annapurna add

काठमाडौं : गत फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

rabindrहेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो । अत्याधिक हिमपात र मौसम खराबीका कारण दुर्घटना भएको बताइएको थियो ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त दुर्घटनाको छानविन गर्नका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनाएको समितिले प्रतिवेदन प्रकाशित गरेको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष रहेको छ ।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो। विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो। मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने अनुमान समितिको रहेको छ ।

हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेका हो ।

पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेकाले पाइलटले परिस्थितिजन्य सावधानी गुमाएको र दुर्घटना भएको समितिको प्रतिबेदनमा उल्लेख छ । दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइलमात्र (३७० मिटर) रहेको छ। हेलिकप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ।

के छ प्रतिवदेनमा ?

एयर डाइनेस्टीको एयरबस हेलिकप्टर (९एन–एएमआई) ले शुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचथर र पाँचथरबाट काठमाडौँ आउने अनुमति लिए पनि पाइलटले अन्तिम समयमा उड्ने बेला मात्र भीएचएफबाट हेलिकप्टरमा भीआईपी रहेको बताउँदै पाँचथरको साटो तेह्रथुम जाने अनुमति मागेका थिए । त्यसपछि हेलिकप्टरलाई काठमाडौँ–तेह्रथुम–काठमाडौँ यात्राको अनुमति दिइएको थियो ।

तर, तेह्रथुमबाट काठमाडौँ फर्कनुपर्ने हेलिकप्टर कुनै पूर्वअनुमति बिना नै बिहान ११ बजेर ४९ मिनेटमा पाथिभरामा ल्यान्ड गर्न पुगेको थियो । त्यसको ४५ मिनेटपछि हेलिकप्टरले काठमाडौँको लागि उडान भरेकोमा एक मिनेटपछि नै दुर्घटनाग्रस्त बनेको थियो ।

प्रतिवदेनमा हेलिकोप्टर दुर्घटनामा पाइलटको तत्कालिन मानसिक अवस्था र मौसमलाई दोषी देखाइएको छ । आयोगले उच्च पहाडी क्षेत्रमा अक्सिजनको कमीले हुने ‘हाइपोक्सिया’ को शुरुवाती चरण ‘युफोरिया’ बाट पाइलट प्रभावित भएको र काठमाडौँ फर्कनका लागि उडान भर्ने बित्तिकै पाइलटले हिमपात र तीव्र हावाबीच खराब मौसमको सामना गर्नुपरेको निष्कर्ष निकालेको छ । खराब मौसमबीच आँखाले देखेको दृश्यमा भन्दा मेसिनको भरमा उडान भर्दा ‘युफोरिया’ बाट ग्रस्त पाइलटले सही निर्णय लिन नसकेको हेलिकप्टर जमिनमा ठोक्किएर दुर्घटना भएको आयोगले बताएको छ ।

पाइलटका कारण दुर्घटना भएको उल्लेख गरिए पनि उडानअघि भने उनको मानसिक र शारीरिक स्वास्थ्य ठीक रहेको प्रतिवेदनमा बताइएको छ ।

आयोगका अनुसार दुर्घटना हुँदा पहिले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएको थियो । त्यसपछि त्यो मुख्य भागसँग छुट्टिएपछि हेलिकप्टर दुर्घटना हुने पुगेको थियो । दुर्घटनापछि मात्र हेलिकप्टरमा आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवदेनमा हेलिकप्टरको निर्धारित समयमा मर्मत सम्भार भइरहेको र कुनै प्राविधिक समस्या नदेखिएको उल्लेख गरिएको छ । प्रत्यक्षदर्शीको बयान र दुर्घटनास्थलको तस्विरबाट हेलिकप्टरको इन्जिन अन्तिम समयसम्म चालु रहेको आयोगको निष्कर्ष छ ।

त्यस्तै, उच्च पहाडी भेगमा यात्रा गर्दा यस्तो हेलिकप्टरमा ७ जना यात्रुले यात्रा गर्दा अगाडिका सिटमा बस्ने यात्रुहरुको वजन १ सय ५४ केजीभन्दा बढी हुन नहुने नियम छ । यसअघि भएका तीनवटा दुर्घटनामा यही कारण देखिएको थियो । नेपालमा उडान अघि यात्रुको वजन जाँच नगरिने हुँदा यो दुर्घटनामा पनि यही कारण हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनाको अन्य कारणमा पाथिभरामा भइरहेको हिमपातको कारण हेलिकप्टरको सिसामा बरफ जमेको र त्यसलाई पाइलटले नहटाएको कारण भिजिबिलिटीमा समस्या भएको पनि उल्लेख गरिएको छ । त्यस्तै, आफू जानकार नरहेको नयाँ ठाउँमा खराब मौसमबीच उडान भरेको कारण पनि दुर्घटना भएको हुनसक्ने कारण औँलाएको छ । पाइलटले उडान भर्नअघि पाथिभराबाट ६ नटिकल माइल दक्षिण पश्चिममा रहेको ताप्लेजुङ विमानस्थल कहाँ पर्छ भनेर सोधेकाले आयोगले यो अनुमान गरिएको हो ।

यस्तो छ निष्कर्ष :

Air Dynasty AIG Final edit 1Air Dynasty2Air Dynasty3

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर