tealaya add

ravi and 3

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ। मंगलवार बिहान दश बजे नै उनिहरुलाई अदालत पुर्याइएको हो।

पाँच दिनको अनुसन्धान र बयानपछि छैठौं दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमूख एसपी दान बहादुर मल्लले जानकारी दिए। अदालत पेस गरिएकोमा लामिछानेसहित , पत्रकार युवराज कँडेल र अस्मिता कार्की रहेका छन्। उनिहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ। आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसार अदालतको प्रकृया अघि बढ्ने बताए। उनले कानून व्यवसायी उपस्थित भए आज मंगलबार नै बहस हुने जानकारी दिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...