annapurna add

Rukum5काठमाडौं । रुकुम (पश्चिम)को चौरजहारी घटनाका दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेर भएको आरोप लागेको छ । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले घटनालाई अनेत्रै मोडेर दोषीलाई माफि दिनलागेको भन्दै विरोध भइरहेको छ ।

प्रतिनिधिसभाको बैठकमा घटनालाई अनेत्र मोड्न पूर्वगृहमन्त्री नै लागेको भन्दै विरोध भएको छ ।

पिडित परिवारलाई पैसा दिएर घटनालाई साम्य पार्न खोजिएको भन्दै बैठकमा छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सांसदहरूले माग गरेका छन् ।

कांग्रेस सांसदहरूले त दलित समुदायकै सांसदको नेतृत्वमा समिति गठन हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसले सभामुखसँग समय मागेर रुकुम घटनाको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्यो ।

कांग्रेसका तर्फबाट बोलेका सांसद मानबहादुर विश्वकर्माले भने, ‘गृहमन्त्रीले नदीमा हामफाले भन्नुभएको छ । तर, पोस्टमार्टम गर्दा उनीहरूको पेटमा पानी थिएन । यसको कारण के हो ? उनीहरू मारिएका हुन् ।

उनले कर्मचारीको समितिले न्याय दिन नसक्ने र मान्य नहुने बताए । ‘त्यो घटना फितलो बनाउन आर्थिक अपचलन भएको छ भन्ने रिपोर्ट पाइरहेका छौँ । नेपाली कांग्रेसले त्यसलाई निन्दा गर्दै संसदीय समिति बनाउनुपर्ने हाम्रो माग छ । दलित सांसदको नेतृत्वमा समिति गठन होस्,’ सांसद विश्वकर्माले भने ।

सांसद गगन थापाले रुकुमको नरसंहारलाई संसद्ले टुलुटुल हेरेर मात्रै बस्न नहुने बताए । ‘यस्तो अमानवीय र क्रूर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरू देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसद्ले टुलुटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ,’ सांसद थापाले भने ।

संसद्ले सर्वदलीय संसदीय छानबिन समिति बनाएर अध्ययन नगरेसम्म आफूहरूले यो विषयमा निरन्तर बोलिरहने, लडिरहने उनको भनाइ थियो ।

‘संविधानमा स्वतन्त्रताको हक समानताको हक, आत्मसम्मानपूर्वक बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकदेखि दलितको हकसम्म सबै लेख्यौँ, कानुन बनायौँ भनेर गर्व गरिरहँदा रुकुम सोतीको नरसंहारले हामी सबैको अनुहारमा कालो पोतिएको छ,’ थापाले भने ।

त्यस्तै, सांसद आशाकुमारी विकले मृतकको परिवारले न्याय मागिरहेको उल्लेख गर्दै सत्यतथ्य छानबिन हुनुपर्ने बताइन् ।

घाइतेको स्वास्थ्य उपचार र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘मृतकको परिवारले छोरो मागेका छैनन्, न्याय मागेका छन् । सरकारले छानबिनका लागि विलम्ब नगरी संसदीय छानबिन समिति गठन गरोस् ।

सांसद कृष्णभक्त पोखरेलले जातीय विभेदविरुद्धको घटना मिलाउनेतर्फ नलागेर दण्डको कठघरामा ल्याउनुपर्ने बताए ।

रुकुमको घटनाले सबै नेपालीको मनमा लज्जा र पीडा पैदा गरेको उल्लेख गर्दै सांसद पोखरेले २१औँ शताब्दीमा पनि जातिपातिको आधारमा विवाह हुने–नहुने र त्यसको आधारमा सामूहिक हत्यासमेत हुने कुरा मानवताविरुद्धको अपराध भएको बताए ।

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

'रुकुम हत्याकाण्ड'बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ 'कनेक्सन'

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम 'हत्याकाण्ड' : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम 'हत्याकाण्ड' : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम 'हत्याकाण्ड' : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

प्रकासित मिति

Loading...
Loading...

 

Loading...