1478958692 banner ad format

 
 

काठमाडौँ । दुई हप्तादेखि आमरण अनशनमा बसेका प्रा डा गोविन्द केसीको समर्थनमा आज ¥याली निकालिएको छ । 

rally in support of Gobinda KC

विभिन्न संघसंस्था तथा सरोकारवालाको आयोजनामा निकालिएको ¥याली माइतीघर मण्डलाबाट सुरु भएर प्रदर्शनी मार्गमा पुगेको थियो । प्राडा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि आमरण अनशन शुरु गरेका हुन् । शिक्षा मन्त्रालयले डा केसीलाई अनशन तोडी वार्तामा आउन पटकपटक आग्रह गर्दै आएको छ । 

शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ थियो । ¥यालीमा पूर्वप्रधानन्यायाधीश, मानवअधिकारकर्मीलगायत चिकित्सकको सहभागिता रहेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood