1478958692 banner ad format

 
 

दाङ तुलसीपुर उपमहानगरपालिका ५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका घोराही १२ हापुरका २८ वर्षीय रणबहादुर घर्ती पनि मृत फेला परेका छन् ।

श्रेष्ठको शव भेटिएको सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा नै घर्तीको बुधबार शव भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । जेठ २९ गते श्रेष्ठको हत्या गर्नु एक घण्टाअघि नै घर्तीको हत्या भएको र शव श्रेष्ठको भन्दा २ सय मिटर तल भेटिएको उनले जानकारी दिए ।

अपहरणकारीलाई चिनेका कारण अपराध लुकाउन घर्तीको हत्या भएको उनले बताए । साउन २६ गते बेलुका भारतीय व्यवसायीसँग कामको सिलसिलामा एचपी ११८६४८ नं को गाडीमा रुकुम जाने क्रममा सल्यानको कपुरकोट नजिक व्यवसायी श्रेष्ठको गाडी ठानेर अपहरणकारीले उनलाई रोकेका थिए । घर्तीले अपहरणकारीलाई चिनेको भनेपछि घटनाको पोल खुल्ने डरले उनी पनि श्रेष्ठसँगै अपहरणमा परेका थिए ।

बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा गएका श्रेष्ठ पछाडि थिए । श्रेष्ठ पुगेपछि दुवैजना अपहरणमा परेका थिए । दुवै गाडी जेठ २७ गते सल्यानको कपुरकोट गाउँपालिका ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला परेका थिए ।

प्रहरीले अपहरण र हत्या अभियोगमा हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ । घटनाका मुख्य अभियुक्त सल्यान झिम्पे कोरवाङ ५ घर भई हाल दाङको हेकुली ६ बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर ४ घर भई हाल तुलसीपुर ६ स्याउली बजार बस्ने ३९ वर्षीय टीकाराम घर्ती र उनकी छोरी १८ वर्षीया पूजा घर्तीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले बाँकेको डुरुवा गाउँपालिका ६ स्थित नेपाल भारतको सिमानामा पर्ने हिरमिनियामा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको थियो । 

यसै गरी उक्त घटनाका मुख्य योजनाकारहरु तुलसीपुर उपमहानगरपालीका ८ का २८ वर्षीय भूपेन्द्र भण्डारीलाई तुलसीपुर ११ कटाहाका ३० वर्षीय खुमबहादुर केसीलाई काठमाडौं र तुलसीपुर ९ बेलुवा शिवज्योति टोलका ४१ वर्षीय नारायण ओलीलाई तुलसीपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठको शव भेटिनुअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो । यसअघि पक्राउ पर्नेमा जंकोट १ रोल्पा घर भई घोराही ४ बस्ने ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर १ घर भई हाल तुलसीपुर ६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर १२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही १४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन रहेका छन् । कान्तिपुरबाट 

प्रकासित मिति

Loading...

 

yummyfood