1478958692 banner ad format

 
 

काठमाडौं। संघीय समाजवादी फोरम छाडेर कांग्रेसबाट टिकट लिएका अभिषेकप्रताप साहले कपिलवस्तु-३ मा बाजी मारे । उनी फोरमकै मंगलप्रसाद गुप्तालाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् । साह ०६४ का सबैभन्दा कान्छो सभासद् हुन् ।

Representative

राजपा छाडेर सूर्य चिह्नमा निर्वाचन लडेका हृदयेश त्रिपाठी नवलपरासी १ बाट निर्वाचित भए । कांग्रेसका देवकरणप्रसाद कलवारलाई हराउँदै त्रिपाठी निर्वाचित भएका हुन् । उनीसँगै राजपा छाडेका बृजेश गुप्ताले सूर्य चिह्नबाटै कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरे ।

स्थानीय निर्वाचनका बेला फोरम (लोकतान्त्रिक) बाट वीरगन्ज महानगरपालिका प्रमुखमा पराजित भएपछि संघीय समाजवादी फोरममा प्रवेश गरेका विमल श्रीवास्तव पनि पर्सा २ मा निर्वाचित भएका छन् । कांग्रेसका अजय चौरसियालाई हराउँदै उनले बाजी मारेका हुन् ।

यता, लोकतान्त्रिक फोरमबाट माओवादी केन्द्र प्रवेश गरेका रामेश्वर राय यादव सर्लाही-३ बाट निर्वाचत भए । कांग्रेस उम्मेदवार हरेशप्रसाद महतोलाई पछि पार्दै यादवले विजय हासिल गरेका हुन् । यता, नयाँ शक्तिबाट माउ पार्टी माओवादी केन्द्रमै फर्किएका देवेन्द्र पौडेल पनि बाग्लुङ २ बाट निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बासिन्दा पौडेलले कांग्रेसका नीरज पुनलाई पराजित गरेका हुन् ।

असफलता व्यहोर्नेहरू

काठमाडौं  एमालेबाट माओवादी, नयाँ शक्ति हुँदै पुनः माओवादी प्रवेश गर्दै धनुषा-२ बाट निर्वाचन लडेका रामचन्द्र झाले भने चुनावमा हार व्यहोर्नुपर्‍यो । उनी संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए । उता, राप्रपा छाडेर एमालेको सूर्य चिह्न लिएर निर्वाचन लडेका गंगाप्रसाद यादव सिरहा-१ मा कांग्रेसका उम्मेदवार प्रदीप गिरीसँग पराजित भए । यसैगरी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा विलय भएपछि कैलाली-३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका रामजनम चौधरीले पनि पराजय व्यहोर्नुपर्‍यो । उनी माओवादी केन्द्रका गौरीशंकर चौधरीसँग पराजित भए ।

यता, फोरम लोकतान्त्रिक हुँदै निर्वाचनअघि कांग्रेस प्रवेश गरेका गोपाल दहित पनि प्रतिस्पर्धामा तल परे । दहित बर्दिया-२ बाट माओवादी केन्द्रका सन्तकुमार थारूसँग पराजित भएका छन् ।

एमालेबाट टिकट नपाएपछि कांग्रेस प्रवेश गरी चुनाव लडेका मोहनसिंह राठौर एमालेका उम्मेदवार झपटबहादुर रावलसँग पराजित भएका छन् । राठौर विगतमा शिक्षा राज्यमन्त्री छँदा रावल उनका निजी सचिव थिए । यस्तै, राजपा छाडेर सूर्य चिह्नमै लडेका राजपाका अर्का नेता पशुपतिदयाल मि श्र पनि बाँके-२ बाट हारे ।

मि श्रलाई संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले पराजित गरेका हुन् । यता, माओवादीबाट कांग्रेस प्रवेश गरेका सर्लाही-१ का उम्मेदवार शम्भुलाल श्रेष्ठ प्रतिस्पर्धामा तेस्रो नम्बरमा परेका छन् ।

उक्त क्षेत्रबाट एमालेका ध्रुवप्रसाद गौतम अघि छन् भने राजपाका प्रमोद साह कडा टक्करमा छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood