annapurna add

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुकमा दलित युवामाथि गरिएको आक्रमणको अनुसन्धान थालेको छ । विप्लव नेतृत्वको नेकपाले एउटा विशेष अनुसन्धान टोली बनाएर अनुसन्धान सुरु गरेको बताएको छ ।

axm2 netra bikram chandनेकपाको जिल्ला पार्टीले प्रारम्भिक अनुसन्धानको रिपोर्ट माथिल्लो निकायमा पठाएपछि घटनाको अनुसन्धानको लागि विशेष टोली बनाएर रुकुम पठाएको एक नेताले बताए ।

घटनामा स्थानीय जनप्रतिनिधि र दलका नेताहरुको पनि संलग्नता भएकोेले घटनाका दोषीलाई कारवाही नहुन सक्ने भन्दै विशेष टोली बनाएको बताइएको छ ।

“दलित युवामाथि गरिएको आक्रमण निन्दनीय छ । यो दोहोरो झडप होइन, स्थानीय जनप्रतिनिधिको अगुवाईमा भएको दलित युवामाथिको आक्रमण भएको प्रारम्भिक अध्ययनले देखाएको छ । दोहोरो झडप भएको भन्दै दोषीलाई बचाउन खोजिएकोले हामीले विशेष अनुसन्धान टोली बनाएका हौं” कुरा गर्दै ती नेताले भने ।

दलितमाथि देशभर भइरहेका घटनालाई हेर्दा सरकारले यो घटनाका दोषीलाई कारवाही गर्छ भन्नेमा आफूहरुलाई विश्वास नलागेको उनले बताए । उनले सरकारले दोषीलाई उचित कारवाही र पीडितलाई न्यायसहित राहत नदिए आफ्नो पार्टीले जनअदालतमा उपस्थिति गराउने चेतावनी समेत दिए ।

घटनाको निष्पक्ष छानविनको लागि सहयोग गर्न सबैसँग नेकपाले आग्रह गरेको छ । यसअघि पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले घटना निन्दनीय भएको भन्दै छानविन गर्ने बताएका थिए ।

चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का नवराज बिकबीचको प्रेम सम्बन्धलाई लिएर गाउँलेहरुले आक्रमण गरेका थिए । परिवारले प्रेस सम्बन्धलाई अस्वीकार गरेपछि केटीले भागेर विवाह गर्न भनेर नवराजलाई बोलाएकी थिइन् । शनिवार साँझ नवराज १८ जनासहित चौरजहारी पुगेका थिए । गाउँ प्रवेश गर्ने बित्तिकै केटी पक्षले अन्धाधुन्दा आक्रमण गरेका थिए ।

केहीलाई समाते केही भागेर भेरी नदीमा हाम फाले र केहीलाई कुटेर नदीमा फ्याकियो ।

भेरी नदीमा नवराजको शव बग्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएसँगै घटना बाहिर आएको थियो ।

आक्रमण परी बेपत्ता भएका भेरी नगरपालिका–४ गणेश बुढाको लाश सोमबार फेला परेको छ । यसअघि केटीका प्रेमी भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक र उनका साथी चौरजहारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परिसकेको थियो । वेहुली ल्याउन गएका १२ जना घाइते छन् ।

प्रहरीकाअनुसार भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी अझै बेपत्ता छन् ।

पीडित परिवारले सामुहिक हत्याकाण्ड भएको भन्दै दोषीलाई कारवाही नभएसम्म शव नबुझ्‍ने भन्दै बताएका छन् । उनीहरुले जिप्रका जाजरकोटमा धर्ना समेत दिएका छन् ।

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

प्रकासित मिति

Loading...
Loading...

 

Loading...