1478958692 banner ad format

 
 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गुर्न अघि नै राजनीनाम दिने या नदिने भन्ने बारेमा निर्णय लिन सकेका छैनन् । यसअघि उनले सोमबारै राजीनामा दिने बताएका थिए ।

Prime Minister Pushpa Kamal Dahal resignation min

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत नगरी राजीनाम दिन नमिल्ने तर्क आएपछि के गर्ने भन्नेमा छलफल जारी रहेको श्रोतले बतायो ।

कांग्रेस नेताहरुले भने मंगलाबार राजीनामा आउने दावी गरे । ‘अहिलेसम्म मंगलबार नै संसदलाई सम्बोधन गरेपछि राजीनामा दिने कुरा भएको छ,’ कांग्रेस केन्द्रीय सदस्य एवं भौतिक यातायातमन्त्री रमेश लेखकले भने ।

माओवादी केन्द्रको बैठकले कांग्रेससँग भएको सहमति पालना गर्नुपर्ने सोमबारको बैठकमा निर्णय लिएको थियो ।

माओवादी प्रवक्ता पम्फा भुसालले कांग्रेस सभापति देउवासँगको छलफलका आधारमा राजीनामाको मिति तय हुने बताइन् ।


‘राजीनामा आउँछ, तर मंगलबार नै आउँछ या नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि आउँछ भन्ने विषय चाहिं उहाँहरुबीचको सहमतिले नै टुँगो लगाउँछ,’ उनले भनिन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood