annapurna add

prithibhi narayan saha

तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने । ” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो ।

पृथ्वी जयन्ती मूल समारोह समितिको कार्यालय थियो– घण्टाघरतर्फको त्रिचन्द्र कलेजमा । समितिका पदाधिकारीमा मुख्य चौतरिया फत्तेजङ्ग पराक्रम शाह, फिल्ड मार्सल केशरशमशेर जबरा, सर्दार नरेन्द्रमणि आदि, साहित्यकार बालकृष्ण समलगायत रहेका थिए । छ दशकअघि समितिको त्यो बैठकको स्मरण गर्दै इन्जिनियर शङ्करनाथ रिमालले भने , “पृथ्वीनारायणको सालिक राख्ने निर्णय भयो । मलाई सालिक राख्नका लागि स्मारकको डिजाइन गर्न जिम्मा दिइयो । ” सालिकको डिजाइन गर्ने जिम्मा बालकृष्ण समले पाउनुभयो भने सालिक निर्माण गर्ने जिम्मेवारी कलाकार अमर चित्रकारलाई दिइयो ।

इन्जिनियर रिमालले सुरुमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट उपत्यका देखेको र चन्द्रागिरिमा स्मारक राख्दा हिमाल, पहाड र तराई देख्न सकिने सोचले चन्द्रागिरिमा निर्माण गर्नका लागि स्मारकको नमुना तयार गरे । त्यस स्थानलाई चन्द्रजस्तो आकार भएको पहाड (गिरि) भएकाले परम्परादेखि नै चन्द्रागिरि भनिँदै आएको थियो । स्मारक निर्माण गरी सालिक राखिएको भए त्यो बेला नै चन्द्रागिरिलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हुन्थ्यो । हाल चन्द्रागिरि हिल्सले भालेश्वर नजिक पृथ्वीनारायणको सालिक राखेको छ ।

“स्मारक निर्माण गरी सालिक राख्ने कुरा धेरै वर्षसम्म चलिरह्यो”, उनले भने , “त्यसबीचमा राजा महेन्द्रलाई हृदयाघात पनि भयो । पछि पृथ्वी जयन्ती समारोह समितिका पदाधिकारीहरू पनि कताकता पुगे । सालिक बन्यो र खै कसको आदेशमा सिंहदरबारअगाडि राख्ने निर्णय भयो । ”
सालिक राख्नुअघिसम्म सो स्थान खाली थियो । राणाकालसम्म पुतलीसडकतर्फको बाटो होचो थियो । त्यहाँ ‘बाइपास’ थियो । भद्रकालीदेखि सिंहदरबारतर्फ टुकुचामा फलामे पुल थियो । दुवैतर्फ अग्ला इँटका पर्खाल र माथि फलाम राखेर बनाइएको परम्परागत पुल थियो । त्यही पुल तरेर तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबरा ४४ नम्बरको रातो मर्सिडिज कारबाट सहर प्रवेश गर्थे । उनको छोरा विजयशमशेरको कार नम्बर ४३ थियो । धेरै पछि मात्रै पुतलीसडकदेखि माइतीघर छिचोल्ने सडक निर्माण गरिएको हो । इन्जिनियर रिमालले २०१३÷१४ साल ताक टुकुचामा पुल बनाइएको बताए ।

औँलाको मुद्रा
बालकृष्ण समको निर्देशनमा बनेको सालिकमा पृथ्वीनारायण शाहको औँला अवगुण्ठन मुद्रालाई जनाउँछ । शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली कलाका रूपरेखा पुस्तकमा यसरी उल्लेख गरेका छन् “मूर्तिकारद्वारा यस प्रतिमामा आगम शास्त्रीय लक्षणअनुसार राष्ट्रिय एकता राष्ट्रलक्ष्मी सुरक्षित होस् भन्ने भावनामा जुन अवगुण्ठन मुद्रा प्रदर्शन
गराइएको छ, त्यसको साङ्केतिक लक्षण हो– देश सबैको साझा हो । देश बेगर हामी कसैले हामी भन्न पाउने छैनौँ । ”
इन्जिनियर शङ्करनाथ रिमालले भने पृथ्वीनारायण शाहले आफूतर्फ उठाएका
औँलाले अवगुण्ठन मुद्रा नजनाउने दाबी गरे । “औँलाको मुख आफूतर्फ उठाउनु अवगुण्ठन मुद्रा हुँदैन”, उनले भने । वाल्मीकि क्याम्पसमा योग विषय अध्यापन गर्दै आउनुभएका डा. हरिप्रसाद पोखरेलले पृथ्वीनारायण शाहले ठड्याएको औँलाको मुद्रा अवगुण्ठन नभएको बताउँदै अवगुण्ठन मुद्रामा दुवै हात जोड्नुपर्दछ भने । गोर्खा पत्र

जंगबहादुर राणाको कहाली लाग्दो इतिहास

Jang Bahadur Rana

जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणाजी नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अङ्ग्रेजसंगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकाली सम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कञ्चनपुर पुन नेपालमा फर्काइएको थियो जुनलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ ।

बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँचीको बलकोटमा भएको थियो। काजीका छोरा भएकाले उनको बाल्यकाल सुखसयलमा नै बित्यो । उनको परिवार प्रधानमन्त्री भीमसेन थापाको सम्बन्धि पर्थ्यो । नेपाल दरबारमा भीमसेन थापाको पतन भए संगै बालनरसिंहको जागिर खोसियो र परिवारको बिचल्ली भयो । सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानुनमा समेत पश्चिमी प्रभाव परेको थियो।

युवराज सुरेन्द्रको अंगरक्षक
युवराज सुरेन्द्र सन्की स्वभावका थिए । त्यही भएर उनको अङरक्षक रहदा उनले साहसिक र खतरनाक आदेश हरु पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र बर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।

मामाको हत्या
ममा माथवरसिंह थापा गोली हानी मार्ने जंगबहादुर कुँवरले नेपाल दरबारबाट निम्न प्रकारका शिक्षा पाए -
नेपालको राजदरबारमा पालिएकाहरूको विश्वास नगर्नु ।
दरबारमा बोलाएका बेलामा विचारै नगरी जान नहुने ।
राती एक्लै, असुरक्षित अवस्थामा दरबार प्रवेश नगर्नु ।
राजनीतिमा नातागोता र समूह भन्दा मान, पद, षडयन्त्र र हत्या ठूला हुनु । गुप्तचर कडा र सशक्त बनाइराख्नु पर्ने ।
आफ्नो उन्नती हुन्छ भने अनैतिक र कायरभन्दा कायर काम गर्न पनि पछि नपर्नु । आदि
आफ्नो दाइ माथवर सिंहको हत्या गरेपछी जंगकी आमाले उनीसँग नबोल्ने प्रतिज्ञा गरेकी थिइन्।

गगनसिंह संगको सम्बन्ध
गगन सिं दरवारका एक प्रभावशाली पात्र थिए । रानी राज्य लक्ष्मीले उनलाइ धेरै माया अनि विश्वास गर्थिन । दरबारमा रानी र गगन सिंको प्रेम थियो भन्ने गाइगुइ हल्ला पनि थियो । रानी र गगन सिंविचको हेलमेल राजा राजेन्द्र अनि युवराज सुरेन्द्रलाइ मन परेको थिएन तथापी राजा राजेन्द्र राजकाजमा खास मतलब नराख्ने खालका पनि थिए । सुरेन्द्र र जंग बहादुर विच निकै राम्रो अनि गहिरो सम्बन्ध थियो । गगन सिं यसर्थले पनि जंगबहादुरसँग राम्रो सम्बन्ध नराखेको आकलन गर्न सकिन्छ । औपन्यासिक आधारमा भने यसबारे उपन्यासकार डाइमन सम्शेरले गगन सिं को हत्या राजा राजेन्द्र सुरेन्द्रको सल्लाहा बमोजिम जंगबहादुरले नै गगन सिंको हत्या गरेको उल्लेख गरेका छन । यसबाट रानी लगभग पागल जस्तै भएकी थिइन । निजको हत्यारा पत्ता लगाउन गरेको सभामै कोत पर्व हुन गयो र अन्तत गगन सिं जंगबहादु उदयको समेत कारक तत्व बन्न पुगे । यी कुराहरुको अध्ययन गर्दा जंग बहादुर र गगन सिं विच प्रतिसपर्धीको संबन्ध रहेको आकलन गर्न सकिन्छ ।

कोत पर्व
वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मी देवीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जङ्गबहादुर राणा का मानिस युद्धवीर (राममेहर) अधिकारीद्वारा सर्वप्रथम अभिमान सिँह राना मगर मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह , दलभञ्जन पाँडे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो ।कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए । यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जङ्गबहादुर प्रधानमन्त्री बने। यस पर्व सँगै जङ्गबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने ।

भण्डारखाल पर्व
कोत पर्व पछि प्रधानमन्त्री र कम्यान्डर इन्चिफ बनाइएका जंगबहादुरलाई रानी लक्ष्मीदेवीले सुरेन्द्रको हत्या गर्न र आफ्नो छोरा रणेन्द्रलाई गद्दीको हकदार बनाउन दबाब दिइन् । तर जंगबहादुरले अब उप्रात रानी यस कार्यमा थप दबाब दिएमा राम्रो नहुने चेतावनी दिए । उनको यस्तो कुराले रानी रिसले चुर भइन् । उनले भण्डारखालको बगैचामा भोजको आयोजना गर्ने र सो भोजमा जंगबहादुर र उनका सबै भाइहरुको हत्या योजना बनाइन् । तर सो कुराको पोल पण्डित विजयराजले जंगबहादुरलाई खोले र सो षड्यन्त्रमा सामेल बिरध्वज बस्नेत लगायत लाई हत्या तथा कैद गरियो । रानीको सम्पूर्ण अधिकार खोसी देशनिकाला गरियो ।

राणाजी उपाधि
वि सं १९०५ वैशाख सुदि १३ ( ५ मे १८४८) श्री ५ महाराजधिराज सुरेन्द्रबाट प्राइममिनिस्टर याण्ड कमाण्डर इन्चिफ जङ्गबहादुर कुँवरलाई र उनका सबै भाइवंशजहरूलाई भारतको चितौरगढबाट राजपूत राणाजीका सन्तानहरू पहाड पसि कास्की पुगेका र निदानमा गोरखाबाट मुलुकको सेवा गरेको कुरा मान्यता गरि `राणाजी´ भन्न पाउने गराएबाट तब उप्रान्त जङ्गबहादुर राणाजी भएका थिए ।

युरोप भ्रमण
ठूलो दलबलका साथ १९०६ साल माघमा नेपालबाट हिंडेको राजप्रतिनिधिमण्डलले पटनाको पहिलो स्वागतमै १९ तोपको सलामी पायो । कलकत्ताबाट पनि त्यस्तै सम्मान सत्कार सलामी लिंदै १९०७ साल जेठमा जंगबहादुर बेलायत पुगे । भेट मुलाकात गर्ने काम त छँदै थियो, विशेष चाहिं त्यहाँको शासन व्यवस्था, सैनिक संरचना, शस्त्रागार आदि हेर्नेमा उनको रुचि थियो । विश्व हल्लाउने फ्रान्समा पनि उसको शक्ति परख गर्नेमा उनको रुचि थियो । त्यसरी दुई ठूला राष्ट्र भ्रमण, निरीक्षण गरेपछि जंगबहादुरले मनमा निश्चय गरे कि अब ब्रिटिशसँग लड्ने होइन, मेलमिलापबाट काम लिनुपर्छ । अंग्रेजसँग जुध्ने होइन, निहुरिने पनि होइन, मेलमिलापकै नीति लिनुपर्ने रहेछ, मावली भीमसेन थापाले लडेर गल्ती गरे, मैले पनि त्यस्तै गर्दा झन् गल्ती हुन्छ भन्ने सोच उनले बनाए ।

मुलुकी ऐन १९१०
मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। जंगबहादुर राणाले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएका थिए ।

नेपाल तिब्बत युद्ध / थापाथली सन्धि
चतुर जंगबहादुरले भोट जित्न सके सुगौली सन्धिले पारेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेका थिए। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे । चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे । सो युद्ध थापाथली सन्धी पछि सकियो र तिब्बतले नेपाललाई बर्सेनि रु १०,००० तिर्न बाध्य बनाए ।

श्री ३ महाराज लालमोहोर
श्री ५ सुरेन्द्रबाट वि.सं. १९१३ श्रावण २२ गतेका दिन (कतै बि.सं १९१३ साउन २४ गते उल्लेख गरिएको छ ) सार्वजनिक रूपमा उनलाई कास्की र लमजुङको महाराज घोषित गरियो र त्यहाँको उपाधि र सम्पत्तिको भोग चलन उनकै परिवारमा हस्तान्तरण हुँदै जाने पनि घोषणा गरियो । त्यसबाहेक उनलाई सार्वभौम चरित्रका अन्य अधिकार र सहुलियत पनि प्रदान गरियो जसअनुसार यी दुई जिल्ला बाहेक उनले पश्चिममा काली र पूर्वमा मेचीसम्म राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछन् । ती अधिकार निम्न बमोजिम थिए:—

जीवन र मृत्युको अधिकार
सरकारका सबै अङ्गका कर्मचारी नियुक्त गर्ने र सेवाबाट बर्खास्त गर्ने
अङ्ग्रेज, तिब्बती र चिनियाँ सरकार लगायत कुनै पनि विदेशी शक्ति राष्ट्रसँग सन्धीपत्रमा हस्ताक्षर गर्ने, युद्धको घोषणा गर्ने र शान्ति सम्झौता गर्ने
दोषीमाथि दण्ड सजाय तोक्ने
नयाँ कानुन बनाउने र पुरानो कानुन खारेज गर्ने (देवानी, फौजदारी र सैनिक अधिकार)
उपरोक्त अधिकार क्रमैले जङ्गबहादुरका शेषपछि उनका भाइहरू र त्यसपछि उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणापत्रमा लेखियो । र, राजाबाट पनि राज्य सञ्चालनका क्रममा आन्तरिक वा बाह्य कुनै प्रकारको जोरजुलुम र गल्ती वा अपराध गरे उनीमाथि पनि निग्रह गर्ने अधिकार पनि जङ्गबहादुरलाई दिइयो । त्यसपछि जङ्गबहादुर रोमका तानासाह, (रोमन सुल्ला इसा पूर्व ८२– ७९—अनुवादक जस्तै एकप्रकारको अनन्त तथा चिरस्थायी तानाशाह बनाइए ।

उनका १३ छोराहरू र २० छोरीहरू थिए;

भीम प्रताप जङ्ग राणा
जगतजङ्ग राणा
जीतजङ्ग राणा
पद्म जङ्ग राणा
बबर जङ्ग राणा
रणवीर जङ्ग राणा
त्यस्तै जेठी छोरी बदन कुमारीको विवाह कर्णेल गजराज सिंह थापासँग भएको थियो । ३ छोरीहरूको विवाह युवराज त्रैलोक्य विक्रम शाहसँग भएको थियो । केहीको बझाङी राजा विक्रम बहादुर सिंह र युवराज धीरेन्द्र र नरेन्द्रसँग भएको थियो ।

नेपालको शैक्षिक विकासमा जंगबहादुर
राणाकालपूर्वका शाही शासनमा त शिक्षाको प्रादुर्भाव नै भएको थिएन भने सिङ्गो राणाकाल पनि शैक्षिक दृष्टिले निकै नै उपेक्षित अवधि रहृयो। उता राणाको १०४ वर्ष एउटा यस्तो अवधि थियो जुनकालमा छिमेकी वि्रटिश-भारतले आफ्नो शैक्षिक र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्‍यो। दुर्भाग्य यसै अवधिमा हाम्रो देश भने ज्यादै कुण्ठित एवं उपेक्षित शैक्षिक जीवन लिई टाक्सिन विवश बन्यो। त्यसैले विदेशीहरूले निष्कर्ष निकाले-नेपालमा शिक्षा ठीक त्यत्तिकै अप्राप्य छ जति आयरल्याण्डमा सर्प।'

राणाकालको १०४ वर्ष नै यस्तो रहृयो जब कुनै न कुनै रूपमा नेपालले उच्च शिक्षा मात्र होइन पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो। सुखद प्रसङ्ग त के भने निरङ्कुश एवं आततायी राणा शासनका संस्थापक एवं प्रथम राणा प्रधानमन्त्री र कास्की तथा लमजुङका श्री ३ महाराज जंगबहादुर कुँवर राणाजी नै यस्ता थिए जसले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ई.१८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा विट्रेनको भ्रमणमा पुगेका जंगबहादुरले वि्रटिश साम्राज्यले गर्न सकेको विश्व विजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी आˆना छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए

प्रारम्भमा जंगबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्री गणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै 'दरबार हाइस्कूल' पर्न गयो। तीनताका राणा प्रधानमन्त्री जंगबहादुरको निवास थापाथलीमा थियो र 'थापाथली दरवार' कहिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोलबैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिंगले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो। यो वि.सं. १९९१ सालको कुरा थियो। शुरुका जंगबहादुरका छोराहरूले मात्र पढ्ने यस गोलबैठक शिक्षामा क्रमशः उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी क्रमशः दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए। अन्ततः द्वितीय राणा प्रधानमन्त्री रणोद्विपसिंह का पालामा वि.सं. १९४८ मा उक्त गोल बैठकमा हुने पाश्चात्य पढाइ कार्यका लागि रानी पोखरीको पश्चिमतर्फ एक पृथक भवन बनाई उक्त पठनपाठन कार्य त्यही स्थानान्तरण गरेपछि नै नेपालमा औपचारिक ढङ्गले माध्यमिक स्तरको पाश्चात्य शिक्षाको प्रादुर्भाव हुन सकेको हो। जो हालसम्म भानु माध्यमिक विद्यालयतर्फ दरबार हाइस्कूलका रूपमा जीर्ण र मरणासन्न अवस्थामा नेपालको राजधानी काठमाडौंको मुटु रानी पोखरीमा यथास्थान आफ्नो अन्तिम सास फेर्दैछ।
मृत्यु वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। उनी संग उनका तीन रानी सति गए ।

यो पनि पढ्नुहोस:-भीमसेन थापा : उनको दर्दनाक मृत्यु र टाउकोको रहस्य

bhimsen

पालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा राष्ट्रिय विभूति हुन् भीमसेन थापा । सन् १७७५ अगस्ट (वि.सं. १८३२ श्रावन ९)मा जन्मिएका थापाको राजा रणबहादुर शाहका शाही सचिव तथा सल्लाहकार भएपछि उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा मन्त्री सरहको पद को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू प्रधानमन्त्री बने ।

भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो । त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो ।

सन् १८१६ मा राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु भयो। तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको कारण रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाहकी कान्छी श्रीमती)ले सत्ता समालेकी थिइन्। केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहेका थिए ।

सन् १८३२ मा उनको ठुलो समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्यु तथा राजा राजेन्द्र विक्रम शाह युवावस्थामा पुगेपछि भीमसेन थापाको शक्ति स्थिर भएको थियो।मुख्यतया पाण्डेहरू सन् १८०४मा भएको दामोदर पाण्डेकोको हत्याको योजनाकार भीमसेन थापालाई मान्दथे ।

उनको मृत्यु र टाउकोको रहस्य
महारानी साम्राज्य राज्य लक्ष्मीका नाबालक छोरा देबेन्द्र विक्रमलाई बिष खुवाएर मारेको आरोपमा भीमसेन थापालाई जेल हालियो। जेलमै उनले सुनेछन् 'उनकी कान्छी श्रीमतीको हुर्मत लिईदै छ'।उक्त खबर सुनेपश्चात उनि स्तब्ध भए जहा भनिएको थियो 'उनकी श्रीमती भक्तकुमारीलाई बस्त्रहिन सहर डुलाउने र थापाले त्यो दृश्य गुहुमा बसेर हेर्न पर्ने थियो । थापा त्यो बदनामी जिउंदै हेर्न र सुन्न सक्दैन थिए । वि.स १८३९ साउन ८ गते थापाले आफ्नु जीवनलाई लिएर एउटा अप्रत्यासित निर्यण लिन पुगे। उनले खुकुरीमा सेरिएर आत्महत्या गर्ने प्रयास गरे । तर हिरासतमै त्यहाँ खुकुरी कसरि पुग्यो भन्ने कुरा अझै पत्तो लाग्न सकेको छैन। केहि इतिहासकारले भने उनले खुकुरीले नभई झ्यालको सिशामा सेरिएर आत्महत्याको प्रयास गरेका बताएका थिए ।

आत्महत्याको प्रयासको खबर तत्कालिन राजा राजेन्द्र र महारानी साम्राज्य राज्य लक्ष्मी समक्ष पुग्यो र यो कुरा लाइ लिएर उनीहरु झन् क्रुर भए । उनको तत्काल उपचार गरेको भए उनि बाच्ने थिए तर राजा रानीकै आदेशमा रगतमा लत्पतिएका थापालाई बिष्णुमति नदीको बगरमा फ्याकेका थिए । बर्षातको समयमा थापा नदीकै किनारमा नौ दिनसम्म मरेका थिएनन् । अन्तत: सन् १८३९ अगस्ट ५ (वि.सं. १८९६ साउन १६) गते उनले प्राण त्याग गरे ।

थापाका विरोधीहरुले उनको अन्तिम संस्कार समेत गर्न दिएनन्। बरु स्याल,कुकुर,लाई खान दिइयो। यसरि फ्यालिएको उनको लास बाट अचानक उनको खप्पर र हाडखोर गायब भएका थिए।

भीमसेन थापाको मृत्यु पछि उनको खप्पर लन्डनको एउटा घरमा सुरक्षित रहेको भनिएको छ। खप्पर राजदुत हड्सन र हाड, बंगारा चौतरिया फत्तेजंग शाहले चोरेर लगेका थिए भन्ने कथन समेत रहेको छ। थापाको टाउकोको बारेमा हड्सनले कतै उल्लेख गरेको नपाईएको र चौतरिया सँग भएको भनिएको हाड, बंगारा पनि खान तलासी गर्दा नपाईएकोले त्यो कथन झुटो रहेको ईतिहास विद बताउछन्। कुनै तथ्यले उनको टाउको कुनै संघ्रालयमा रहेको कुरा हल्लामात्र रहेको उल्लेख छ ।तर नेपाली इतिहासमा यति ठुलो व्यक्तित्वको यति दर्दनाक मृत्यु कहिले नभएको ईतिहास विद बताउछन्। विभिन्न स्रोत वाट

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर