annapurna add

सधैँ जिम्मेवारी निर्वाह गर्न तल्लिन आइजीपी 'सर्वेन्द्र खनाल'

police igpप्रहरीमा सेवा प्रवेश गरेका जोसुकैलाई पनि प्रहरी सेवा प्रवेश गरेपछि एकदिन सेवा निवृत हुनुपर्छ भन्ने थाहा हुन्छ । र हरेक त्यसको निम्ती तयार नै रहन्छन। सेवा निवृत हुनुपर्छ भन्नेमा समान बुझाई भए पनि प्रहरी सेवामा रहँदाको समय उपयोगमा भने व्यक्ती पिच्छे फरक फरक कार्यशैली र मान्यता रहने गर्छ । जसले सेवामा रहँदा आफ्नो योग्यता , क्षमताको प्रयोग देश जनताको हितमा निष्ठापुर्वक गर्यो , त्यो सेवामा रहँदा वा नरहँदा पनि सम्मानित रहन्छन ।

त्यसैले उनीहरु आफ्नो सेवा अवधि कुन दिन सकिन्छ कि भन्ने चिन्तन मननमा लाग्दैनन, बरु हरेक दिन कसरि देश र जनताको हितमा लगाउन सकिन्छ भन्नेमा दत्तचित्त भएर लाग्ने गर्छन । भलै उनीहरुलाइ वास्ता नभएपनि उनीहरुको सेवा अवधिको चिन्ता अरुलाइ पनि निक्कै हुने रहेछ । आफ्नो योग्यता , क्षमता र त्यसको प्रयोगले लोकप्रिय रहेका वर्तमान आइजीपी सर्वेन्द्र खनाल दिनरात प्रहरीको मनोवल उठाउने , शान्ती सुरक्षा विश्वसनीय बनाउने काममा लागिरहँदा कतिपय भने वहाँको सेवा अवधि गन्दै बसेका छन ।

त्यसमा दुई थरि मान्छेहरु देखिएका छन , एकाथरि जो उहाँको कार्यकालमा आफुले भने जस्तो नभएकाहरु जो उनि सेवा निवृत हुन अनि यसो चुर्ती फुर्ति गरौँला भन्ने हसिन सपनामा रमाउनेहरु अनि अर्को थरि दवाव , प्रभाव र लालचले नगल्ने आइजीपी सेवा निवृत हुँदा नया उत्साह र जोसले अगाडी बढेको प्रहरी लडखड पो हुन्छ कि ? अनुभव , जोश जाँगर अनि उर्जाशील उमेर हुँदै आइजीपी सहित अनुभवीहरुको ठुला संख्या सेवा निवृत नभए पनि हुन्थ्यो नि भन्नेहरु छन ।

दुवैको चिन्ता आफ्नो आफ्नो ठाउँमा जायज छन तर दुवै खालका चिन्ताले आइजीपी सर्वेन्द्र खनाललाई केहि फरक पारेको जस्तो लाग्दैन , किनकि उहाँ उस्तै जोस , जाँगर र उत्साहसहित सक्रिय हुनुहुन्छ ।  चिन्ता होस पनि किन ? उहाँ प्रहरी सेवा समाप्तीसंगै दृष्यबाट हराउने खालको व्यक्ति हुँदै हैन । थाहाछैन उहाँको सकियोस भनेर प्रार्थना गर्ने केहिको प्रार्थनाको सुनुवाई हुने हो वा उहाँ सहित अनुभवीहरु अझै सेवामा रहने वातावरण बन्नु पर्छ भन्ने अधिकाँशको कामना पुरा हुने हो तर यति थाहा छ कि जे जस्तो अवस्था भएछ भने पनि सर्वेन्द्र खनाल अरु भन्दा सक्रिय , सम्मानित र कहीं कतै भूमिकामै रहन्छन भन्ने पक्का छ ।

आफ्नो दमित इर्ष्यालाई शान्ती दिंदै उनको नुर गिराउने सपना पाल्नेहरुको सपना चाहिं मुङ्गेरिलाल के हसिन सपने नै होला । सवै जना प्रष्ट रहँदा हुन्छ कि प्रहरीमा रहँदा होस वा नरहँदा होस उनि चम्की रहनेछन , देश र जनताको हितमा कुनै न कुनै हिसावले अनावरत लम्की रहनेछन ।

लेखक : राधाकृष्ण देउजा

radhakis

प्रकासित मिति

Loading...
Loading...

 

Loading...