annapurna add

काठमाडौं । रुकुम पश्चिममा भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएकाे छ ।

rukumnews of kantipathnews अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको आरोपमा नेपाल दलित विद्यार्थी संघले मंगलबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । अन्य २ जनाको शव पनि भेरी नदीमा भेटिएको छ ।

सोही घटनामा अन्य ३ जना बेपत्ता छन् ।

प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले नवराज बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।

प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ ।

घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न संसदलगायतमा माग भइरहेका बेला मंगलबार काठमाडौंमा प्रदर्शन भएको हो ।

कसरी भयो घटना

रानागाउँका नवराज विक र सोतीकी मल्ल थरकी युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी गए ।

कान्तिपुर दैनिकका पत्रकार हरि गौतमका अनुसार एक्लै जाँदा खतरा हुने भएकोले १८ जना साथीलाई आफूसँगै लगेको उनीसँगै गएका सुदीप खड्काले बताए । नवराजको टोली सोती पुग्ने बित्तिकै युवतीका आमाबुवाले गाउँलेलाई बोलाएर अन्धाधुन्ध आक्रमण गर्न लगाएको उनीसँगै गएका खड्काको भनाइ छ । घटनामा परेर उनी पनि घाइते छन् ।

‘हामी केटीको घर पुग्न नपाउँदै उनकी आमाले डुम किन आयो, अस्तिको चोटले यसलाई पुगेनछ, आज यो डुमको टोलीलाई मार्नै पर्छ भन्दै कराउन थालिन्,’ उनले भने, ‘त्यसपछि त अरु मान्छे आएर हामीलाई लखेट्न थालिहाले ।’ केटीको आमाले गालीगलौज गर्ने बित्तिकै आफूहरु फर्किन थालेको, तर ५०/६० जनाको समूहले ढुंगामुढा गरेको उनले बताए ।

गाउँलेको समूहले करिब आधा घण्टासम्म ढुंगामुढा गर्दै लखेटेका थिए । उनीहरुले नवराजलाई ढुंगाले हानेर मारेपछि भेरी नदीमा फ्याँकेका उनीसँगै गएका अर्का युवा सरोज भँडेलले बताए । आफूहरुले नदीमा हामफाले पनि ढुंगामुढा गर्न नछाडेको उनको भनाइ छ । ‘हामीमाथि आक्रमण भइरहँदा प्रहरी पुगे पनि प्रहरीले कुनै एक्सन लिएन,’ उनले भने, ‘उल्टै उनीहरुलाई सहयोग गरेर आफ्नो बाटो लाग्यो ।’

पहिले पनि ‘डुम’ भन्दै कुटपिट

नवराजले केटी लिन जाँदा घरपरिवारलाई जानकारी भने गराएका थिएनन् । उनी ‘काफल खान जान्छु’ भन्दै घरबाट निस्केका नवराजकि आमा उर्मिलाले बताइन् । उनका अनुसार यसअघि पनि युवतीका परिवारले ‘डुम’ भन्दै दुईपटक कुटपिट गरेका थिए ।

‘हाम्रो जातभात मिल्दैन, पहिले पनि तिमी लिन जाँदा उनीहरुले अपहेलना गरेका थिए । नल्याऊ बाबु भनेर सम्झाएकै थियौं,’ सोमबार नवराजकी आमा उर्मिलाले भनिन्, ‘भनेको मानेन, अहिले यो अवस्था देख्नुपर्‍यो ।’ माथिल्लो जातकी छोरीलाई बुहारीको रुपमा घरमा भित्र्याउँदा अपहेलित हुन डरले त्यसो नगर्न सम्झाउने गरेको उनले बताइन् ।

आफ्नी प्रेमिकालाई विवाह बन्धनमा बाँध्ने नवराजको यो दोस्रो प्रयास थियो । केही महिनाअघि पनि विवाह गर्न खोज्दा चौरजहारी इलाका प्रहरी कार्यालयको रोहबरमा उमेर पुगेपछि विवाह गर्ने गरी छुटाइएको थियो । आमा उर्मिलाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराज पनि युवतीको घरमा जानेआउने गर्थे । यद्यपि, युवतीका आमाबुवा दुईबीचको प्रेम सम्बन्ध टुटाउन चाहन्थे । पटकपटक नवराजलाई चेतावनी पनि दिएका थिए ।

वडाध्यक्ष सहित १२ जना पक्राउ

घटनामा संलग्न भएका वडाध्यक्ष डम्बर मल्लका साथै केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घटना छानबिन गर्न नेकपाले बनायो समिति

घटनाको निष्पक्ष छानबिन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूकुम पश्चिमले समिति बनाएको छ।

जिल्ला अध्यक्ष गोपाल शर्माले विज्ञप्ति जारी पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा पुष्पा वादी र भीमा थापा सदस्य रहेको समिति बनाएको जानकारी दिएका छन्।

त्यस्तै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रूकुम पश्चिमले घटनाको निन्दा गरेको छ। संघले केटीले बोलाएपछि लिन गएका युवाहरूलाई केटी पक्षले दलित भएकै कारण षडयन्त्रपूर्वक ढंगले बीच बाटोमै सांघातिक आक्रमण गरेर हत्या गरेको आरोप लगाएको छ।

‘२१ औं शताब्दिको मानव सभ्यतालाई नै उपहास गर्ने, राज्यको कानुनलाई ठाडै चुनौती दिने, दलित समुदायलाई उत्तेजित बनाइ साम्प्रदायिक हिंसा भड्काउने यस्ता गतिविधि स्वीकार्य हुँदैन,’संघले भनेको छ।

शहीद घोषणा गर्न समाजवादी पार्टीको माग

यसैबीच, अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिममा हत्या गरिएका जाजरकोटका दलित युवकलाई सांस्कृतिक शहीद घोषणा गर्न समाजवादी पार्टी प्रदेश ५ समितिले माग गरेको छ ।

समाजवादी पार्टीका प्रदेश ५ अध्यक्ष अशोककुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घटनामा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

उनले घटनाको छानबिन गर्न र मृतक युवकलाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्न माग गरेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...