annapurna add

काठमाडौं। रुघा खाेकि र ज्वरोले ग्रसित भएर आएका एक बिरामीलाई चिकित्सककाे सल्लाह बिपरित नेकपाका सांसदले अस्पतालबाट घर फिर्ता लगाएपछि चिकित्सकहरु तनावमा छन ।

Puran Bajracharyaजिल्ला अस्पताल पाल्पामा उपचारका लागि आएका तानसेन नगरपालिका वडा नं ६ का एक बिरामीको अवस्था र उनकाे ट्रावल हिस्ट्रीका आधारमा आईसुलेसनमा राख्नुपर्ने अवस्था रहेकाे भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य डाक्टर पुरन बज्राचार्यले घर फिर्ता गरिदएकाे चिकित्सकहरुकाे गुनासाे छ ।

बिरामी नभएकाे भएपनि बिदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइन वा सरकारले बनाएकाे क्वारेन्टाइनमा राख्ने नीति अवलम्बन भएकाे बेला आईसुलेसनमा राख्नुपर्ने बिरामी सांसद बज्राचार्यले नै घर पठाउन दवाव दिनुभयाे उपचारमा सम्लग्न चिकित्सकले कान्तिपथ डटकमलाई बतायाे । कामना छ कुनै दुर्घटना नहाेस एक चिकित्सकले  भने ।

सनिवार बिहान ५ जना बिरामी आफै आउनु भएकाे हाे जंचाउन आएका मध्ये एकजनाकाे अवस्था अलि जटिल थियो, हामीले उनिहरुलाई आईसुलेसनमा बस्नुपर्ने र स्वाव परिक्षण गर्नुपर्ने सुझाव दियाेै तर नेकपाका सांसद बज्राचार्य आएर सेल्फ क्वारेन्टाइनमा बस्ने भन्दैमा पठाईदिन भन्नुभयो यसरी कहाँ सुरक्षित हुन सकिन्छ ? एक चिकित्सकले भने ।

म आफू पनि चिकित्सक हुंं, प्रदेश सरकारले पाल्पाको लागि ताेकेकाे काेराेना उपचार तथा नियन्त्रण समितिकाे संयाेजक हुँ केहि हुँदैन भनेर झगडा गरेपछि हाम्राे केहि उपाय लागेन । चिकित्सकले भने ।

रुघाखोकी मात्रै भए केहि हुदैन थियो हाेला उहाँ केहि दिन मात्रै भयाे भारतकाे लखनउबाट नेपाल आएकाे, घाँटी दुख्ने समस्या र निरन्तर ज्वरो पनि छ भन्नू भएकाे थियो । अस्पताल श्राेतले भन्याे ।

माननीयले अस्पतालबाट जवर्जस्ती बिरामी भगाएपछि चिकित्सकहरुले पाल्पामा काम गर्न असुरक्षित रहेकाे भन्दै आन्तरिक रुपमा असन्तुष्टि जनाएका छ ।

सांसद पुरन बज्राचार्यले भने आफुले दवाव दिएकाे नभई बिरामीले आफै घर जान्छु भनेकाेले पठाईदिनुस मात्र भनेको बताए ।

हामी सिडियाे साव सहित अनुगमनमा गएकाे थियौँ बिरामीकाे अवस्था त्यस्तो जटिल थिएन त्यसैले बिरामीको सम्पर्क नम्बर र ठेगाना राखेर पठाउन भनेकाे हाे बज्राचार्यले भने ।

केहि दिन अघिमात्रै चिकित्सकका लागि आएकाे पिपिई किट ब्यागबाट ५ थान मास्क झिकिनु र अहिले अस्पतालमा आएका बिरामी जवर्जस्ती घर लैजानु जस्तो कार्य दाेहाेरिदै जाने हाे भने चिकित्सक मात्रै हाेईन पाल्पा जिल्ला नै असुरक्षित हुन सक्ने भन्दै चिकित्सकले चिन्ता ब्यक्त गरेका छन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...