कोठाभरि छर्नु त्यहाँका मुसाका दैनिक उपद्रव हुन् ।

गोलघरको उत्तर भागमा अर्को एउटा फलामे डन्डीहरूको ढोका छ । त्यो ढोकाभित्र एउटा अँध्यारो कोठा छ । त्यस कोठामा पुराना राणाकालीन फलामका साना–ठूला गोलाहरू, फलामका विभिन्न तौलका गलबन्दीहरू, उपयोगमा नगएका नेल र हत्कडीहरू, केही पुराना नेल ठोक्ने घनहरू र अरू केही काम नलाग्ने सामान थुपारिएका छन् । कालकोठरी पस्ने ढोकैको छेउमा पूर्वपट्टि पिँजरा राखिएको छ, जहाँ पूर्णबहादुर कुमाल कोचिएका छन् ।

सफाइबाट गोलघरको दुर्गन्ध घटाउन सकिए पनि बन्दीहरूमा भएको फोहोरीपन हटाउन भने सकिएन । पागलमध्ये कत्तिको सफाइ–चेतना नभएको मात्र होइन, भोजन र फोहोरमा भेद गर्न नसक्ने स्थितिले पनि गोलघरलाई दुर्गन्धित बनाइरहन्थ्यो । गोलघर र कालकोठरीका उपद्र्याहा मुसाहरूका गिरोहको बदमासीले गोलघरका हरेक कोठालाई फोहोर बनाउँथे ।

रात परेपछि गोलघरका मुसाहरूले मान्छेलाई पनि गन्दैनन् । राति कपाल तान्नु, कान टोक्नु, खुट्टाका नङ, औँला टोक्नु, कपडा काट्नु र कोठैपिच्छेका पाइखानाका खाल्डा र नालीबाट फोहोर निकालेर सिरक, डसना र कोठाभरि छर्नु त्यहाँका मुसाका दैनिक उपद्रव हुन् ।

हुन त त्यहाँका मुसाले दुःख मात्रै दिएनन्, थुनिएकाहरूलाई मनोरञ्जन पनि दिए । त्यहाँ प्रायः मुसाको पूर्वलाइनको गिरोह र पश्चिम लाइनको गिरोहबीच ठूलो ग्याङ फाइट चल्थ्यो । लडाइँको कारण त थाहा पाउन सकिएन, तर उनीहरूको भिडन्त भने डरलाग्दो थियो । गोलघरका मुसा सप्रिएका, लामा र ठूला खालका छन् ।

संख्या सयौँको छ । आपसमा टोकाइ र च्याँ–च्याँ चूँ–चूँको ठूलो हल्लाखल्ला साथ लडाइँ सुरु हुन्छ । साना (छाउराहरू) लडाइँमा देखा पर्दैनन् । अलिक ठूलाहरू गिरोहमा सामेल भएर, भाग्न अनुकूल ठाउँमा बसेर, कहिलेकाहीँ दौडेर अर्कोपट्टिकालाई टोकेर वा तर्साएर फर्किन्छन् । छाउरा मुसाको बथानले हल्ला र दौडधुपबाट लडाइँलाई ऊर्जायुक्त बनाउँथे भने छिप्पिएकाहरू र खासगरी जवान लडाकुहरू अघि बढेर एकापसमा लड्थे । उनीहरूबीच टोकाटोक हुन्छ ।

मानिसले कुस्ती खेलेझैँ उभिएर पनि लडाइँ गर्छन् र कहिलेकाहीँ उभिएर अर्को पक्षको स्थितिको निगरानी पनि गर्छन् । कहिलेकाहीँ लडाइँमा जवानहरू भिडिरहेका वेला एकातर्फबाट धुरिएर जाइलाग्दा अर्कोतर्फमा भागाभाग मच्चिन्छ । त्यस्तो वेलामा दोहोरो कोकोहोलो मच्चिएको हुन्छ । लडाइँ घन्टौँ चल्छ र अन्त्यमा एउटा बलियो मुसाले अर्कोलाई समातेर मारेपछि सब थर्कमान हुन्छन् । त्यसपछि युद्ध अन्त्य हुन्छ । विजयी मुसाले अर्काेको मुटु कलेजो खान्छ र २–४ दिनलाई मुसायुद्ध समाप्त हुन्छ ।

पढ्न–लेख्न, मानिसहरू कसैसँग भेट्न र कुनै समाचार सुन्न प्रतिबन्ध लगाएका वेला गोलघरको एकान्तबासमा केही दिन बिराएर हुने यस्तो मुसायुद्ध मनोरञ्जनपूर्ण लाग्थ्यो । सारा प्रतिकूलताले गाँजेका वेला यस्तै अर्थहीन मुसायुद्धले उद्विग्न मनलाई अलमल्याउँथ्यो । जति घनघोर एकान्त हुन्थ्यो, मनभित्र उति नै ठूलो खल्बली हुन्थ्यो । मनभित्रको यस्तो खल्बली मुसाहरूको लडाइँमा गएर विश्राम लिन्थ्यो । हामी केही हलुका हुन्थ्यौँ ।

म पेटको अल्सरको बिरामी थिएँ । गोलघरमा परेको तीन–चार दिनपछिको कुरा हो । म जेलको क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगिएँ । त्यसका लागि निकै जोड गर्नुपरेको थियो । स्वास्थ्य परीक्षणपछि फर्किंदा जेलभित्रै मैले एउटा पेन्सिलको टुक्रा फेला पारेँ । पेन्सिल टिप्ने मानसिक पूर्वतयारी थिएन । जसरी कोठाभित्र पस्ने वेला मानसिक तयारीविनै खुट्टाले आफसेआफ एक–अर्का खुट्टाका जुत्ता खोल्छन्, पेन्सिल देख्नासाथ मैले त्यसैगरी टिपेँ ।

कतै मेरो अन्तरचेतले सूक्ष्म रूपमा पेन्सिल वा त्यस्तै लेख्ने कुरा खोजिरहेको थियो । त्यो टिप्दा साथमा भएका गोलघरका कामदारले केही पनि भनेनन् । मैले त्यो टुक्रो साथै लिएर आएँ । गोलघर पस्नेवेलामा ढोकाबाहिर केही पर गोल्ड फ्लेक चुरोटको एउटा खाली बट्टा फालिएको थियो । त्यसवेला जेलमा त्यो चुरोट प्रचलित थियो । मैले त्यो बट्टा उठाएँ ।

मेरो यो व्यवहारलाई वरिपरि हेर्ने बन्दीहरूले उदेक माने । कतिपयले त गोलघरबाट बाहिर आएको पागल होला, चुरोटको खाली बट्टा टिप्छ भन्ने पनि ठाने होलान् । तर, मलाई कागजको न्यास्रो लागेको थियो । भित्र गएपछि सिमेन्टमा घोटेर त्यो पेन्सिलको टुप्पो केही धारिलो बनाएँ । गोल्ड फ्लेकको दश खिल्लीको बट्टाको त्यो सानो खोलमा मैले एउटा सानो कविता लेखेँ । त्यो सानो कविता मोहनचन्द्र र त्यहाँका कामदारलाई बोलाएर सुनाएँ ।

कामदारलाई मैले लेखेको कविता मन प-यो । त्यसपछि कामदारले गोल्ड फ्लेकका खोल ल्याइदिने गर्‍यो । अनि मैले पनि कविता लेख्ने गरेँ । ऊ कविता मन पराउँथ्यो तर डरका कारण कागज र कलम दिने आँट गर्दैनथ्यो । पेन्सिल छउन्जेल भने गोल्ड फ्लेकका खोलहरू ल्याइदिने ग-यो ।

यसरी मेरो कविता लेख्ने क्रम पनि अघि बढ्यो । तर, चुरोटका खोल चाहिएजति पाउने अवस्था थिएन । मैले फारु गरेर, विचार फुरेका कुरामा, भन्नुपर्ने कुराहरू खाँदेर खोलमा अट्ने गरी विभिन्न प्रकारका कविता लेखेँ । प्रायः जेलका मान्छे छन्दबद्ध कविता मन पराउँछन् । मैले पनि त्यसरी नै कतिपय कविता छन्दमा लेखेँ ।

तर, पछिपछि चुरोटका खोल अलिक प्राप्त गर्न सक्ने भएपछि भने गद्य कविता र अलिक लामा कविता पनि लेख्न थालेँ । म जेल नपर्दा पनि कविता लेख्थेँ । तर, जेलको लेखाइ अनेक हिसाबले विशेष महत्वको भयो । गोलघरमा भिन्न प्रकारका भोगाइ र अनुभूति थिए । श्रोता थिएनन् र भएका पनि कमै बुझ्ने स्तरका थिए । समय व्यतीत गर्न पनि सजिलो थिएन । लेख्ने कलम–कागजको प्राप्ति अनौठो थियो । यी सब कारणले त्यसवेलाको लेखन मेरा लागि अनौठो र महत्वपूर्ण अनुभूति थियो ।

हामीलाई लेख्न, पढ्न र कलम कागज राख्न अनुमति थिएन । तर, चुरोटको खोलमा पेन्सिलले लेख्तै–सुनाउँदै जाँदा मेरा कविता प्रचारित हुँदै गए । डेढ–दुई महिनापछि मैले कहिलेकाहीँ कामदारहरूबाट फुलस्केप कागज प्राप्त गर्न थालेँ र अर्को पेन्सिलको टुक्रो पनि पाएँ । कामदारले ल्याइदिएको कागजमा उसकै जीवनसँग सम्बन्धित, उसमाथि गरिएको ज्यादती र उसलाई परेको मर्काको सम्बन्धमा नै लयात्मक कविता लेखेँ । त्यसबापत उसले मलाई थप फुलस्केप कागज ल्याइदिने ग-यो । मेरा सुरुसुरुका कविता जेलका कामदारले नै लगे ।

गोलघर यसै पनि थप यातना दिइने ठाउँ भएकाले लेखपढको सुविधा दिइँदैन । त्यसमाथि आत्महत्याको डरले हतियारको रूपमा प्रयोग हुने सम्भावना भएका कुनै पनि सामान गोलघरमा बिल्कुलै राख्न दिइँदैन । कलम पनि त्यसभित्र पर्छ ।

एकजना युवा गोलघर ल्याइए । निर्मम यातनाले उनी हिँडडुल गर्न, बोल्न, देख्न नसक्ने बेहोस अवस्थामा थिए । युवकको स्वास्थ्य परीक्षणका लागि डाक्टर आइपुगे । डाक्टरले युवकलाई ‘ठग हो, थाहा नपाएझैँ गर्छ’ भन्दै हातखुट्टामा लाइटरले पोले । उसका नझिम्किएका आँखाका सबै परेला डढाइदिए । त्यो युवक दुई–चार दिनमै मर्‍यो । त्यो युवक को थियो ? थाहा भएन ।

हामीले खासगरी राति र सामान्यतः दिउँसो पनि प्यासले अप्ठेरो पार्ने भएकाले पानी राख्ने केही सुराही वा घैँटो पाउन माग गर्दा पनि निकै दिनसम्म त्यसको खपटाले आत्महत्यानिम्ति औजारको काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा विचार–विमर्श भएको थियो ।

अन्त्यमा पागलहरूबाहेक हामी दुईजनालाई घैँटो वा सुराही राख्न दिने तर आफैँले किन्नुपर्ने भनी राख्न अनुमति प्रदान भएको थियो । त्यो सुुराही किन्न हामीसँग पैसा थिएन । हामीले वामपन्थी राजबन्दीहरूसँग भनेर दुईवटा सुराहीको बन्दोबस्त गराएका थियौँ ।

कलम नदिनाको कारणमध्ये दुःख दिने नियत र आत्महत्याको औजार बन्न नसकोस् भन्ने दुवै हुने गर्छ । तर पनि मैले पेन्सिल पाउने गरेकाले लेख्ने काम भने अघि बढ्दै गयो ।

हामी गोलघर हालिनुपूर्व गोलघरमा थुनिएकाहरूलाई कुटपिट गरिँदो रहेछ । हामी त्यहाँ गएपछि पागलहरूलाई विभिन्न बहानामा पिट्ने चलनमा रोक लगायौँ । पागलहरू नचाहिँदो र गर्नै नहुने व्यवहार त गर्छन् नै । त्यसैकारण त उनीहरू पागल हुन् । तर सद्देहरू पनि रिसाउने, आक्रोश र उत्तेजनामा आउने र पागलहरूलाई निर्मम यातना दिने काम उचित हुन सक्दैन ।

पागलहरू किसिम–किसिमका हुन्छन् । तिनीहरूको विभिन्न पारा, तरिका र आफ्नै प्रकारको हिसाब–किताब पनि हुने गर्छ । पागलहरूकै साथमा बस्नु र समय बिताउनुपर्ने भएपछि उनीहरूको मनोविज्ञान बुझ्नु र तदनुरूपकै व्यवहार उनीहरूसँग गर्नु पनि आवश्यक पथ्र्यो । मैले पनि त्यसमा ध्यान दिएर उनीहरूसँग व्यवहार गरेँ ।

पागलहरू विभिन्न कारणले पागल भएका हुन्छन् । ती कारण एवं पृष्ठभूमिअनुरूप नै आ–आफ्ना संकेत, सांकेतिक भाषा र अर्थहरू बनाउँछन् । कसैले अर्कै कुरा गर्दा एउटा पागलले आफूलाई मार्छु भनेको, कुट्छु भनेको, आफूलाई दागा धरेको वा आफ्नो हितमा बोलेको केही पनि ठान्न सक्छ । पागलहरूमा प्रायः अरूको श्रेष्ठताप्रतिको चिढ हुन्छ । अर्धपागलहरू यस्तोमा मनोवैज्ञानिक आक्रमण पनि गर्छन् ।

पागलहरू अनेक तरंगका संसारमा हुन्छन् । पागल भएकाले उनीहरू मौका मिले खतरनाक पनि हुन सक्छन् । मौका नमिले नराम्ररी मानसिक यातनाको सिलसिला पनि सुरु गर्न सक्छन् । सद्देलाई पनि कहिलेकाहीँ लाग्छ, ‘म सद्दे नै त छु ?’ मोहनचन्द्रले यो सिलसिला थाम्न सक्नुभएन ।

केदारका र केदारजस्तैका कुराहरूले उहाँलाई पनि तरंगित गरायो । गोलघर परेको केही दिनभित्रै म झन् गम्भीर र त्रासदीपूर्ण स्थितिमा पुगेँ । ‘म पनि सद्दे नै रहन त सकुँला ?’ एउटा प्रश्न । ‘साथीलाई बर्बाद हुनबाट कसरी जोगाउने ?’ अर्को समस्या । जे होस्, यी प्रश्नहरू ओहोरदोहोर गर्थे मनमा ।

न कसैलाई भेट्न पाइन्छ, न कुनै खबर वा चिठीपत्र पठाउनै पाइन्छ । जेलको मुख्य डाक्टर पेसाले डाक्टर भए पनि व्यवहार डाक्टरको जस्तो बिल्कुलै थिएन । जेलका प्रमुख डाक्टर अच्युतबहादुर श्रेष्ठ प्रहरी सर्जन थिए । उनमा उपकार भाव र मानवता थियो भने पनि अत्यन्तै न्यून थियो । हामी गोलघर परेको दुई–चार दिनमै एकजना युवा गोलघर ल्याइए ।

गिरफ्तार भएपछि प्रहरीले उनलाई यति निर्मम यातना दिएको थियो कि उनी हिँड्डुल गर्न नसक्ने मात्र होइन, बोल्न र देख्न पनि नसक्ने बेहोस अवस्थामा थिए । उनको त्यही अवस्था लुकाउन पुलिसले जेलरसँग मिलेर उनलाई गोलघरमा राख्ने व्यवस्था मिलाएको थियो । एउटा पागललाई गोलघरबाट निकालेर त्यो बेहोस युवकलाई गोलघरमा हालियो ।

उसलाई गोलघरमा राख्नुपर्ने कारणमा पुलिसको बदमासी लुकाउनुबाहेक अर्को केही थिएन । तर, भोलिपल्ट त्यस युवकलाई डा. अच्युतबहादुर श्रेष्ठले परीक्षणका निम्ति झिकाए । उनले त्यस युवकलाई ‘ठग हो, थाहा नपाएझैँ गर्छ’ भनेर हातखुट्टामा लाइटरले पोले ।

अझ उनले ‘ठग आँखा नदेखेको भान पार्छ’ भन्दै उसका नझिम्किएका आँखाका सबै परेला डढाइदिए । त्यो युवक दुई–चार दिनमै त्यस्तै हालतमा म-यो । त्यो युवक को हो भन्ने कुरा थाहा भएन । ती डाक्टर त्यस्ता थिए भने जेलर हरिप्रसाद घिमिरे लुब्ध, निर्दयी र निकृष्ट शोषक थिए । त्यस्तो शासनमा गोलघरजस्ता ठाउँमा स्वास्थ्य उपचार पाउनु र बाँचेर निस्कनु मेरा लागि सजिलो थिएन ।

त्यस्तै परिस्थितिका बीच आफ्नो संगतमा आएकाहरूको सहायता लिँदै मैले कागज र पेन्सिल हात पार्ने एवं कविता लेख्ने गर्दै गएँ । त्यसपछि मैले कम्तीमा ‘गोरखापत्र’ पढ्न पाउनुपर्ने र जेल–पुस्तकालयका पुस्तक पढ्न पाउनुपर्ने माग राखेँ ।

माग पूरा नभएपछि म आफ्नै प्रकारको आन्दोलन गर्ने निधोमा पुगेँ र उनीहरूलाई जानकारी दिएँ । त्यसपछि मलाई ‘गोरखापत्र’, जो जेलमा आउने गथ्र्यो, पढ्न पाउने व्यवस्था भयो । अरू कुरामा विचार हुँदै छ भन्ने खबर आयो । मेरो आन्दोलन रोकियो । आन्दोलन गरे पनि पुस्तकालयका पुस्तक पढ्न भने मिलेन ।

त्यसवेला मैले एउटा कापी र डटपेन भने प्राप्त गरेँ, सुटुक्क । ‘अखबार’ भन्ने एउटा गद्य कविता लेखेँ । त्यो कविता कसरी–कसरी पछिसम्मै सुरक्षित रहन सक्यो । मौका मिल्दा मैले थुपै्र कविता, कथा र निबन्ध बाहिर पठाएँ । त्यो कविता पनि त्यसमध्येकै थियो । पछि पार्टीले साहित्यिक पत्रिका ‘युगदूत’ प्रकाशन गर्दा मेरो त्यो कवितासहित केही कविता र अर्को अंकमा एउटा कथा पनि छापिएछ ।

‘युगदूत’ गोप्य रूपमा पछि जेलमा पुग्यो । आफ्ना थुप्रै रचना पटक–पटक लुटिएका र अन्य प्रकारले पनि सुरक्षित हुन नपाएकोमा दुःख लाग्यो । गोलघरमा ३–४ महिनामा अचानक छापामारी चल्थ्यो । उनीहरूले मेरा लिखतहरू सोहोरेर लान्थे । अनि कहिल्यै फिर्ता गर्दैनथे । जेलमा लेखेका अनेकौँ साहित्यिक रचनामध्ये केही ‘युगदूत’मा प्रकाशित भए । ‘युगदूत’मा प्रकाशित ती सबै कविता र कथा (नामविना छापिएका) मैले गोलघरका ती कठोर दिनमा लेखेका हुन् ।

धेरैपटक धेरै रचना लुटिएकाले र नलुटिएकाहरू पनि जसले भेट्छ, उसले जिरा, मरिच वा भटमाससँग साटेर पसलमा मसला बेच्ने कागज बनाइदिएकाले पछिपछि त लेख्ने जाँगर पनि कम भयो । बाहिर आएका कविता पनि अलपत्र परे, हराए । बरु जेलमै हुँदा ‘सागर’ पत्रिकाले होला एउटा लेख छाप्यो । ‘झिसमिसे’ले र अरू केही साहित्यिक पत्रिकाले एक–दुईवटा निबन्ध र मैले जेलबाट बनाएर पठाएको शुभ–कामना कार्डको चित्रलाई आवरणमा राखेको थियो ।

गोलघरका कठिन दिनमा लेखेका कविता घरिघरि झल्याकझुलुक स्मृतिमा आइरहन्छन् । मेरा कविता उम्दा थिए कि थिएनन्, म यसै भन्न सक्दिनँ । तर, कमजोर भने थिएनन् । गोलघरमा बिताएका दिन सम्झिँदा म त्यसवेला पाएको यातना मात्र सम्झन्नँ, त्यहाँ लेखिएका मेरा प्रिय कविता पनि सम्झन्छु ।

थप समाचार पढ्नुहाेस्  -

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा

 कालापानी विवादबारे चीन बोल्यो

निशान छापमै नेपालको नक्सा गलत, सरकार भन्छ- गुगलबाट तान्दा यस्तो भयो  

नक्सा विवादबारे सिरहामा भारत सरकार विरुद्ध प्रदर्शन ...

अतिक्रमित नक्सा : भारतले नेपालको सिमा मिचेको बारे रबि लामिछाने आक्रोश, लेखे यस्ताे कडा स्टाटस 

भारतमा ब्रिटिस हुँदा निकालेको नक्सा बीबीसीले बाहिर ल्याएपछि विश्वभरी तहल्का, मोदी तनाबमा 

 यस्ताे पाे रैछ नेपालको खास नक्सा  

नेपाल भारत नक्सा विवाद, के गर्दैछ नेपालको नापी बिभाग ? ...

भारतीय अधिकारीको दाबी : कालापानी पहिलादेखि नै भारतको नक्सामा छ 

नक्सा विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक 

भारतलाई इन्काउन्टर : लिम्पियाधुरासहितको नेपाली नक्सा सार्बजनिक गर्न सरकारलाई निर्देशन ! ...

नक्सा विरुद्ध प्रदर्शनकाे भिडियाे खिचेकाे भन्दै पत्रकार बराल पक्राउ ...

अतिक्रमित नक्साबारे मन्त्री बाँस्कोटाको चेतावनी: कसैले बलको तागत नदेखाए हुन्छ ...

नेपालले भारतिय नयाँ नक्साको कडा बिरोध गरेकै बेला पाकिस्तानले दियो भारतलाई फेरी यस्तो कडा चेतावनी ...

नक्सा अतिक्रमणविरुद्ध विश्वभर विरोध, मलेसिया र युरोपबाट आयो यस्तो डर लाग्दाे चेतावनी ...

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी ...

अतिक्रमित नक्सा : दशगजा क्षेत्रमै गएर भारत विरुद्ध प्रदर्शन ...

नक्साबारे भारतले भन्यो – ‘लिपुलेक हाम्रै हो, नेपालले नमाने केही फरक पर्दैन’ ...

 अतिक्रमित नक्सा : भारतविरुद्ध के-के छापिए आजका पत्रपत्रिकामा ? 

अतिक्रमित नक्सा : राज्यव्यवस्थाले प्रधानमन्त्री बोलाउने 

 भारतले भन्यो : नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन ...

अतिक्रमित नक्सा : परराष्ट्र मन्त्रालयले निकाल्यो बेनामे विज्ञप्ति, नाम, हस्ताक्षर, पद अनि दर्ता नं. खै त ? ...

अतिक्रमित नक्सा : नेपाल सरकारले भन्यो, कालापानी हाम्रो हो( विज्ञप्तिसहित ) 

नेपालको पक्षमा पाकिस्तान : भारतको नयाँ नक्सालाई अस्वीकार गर्ने ! 

 अतिक्रमित नक्सा : लिपुलेकमा भारतीय हस्तक्षेपबारे नायिका रेखा थापाकाे यस्तो कडा स्ट्याटस  

अतिक्रमित नक्सा : कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि चिरत्र्जीवी आक्रोशित 

 भारतीय दादागिरी कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि थपलिया आक्रोशित 

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि बैद्य आक्रोशित( विज्ञप्तिसहित )

अतिक्रमित नक्सा : विप्लवले प्रधानमन्त्रीको पुत्ला जलाऊँदै, सयुक्त राष्ट्रसंघमा ध्यानाकर्षण गराउने ! 

भारतले सार्वजनिक गरेको नक्साप्रति कांग्रेसको आपत्ति 

 भारतको नयाँ नक्सामा कालापानी भारतभित्रै परेपछि नेपालको प्रतिक्रिया यस्तो 

भारतको नयाँ नक्सा : पाकिस्तानद्वारा अस्वीकार 

नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिन्छ: मोहन वैद्य 

सुदूर अछामको आकाशमा भारतका दर्जनौ फाइटर विमान, किन मौन छ नेपाल सरकार , स्थानीय त्रसित ?

भारतीय हस्तक्षेपको बिरोधमा इलामको मंगलबारेमा प्रदर्शन

नेपाल देशको नक्सा जथाभावी बनेपछी

बल्ल तात्यो सेना, विवादित सिमा अध्ययन गर्ने !

प्रधानमन्त्रीको प्रस्ताब : नेपालको तर्फ बाट भारतसँग माधब नेपालले वार्ता गरुन !

मोदीजी बरु गर्धन छिनिएला तर लिपुलेक-कालापानी छोड्दैनौं

 भारतीय दादागिरी : अछामको आकाशमा लस्करै भारतीय फाइटर विमान !

प्रचण्ड : सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता - बंगलादेशका राष्ट्रपति

सीमाका बासिन्दालाई बाटो छैन

सिमानामा बाटो छैन, सरकारलाई चिन्ता छैन !

पुरा पढ्नुहाेस् -https://www.kantipath.com 

लेखक : गणेश विक 

प्रकासित मिति

Loading...

 

ताजा खबर