annapurna add

काठमाडौं । कोरोना भाइरस (काेभिड-१९) संक्रमण महामारीले देशभर डरलाग्दो अबस्थामा देखिएको छ ।

Purna Bahadur Khadkaउक्त महामारी भयाबह हुने डर उत्तिकै रहेका बेला नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले सरकार गैरजिम्मेवार भएको आरोप लगाउनु भएको छ ।

सरकारको अकर्मण्यता र लाचारी प्रदर्शन लगायतका बिषयमा छलफल गरि समस्याको समाधान खोज्न तत्काल प्रमुख प्रतिपक्ष दल सहित संसदमा प्रतिनितिधित्व गर्ने दलहरुको सर्बदलिय बैठक बोलाउँन कांग्रेस संसदिय दलले प्रधानमन्त्रीसंग माग गर्नु पर्ने धारणा सार्वजानिक गर्नु भएको छ ।

चाँडबाँडको मुखैमा कोरोना भाइरस संक्रमणको फैलावट र सरकारको भुमिकामा गम्भिर प्रश्न खडा भएको भन्दै उहाँले सर्बदलिय बैठकको आवस्यकता ठान्नुभएको हो ।

सरकार विगत सात महिनादेखि सत्ताको लुछाचुँडी, भागबण्डा र छिनाझम्टीमा व्यस्त रहेको आरोप लगाउँदै उहाँले सर्बदलिय बैठक मार्फतजनताको स्वास्थ्यका बारेमा गम्भिर बन्न आग्रह गर्नु भएको छ ।

पार्टीको आन्तरिक कलह होस या राष्टिय संकटमा समन्वयकारी भुमिकामा निर्वाह गर्न माहिर महामन्त्री खड्काले जनताको हितमा यो समयमा कुनै ठोस कदम चालिनु पर्ने माग राख्नुभएको छ ।

नेता खड्काले यसअघि नेपाली काँग्रेसका सांसदहरुले दशैं भत्ता नलिई जनताको उपचारका लागि कोरोना कोषमा जम्मा गर्न आग्रह गर्नु भएको थियो ।
यो आग्रह जनभावना अनुकुल र उपयुक्त कदम हुने भन्दै काँग्रेस संसदिय दललेनै तत्काल संस्थागत निर्णय गरोस भन्ने माग उठान गर्नु भएको थियो ।

त्यसैगरि उहाँले ‘सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा व्यस्त छ । न जनताको चिन्ता छ, नत देशको नै’ ।

कोभिड - १९ को संक्रमणको महामारीले सिंगो देश आक्रान्त बनेको अवस्थामा समेत सकारमा जिम्मेवारीपन नरहेको दाबी गर्दै खड्का भन्नुहुन्छ –‘ यो विपत्तिको कहरमा जनताको लागि खोइ प्रधानमन्त्री ? खोइ सरकार रु खोइ राहत प्याकेज ?’

सरकारमा कुनै जिम्मेवारी बोध नभएको र जनतालाई कुनै भरोसाको सन्देश दिन नसकी अकर्मण्यता प्रस्तुत गर्नु र मौनता देखाउनु दुर्भाग्यपूर्ण भएको धारणा उल्लेख छ ।

कोरोना महामारीबाट आफू बाँच्न र अरुलाई पनि बचाउँदै सक्दो सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत खड्काले गर्नुभएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...