tealaya add

Prime Minister Oli tells story kantipathnewsकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन्। सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनकाे शिलान्यास कार्य्रकममा बोल्दै ओलीले अब नबहकिइ विकास र समृद्धिमा लाग्‍नुपर्नेमा बताए। 

राजनीतिक आन्दोलन सकिएको छ, अब विकास र समृद्धिमा अगाडि बढ्नुपर्छ', प्रधानमन्त्रीले भने, 'अब भ्रष्टाचारको विरोधमा जानुपर्ने हुन्छ। भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोडिने छ‌ैन। सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलता लिएर अघि बढ्छ। अब कडा कदम चाल्न हो।' पछिल्लो समय गणतन्त्रमाथि खतरा भएको हल्ला चलाइएको बताउँदै प्रधानमन्त्रीले त्यस्तो भएमा सरकार चुप लागेर नबस्‍ने दाबी गरे।

देशले सबै राजनीतिक उपलब्धि गरिसकेकाले अब हिंसाको कुनै अर्थ नभएको उनले बताए। 'हिंसामा गएर के प्राप्ति गर्ने हो? संघीयता, आवधिक निर्वाचन, लोकतन्त्र, गणतन्त्र सबै प्राप्त भइसकेका छन्', ओलीले भने, 'हिंसा लुटपाट र जनतालाई दु:ख दिने काम सह्‍य हुँदैन।' उनले अब हत्या हिंसा छाडेर देश विकासमा अघि बढ्नुपर्ने बताए।

'कतिपयलाई चमडीको मायाले प्रतिबन्ध लगाउँदा किन यो गरेको भन्छन्, तर त्यो मानिँदैन', उनले भने, 'अब देश विकास र सुशासनको बाटोमा जान जरुरी छ। म यसका लागि सबैलाई आह्वान गर्छु। हिंसा र वितण्डा गर्छौ भन्‍ने हो भने सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ।'

थप समाचार

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर