annapurna add

काठमाडौं : चन्द्रागिरी केबुलकारको उद्घाटन गर्न गएका बेला पृथ्वीनारायण शाहको शालिक राख्न सुझाएका प्रधानमन्त्री केपी शर्मा ओलीले  पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा सम्झिएका छन् ।

Prithvi Narayan Shah KP OLI NEWS KANTIPATH

नेपाल एकीकरणका सूत्राधार शाहको आज २९८ औं जन्म जयन्ती मनाईदैछ । उनको जन्मदिनको अवसरमा विभिन्न् कार्यक्रम गरी मनाईदैछ । यसै अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो समाजिक संजाल ट्वीट अकाउन्टमा ट्वीट गर्दै पृथ्वी नारायण शाहलाई सम्झिएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै लेखेको छन् –नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल राष्ट्रको यश अभिबृद्धि, बिकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।

shah OLIविसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको प्रशंसा हुँदै आएको छ ।

याे पढ्नुहाेस् - को हुन् पृथ्वीनारायण शाह ? (संक्षिप्त जिवनी)

पृथ्वीनारायण शाहको मृत्यु : बाघको आक्रमण कि घातक रोग ?

पृथ्वीनारायण शाहको सालिक सिंहदरबारमै किन राखियो ?

गद्दीत्याग गर्ने ३ शाहवंशीय राजा : गद्दीत्यागका कारणहरु यस्ता छन् !

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर