1478958692 banner ad format

 
 

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै  प्रचण्डले  पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार पदबाट राजीनामा दिएका हुन् ।

Prime Minister Pushpa Kamal Dahal resignation min

राजीनामा घोषणा गर्दै प्रमले भने, ‘ नेपाली कांग्रेससंग भएको समझदारी अनुसार नै अगाडि बढ्दैछु । सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रुपमा, एउटा सांसदका रुपमा र एउटा नागरिकका रुपमा मुलूक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु र म यहा“बाट सिधै सम्माननीय राष्ट्रपतिकहा“ गएर आफ्नो राजीनामा पेश गर्दैछु ।
उनले राष्ट्रिय एकता र सहमतिका निमित्त आफ्नो प्रयास निरन्तर जारी रहने रहने समेत प्रतिबद्धता जनाए ।

प्रकासित मिति

Loading...

 

yummyfood