annapurna add

बेलायती राजपरिवारका पूर्वयुवराज ह्यारी र उनकी पत्नी मेघन मर्केल पछिल्लो समय विवादमा छन् ।

harry meghana kantipathnewsहालै उनीहरु राजपरिवारको जिम्मेवारीबाट मुक्त पनि भए । तर यसबीचमा ह्यारी दम्पतीको प्रतिक्रिया र अन्तर्वार्तालाई लिएर मुद्दा नै बनेको छ । हालै मेघनका बावु थोमस मर्केलले आफ्नी छोरीले बेलायती राजपरिवारको बदनाम गरेको टिप्पणी गरेका छन् ।

बकिंघम प्यालेसले ह्यारी दम्पतीलाई जिम्मेवारी मुक्त भएको घोषणा गरेपछि थोमसले एक अन्तर्वार्ता दिएका थिए । थोमसले छोरीको पछिल्लो गतिविधिलाई लिएर  टिप्पणी गरेका हुन् ।

‘च्यानल फाइभ न्युज’का लागि दिएको अन्तर्वार्ता सार्वजनिक हुँदै गरेको बताइएको छ ।

जहाँ थोमसले मेघनलाई ‘हरेक केटीहरुको पैसा कमाउने सपना फ्याँकिदिएको’ आरोप लगाएका छन् । साथै उनीबाट दुखी बनेको पनि उनको प्रतिक्रिया छ । राजपरिवारलाई थोमसले ‘अहिलेसम्मकै जीवन्त रहने महान संस्था’ को रुपमा चित्रित गरेका छन् ।

मेघनले २०१८ मा ह्यारीसँग विवाह गरेकी थिइन् । राजपरिवारको एक सदस्य र प्रतिनिधिको रुपमा मेघन रहेको तर उनीहरुले त्यो छवि नष्ट गरिदिएको थोमसको आरोप छ ।

राजपरिवारबाट हटेपछि ह्यारीको पहिलो प्रतिक्रिया

harry meghana

ब्रिटेन राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुस्ख व्यक्त गर्दै आफूसँग त्यसबाहेक अरू कुनै विकल्प नभएको बताएका छन्।

उनी र उनकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

उनले भने,म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए।

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे।उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका हुन्।

त्यसको सुरुवात् गर्दै उनले भने, गत केही साताहरूमा तपाईँहरूले के सुन्नुभयो वा पढ्नुभयो होला भन्ने म कल्पना मात्र गर्न सक्छु, त्यसैले म चाहन्छु तपाईँहरू मबाट मैले जति साझा गर्न सक्छु त्यो जति सत्य कुरा सुन्नुहोस् भन्ने चाहन्छु, एउटा राजकुमारका रूपमा होइन ह्यारीका रूपमा।

उनले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सधै उच्चतम सम्मान रहेको पनि उनले बताए।बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरी सकेको छ।दरबारका अनुसार अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई रोयल हाइनेसु भन्ने चलन छ।दरबारद्वारा जारी वक्तव्यका अनुसार ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।आगामी वसन्त ऋतुबाट यो निर्णय कार्यान्वयनमा आउने दरबारले जनाइसकेको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...