annapurna add

काठमाडौं । लोकप्रिय तथा चर्चित नायिका रेखा थापाले राति नै गायिका आस्था राउतलाई भेटेकी छन् । प्रहरीसामु ‘आत्म समर्पण’ गरेकी गायिका आस्था राउतलाई हिरासतमा लिएर त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । नायिका रेखा थापाले गायिका राउतलाई अस्पतालमै पुगेर भेटेकी हुन् ।

rakha asta newsअस्पतालबाट फर्केपछि मध्यरातमा १२ बजे मिनेट जाँदा उनले भावुक स्टाटस लेखेकी छन् । उनले भनेकी छन्, ‘आस्था राउत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिव्यक्तिबारे सबैजसोलाई थाहा छ ।

उनकै शब्दमा समग्र प्रहरी संगठनप्रति पर्न गएको अमर्यादाबारे भुल स्वीकार पनि गरेकी छन् । यसबाहेक आस्था एक नागरिक पनि हुन् र उनले सेवा प्रवाहमा गरिने व्यबहारबारे सुधारको लागि आक्रोशित भएको देखिन्छ ।

व्यक्ति, नागरिक र पदाधिकारी जो भएपनि मानवीय व्यवहार र असन्तुष्टि पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछन् । यसलाई ठूलो बिषय र संस्थाप्रतिको आक्रमण नठानी एउटा सेवाग्राहीको जानअञ्जान आक्रोशको रुपमा लिएर यथाशीघ्र हिरासत मुक्त गर्नु पर्दछ ।’

नायिका थापाले भनेकी छन्, ‘यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अवसर ठान्नु पर्छ । आस्थाले नियोजित अप राध होइन । भुल र आक्रोशमा अपशब्द बोलेको रुपमा लिनु पर्छ ।

राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको स्राेतले बताए ।

आस्थालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

एक वर्षसम्म कैद र १० हजार जरिवाना हुन सक्ने !

तर गायिका राउत आजै रिहा हुने स्राेतकाे दाबी भएपनि प्रहरीले भन्ने फेरि अर्काे चाल चलेकाे छ । 

यही माघ १ गते विमानस्थलमा सुरक्षा जाँचका विषयलाई लिएर महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच विवाद भएको विषयलाई गायिका राउतले नै भिडियोसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

Breaking : गायिका आस्था राउत पक्राउ

यसै विषयमा महिला प्रहरी श्रेष्ठले मुख खोल्दै राउत विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अभद्र व्यवहार विरुरद्ध उजुरी दिएकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको हाे ।

यस्ताे छ रेखा थापाकाे 'फेसबुक स्टाटस' :

आस्था रावत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादा बारे भुल स्विकार पनि गरेकी छन । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आक्रोसित भएको देखिन्छ । ब्यक्ती नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ । यसलाई ठुलो बिषय र संस्था प्रतिको आक्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आक्रोसको रुपमा लिएर यथासिघ्र हिरासत मुक्त गर्नु पर्दछ । यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन भुल/आक्रोसमा अपशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै
बनाउनु हुँदैन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...