tealaya add

bimarsa

-जेबिन सर्वहारा

काठमाडौ । सहिद कुसुम स्मृति प्रतिष्ठानको आयोजनामा राजधानीमा " नेपालको सन्दर्भमा समाजवाद " विषयक विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य प्रदिप गिरी, नेकपा स्थायी समिति सदस्यद्वय घनश्याम भुषाल र राम कार्कीले धारणा राखेका थिए ।

क्रान्तिकारी (माओवादी) का अध्यक्ष तथा वरिष्ठ सौन्दर्यशास्त्री मोहन वैधलाई बोलाईएको भनेतापनि उनी अनुपस्थित थिए । कार्कीले आफ्नो संभाषणमा भने "हाम्रो अहिलेको ठ्याक्कैको स्थिति भनेको समाजवाद कि सत्यानाश हो।मैले आफ्नो जिवनकालमा जनवादी केन्द्रीयता नेपालको कुनै पनि कम्युनिस्ट पार्टीमा देखेका छैन । किसान, मजदुर, विद्यार्थी आन्दोलन नदेखेको पनि दशक भयो । मेरो प्रस्ताव छ कुनैपनि जनवर्गिय संगठनको नेतृत्व पार्टीले नगरौ"।

चे ग्वेभारा भन्छन "पुँजीवाद व्वाँसोहरुको लडाँई हो, म त्यहाँ पुग्छु भन्नू पुजीँवाद हो, हामी त्यहाँ पुग्छौ भन्नू समाजवाद हो ।यहाँ त कम्युनिस्टको शाषण छ तर जुम्लाको जनतालाई मास र मस्याङ् बेच्दा पनि पान नं बनाउ भन्ने व्यवस्थाले जनतालाई कुन समाजवादमा लैजान खोजेको हो मैले बुझिन ।हामी सामन्तवाद सँग लड्यौ, सफल भयौ तर पुँजीवादसँग लड्दा यसले हामीलाई नै प्रदुषित बनाईदियो । अहिले त पार्टीको समाजवादमा हामी र काङ्ग्रेस बिचको, हामी र राप्रपा बिचको फरक पनि छुट्याउन सकिन्न । साथीहरू जे सुकै होस अब आलोचनात्मक चेत बनाउनुस तर स्थिति के छ भने नेताको विरोध गर्यो भने यो जुनीमा भेट नहुन पनि सक्छ"।

कार्यक्रममा बोल्दै घनश्याम भुषालले भने " कसैले मलाई समाजवाद कहिले आउँछ भनेर सोध्यो भने म भन्छु, संविधानमा २०७२ सालमै आईसक्यो । एकजना चिनियाँ महिला थिईन, त्यहाको सभ्यतामा ड्रागनलाई शुभ मानिन्छन् उनी दिनरात ड्रागन देख्ने सपनामा बिताँउथिन तर एकदिन जब उनी साँच्चिकै भयानक ड्रागनको अगाडि पुगिन, बेहोसिएर ढलिन् । कतै देशमा समाजवाद आयो भने ढल्छु कि जस्तो लाग्छ"।
यस्तै कार्यक्रममा बोल्दै नेका नेता प्रदिप गिरीले दुईतिहाईको कम्युनिस्ट सरकारलाई समाजवादको जग बसाल्न आग्रह गरे । विमर्शमा रामचन्द्र शर्मा "विज्ञानले समसामयिक राजनितीक विषयमा विचार राखेका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...