tealaya add

KP Sharma Oli 1news kantipath

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न र स्वास्थ्य परिक्षणका लागि आज सिंगापुर जाँदैछन्। स्वास्थ्यमा समस्या आएपछि परिक्षणका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन ।

गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि शनिवार राती ९ः४५ बजेको सिल्क एयरबाट सिंगापुर प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालय अनुसार सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा करिब १ सातासम्म उनको स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

६ वर्षअघि प्रधानमन्त्री ओलीको हातमा देखिएको संक्रमणको थाइल्याण्ड र दिल्लीमा उपचार गरिएको थियो ।
प्रधानमन्त्रीको पदबहाली भएसंगै उनि एक वर्षदेखि नियमति स्वास्थ्य परीक्षणका लागि दिल्ली र थाइल्यान्ड पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...