annapurna add

Back Off India China Protest in Maitighar 17 Nov 2019 11

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘ब्याक अफ इन्डिया’ सहितका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा राखेको विरोधमा लगातार प्रदर्शन हुँदै आएको छ । सोही क्रममा नेविसंघले आइतबार दिउँसो माइतिघरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले ‘ब्याक अफ इन्डिया–चाइना’ लेखिएको व्यानर पनि बोकेका थिए । उनीहरुले चीनले पनि नेपाली भूमि मिचेकाले त्यसको पनि विरोध गरेका हुन् । विरोध प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।

प्रदर्शनकारीले नेपाली भूमि चाँडो फिर्ता गर्नु पर्ने मागसहितका नारा लगाएका छन्।

Back Off India China Protest in Maitighar 17 Nov 2019 18

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...