1478958692 banner ad format

 
 
कपिलवस्तु- शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न गएकी बालिकालाई स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।
 
बालिकाका परिवारले विकविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएपछि यो घटना बाहिर आएको हो ।
 
आउदै गरेको तिहारको लागि देउँसी भैलोको तयारी गरी राति करिब १० बजे घर आएकी बालिका शौच गर्न नजिकै शौचालयमा जाँदै गर्दा विकले जबरजस्ती तानेर मुख थुनिदिएर बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । परिवारलाई राति नै बालिकाले घटनाबारे बताए पनि परिवारले बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।
 
उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।
 
प्रहरीका अनुसार पीडित बालिकालाई कपिलबस्तु जिल्ला अस्पतालमा उपचार गरेर घर पठाइएको छ ।
 
विकले आफूले बालिकालाई करणी नगरेको प्रहरी समक्ष बयान दिदै आएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood