1478958692 banner ad format

 
 

काठमाडौँ । सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले सङ्घर्षका कार्यक्रमको घोषणा गरेको छ । 

rastriya janata party madhesbadi party min


बिजुलीबजारस्थित राजपाको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ ३१ गते घोषित दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने गरी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।  


मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा मुद्दा खारेजी नभएको भन्दै गठबन्धनले लामो सङ्घर्ष र सयौँ पटकका वार्ताबाट पनि समस्याको समाधान नभएको ठहर गरेको छ । सङ्घीय गठबन्धनले उठाएका २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका ११ बुँदे तथा सरकारले मधेसी मोर्चा÷गठबन्धनसँग गरेको तीन बुँदे समझदारी अझै पनि कार्यान्वयन नभएको जनाएको छ । 


गठबन्धनले संसदमा रहेका छ पार्टीको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टी नेपाल लगायत निर्वाचन आयोगमा दर्ता भएका अन्य राजनीतिक दललाई समेत दर्ता प्रक्रियामा सहभागी नगराएको र निर्वाचन चिन्ह प्रदान नगरेकामा आपत्ति प्रकट गरेको छ ।

सरकारले थप गरेको स्थानीय तहको २२ वटा सङ्ख्या अपुग एवम् सीमाङ्कन अपूरो रहेको जनाउँदै गठबन्धनका संयोजक महन्थ ठाकुरले एक विज्ञप्तिमार्फत उल्लिखित विषयलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood