annapurna add

कैलालीको लम्कीमा प्रधानमन्त्रीको पक्षमा मान्छे सडकमा उत्रिएका बेला ओली निकट र प्रचण्ड निकट कार्यकर्ता बिच झडप भएको छ ।

oli prachanda fightसोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको लम्कीमा भईरहेको प्रदर्शनका क्रममा नेकपाकै एक कार्यकर्ताले नाम तोकेरै "प्रचण्ड कमरेड ले के-के गर्नुभएको छ, हामिलाईथाहा नभएको हो र?"भनी माईकिङ गरेपछी ओली निकट र प्रचण्ड निकट कार्यकर्ता बिच झडप भएको हो ।

भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै लम्कीमा प्रदर्शन भईरहेको थियो ।

प्रदर्शनका क्रममा राष्ट्र नायक’ केपी ओली जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद’, ‘अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ भन्दै युवा, विद्यार्थी र सर्वसाधारणहरूले प्रधानमन्त्री केपी ओली पक्षमा नारा समेत लगाएका थिए ।

क्यापीटलबाट

प्रकासित मिति

Loading...
Loading...

 

Loading...