1478958692 banner ad format

 
 

रामपुर - पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै बाटो अवरुद्ध बनेको हो । 

शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । 

सडक माथिबाट ठूलाठूला चट्टासहितको पहिरो खसेकाले उद्धारमा कठिनाइ भएको छ । गएरातिदेखि नै पहिरो हटाउने कार्य भए पनि अहिलेसम्म सडक खुल्न सकेको छैन । पहिरो हटाउनका लागि डोजर, स्काभेटर प्रयोग गरिए पनि ठूलाठूला ढुंगा भएकाले समस्या परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले बताए । 

प्रकासित मिति

Loading...

 

yummyfood