annapurna add

पश्चिम रूकुम घटनाले देश तातेको छ । विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मी जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी पनि चलिरहेको छ । तर, छटपटाइरहेका घाइतेको उपचारमा कसैले ध्यान दिएको छैन ।

जाजरकोट । सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्‍यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला टनटनी हुन्छ । तर, योभन्दा धेरै पीडा हुन्छ, जब पश्चिम रुकुमस्थित चौरजहारीको मेसिन अस्पतालले उपचार खर्च असुल्न तारन्तार फोन गर्छ ।

soti ghatanaगत जेठ १० गते भेरी नगरपालिका–५, रानागाँउका नवराज विक प्रेमिकालाई बिहे गर्न चौरजहारी नगरपालिका–८, सोती जाँदा सुदीप पनि साथै थिए । फर्कदा गाँउलेको बर्बर आक्रमणमा नवराजसहित ६ जना केटाहरुको ज्यान गयो । सुदीपसहित १३ जनाले बल्लतल्ल ज्यान जोगाए, एक जना सुरुमै फुत्कन सफल भए, बाँकीलाई मरणासन्न हुनेगरी पिटियो ।

गाउँलेले चिर्पट, हसिँया, ढुंगाले हान्दा–हान्दै सुदीपलाई प्रहरीले समातेर मेसिन अस्पताल लगेको थियो, त्यहाँ उनले सकसपूर्ण दुई रात बिताए । पूरा निको नभई घर फर्कनुपर्‍यो, २ हजार ८ सय ४० रुपैयाँ तिर्न बाँकी थियो । यता, ज्यानको दुखाइ कम भएको छैन, उता अस्पतालले ताकेता गरिरहन्छ । ‘पैसा छैन, न अहिले काम गर्न सकिन्छ, न काम पाइन्छ । कसरी तिर्ने, थाहा छैन,’ सुदीपले दुखेसो पोखे ।

पहिल्यैको उपचार खर्च त बुुझाउन नसकेका सुदीपसँग थप उपचार गर्न कसरी पैसा होस् ! टाउकोमा ढुंगा र चिर्पटले हानेकाले भित्र रगत जमेको डर छ उनलाई तर घटना भएको दुई साता हुँदा पनि उनको टाउकाको सिटी स्क्यान हुन सकेको छैन । शरीरका अन्य भागमा लागेको चोटको पनि भित्री जाँच भएको छैन ।

शुक्रबार रानागाउँस्थित उनको घर पुग्दा बडो चिन्तित मुद्रामा भेटिए । ‘सबै आउँछन्, के भयो भनेर सोधेको–सोध्यै गर्छन् तर उपचार गर्न कसैले वास्ता गर्दैनन्,’ सुदीपले नमिठो अनुभव सुनाए ।

sudip khadkad

सुदीप खड्का

पश्चिम रुकुमको नरसंहारले देश तातेको छ, विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मीहरु जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी हुन्छ । तर, सुदीपझैं घाइते भने उपचार नपाएर छटपटाइरहेका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालयले समेत घाइतेको उपचारमा ध्यान दिएको छैन ।

स्थानीय अगुवा बसुन्धरा विक भन्छिन्, ‘सबै मर्नेको पछाडि लागे, घाइतेहरुको बिजोग छ तर कसैलाई मतलब छैन ।’ जाजरकोट पुगेका अधिकारकर्मीले समेत घाइतेको समयमै उपचार गराउन कुनै पहल नचालेको उनको गुनासो छ । स्थानीय प्रतिनिधिले घाइतेको घर पुगेर सहानुभूतिसमेत प्रकट गरेका छैनन् ।

सुदीपको भन्दा थोरै माथि अर्का घाइते मदन शाहीको घर छ । काठमाडौंमा अध्ययन गरिरहेका मदन लकडाउन हुने भएपछि घर गएका थिए । उनी भर्खर १८ वर्ष पुग्दैछन्, उनको पनि टाउको र काँधमा ठूलो चोट छ । हात थररर कापिरहन्छन् । खुट्टा चलाउन सक्दैनन् । मुन्टो बांगिरहन्छ । उनका अनुसार दुई तीन जनाले टाउको समातेर ढुंगाले हानेका थिए, बाहिर घाउ त छँदैछ, भित्रसम्मै असर परेको अनुभूत हुन्छ उनलाई तर उनको पनि उपचार हुन सकेको छैन । उनलाई पनि मेसिन अस्पतालले १५ सय तिर्न फोन गरिरहन्छ ।

‘छोरो बाँच्यो तर टाउकोको चोटले सधैं सताउने भयो । उपचार गर्न कसैले वास्ता गरेनन्,’ मदनकी आमा लक्ष्मी शाही सुक्सुकाउँदै भन्छिन्, ‘मर्ने मरेर गइहाले, बाँच्नेको पनि बिचल्ली हुने भयो ।’ काँध र खुट्टामा जडिबुटी ओखती बनाएर हालिरहेकी छन् । बाहिरबाट त घाउ सुक्दै गएको छ । भित्री चोट पहिल्याएर निको पार्न छोरालाई छिट्टै अस्पताल लैजान चाहिन्छन् । ‘तर, अस्पताल जान पैसा छैन,’ यसो भनिरहँदा उनका आँखा टिल्पिलाएका थिए ।

madan shahiमदन शाही, साथमा आमा लक्ष्मी शाही

लक्ष्मीका अनुसार मदन निदाउनै सक्दैनन्, झक्सिरहन्छन्, सुतेको बेला पनि चिच्याएझैं गर्छन् । एक्कासि ४०–५० जनाले ढुंगाले हिर्काएको, रुँदै–कराउँदै, चिच्याउँदै भेरीमा फाल हालेको, भेरीको एउटा भंगालो तरिसक्दा पनि गाँउलेले लखेटी–लखेटी कुटेको आततायी क्षण बिर्सनै सकेका छैनन् । त्यसमाथि ६ जना साथी गुमाएको पीडा । ‘जतिबेला पनि हामीलाई खेदेर ढुंगा हानेको झल्को आउँछ, मुटु काँप्छ, निदाउनै सक्दिनँ । बल्लतल्ल निदायो भने फेरि त्यही घटनाले झस्काइहाल्छ,’ दबेको स्वरमा मदनले भने । भेरी तरेर जाजरकोट आइसकेपछि पनि उनलाई त्यहाँ पहिल्यै जम्मा भएको भीडले ढुंगा र लात्ती बर्साएको थियो ।

भर्खर १६ वर्ष पार गरेका गोविन्द सुनुवारको हालत अझ दयनीय छ । शुक्रबार भेट हुँदा उनी कुरा गर्न सक्ने स्थितीमासमेत थिएनन् । बल्लतल्ल बोले पनि बेसुरका कुरा गर्थे । कोही अगाडि पर्दा झस्किएझैं देखिन्थे । टाउको सधैं निहुरिएको हुन्थ्यो । हिँड्दा लरबरिन्थे । गोविन्दको टाउको र गर्दनमा गहिरो चोट लागेको छ । उनको व्यवहार र बोलीचालीमै असामान्य परिवर्तन आएको स्थानीयले बताए । उनलाई करिब डेढ घन्टा नियाल्दा मानसिक समस्याको छनक पाइन्थ्यो । अर्का घाइते लालबहादुर खड्काको पनि छाती र टाउकोमा चोट छ । बोल्नसमेत गाह्रो हुन्छ ।

रानागाउँकी स्थानीय अगुवा बसुन्धराका अनुसार प्राय: सबै घाइतेहरुलाई मानसिक तनावले सताइरहेको छ । झर्को मान्ने, डराउने, रिसाउने, एक्लै बस्ने, आत्तिने गर्छन् । उनीहरुलाई फेरि आफूमाथि हमला होला भन्ने भय छ । घाइते इन्द्रजंग शाह भन्छन्, ‘कतिबेला कहाँ हामीलाई फेरि हमला गर्छन् । घर बाहिर निस्कँदा पनि डर लाग्छ । हाम्रो सुरक्षा कसले गर्छ ?’ कहिल्यै नसुनेको/नदेखेको घटना आफैंले भोग्नु परेकाले त्यहाँबाट बाहिर निस्कनै नसकेको उनले बताए । घाइतेको आधारभूत स्वास्थ्य उपचारमै यतिबिघ्‍न बेवास्ता छ, मानसिक तनाव हटाउन परामर्श र सुरक्षाको बन्दोबस्त त कहिले होला ।

gobind sunuwarगोविन्द सुनुवार

घाइतेहरु सबैको आर्थिक अवस्था नाजुक छ । कोही पढ्थे, त कोही ज्याला मजदुरी गर्थे । स्थायी आम्दानी कसैको छैन । सुदीपलाई त आमाबुबा, पत्नी र छोरीका लागि पनि खर्च जोहो गर्नुपर्ने बाध्यता छ ।

आफैले उपचार खर्च व्यर्होने सक्ने अवस्था छैन । कुनै संघसंस्था वा व्यक्तिबाट उपचारका लागि सहयोग नपाएको घाइतेहरुले बताए ।

यतिका दिन प्रशासनले बेवास्ता गर्‍यो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त घाइतेले उपचारको बिल बुझाए सरकारले फिर्ता दिने बताउँछन् ।

‘घटनालगत्तै घाइतेलाई उपचार गरेर विल पेस गर्न पनि भनेका थियौं तर घाइतेहरुले गर्न सकेनन्,’ प्रजिअ बस्नेतले भने । घाइतेहरुको उपचार खर्च सरकारले ब्यहोर्ने उनको भनाइ छ ।

lal bahadur khadkaलालबहादुर खड्का

प्रजिअको यो भनाइले घाइतेहरुको चित्त दुखेको छ । घाइते सुदीप खड्का भन्छन्, ‘हामीसँग पैसा भए किन सरकारसँग गुहार्थ्यौं ? आफैं उपचार गरिहाल्थ्यौं नि ।’ मेसिन अस्पतालको बिलसमेत नतिरेकाले घाइतेहरुलाई सरकारले उपचार गरिदेला भन्ने आशा छैन । त्यसमाथि समयमै उपचार नपाउँदा चोट निको नहोला भन्ने चिन्ता छँदैछ । भलै प्रजिअ बस्नेत घाइतेको उपचारमा कुनै कमी नहुने दाबी गर्छन । ‘मृतकको खोजी गर्नुपर्नेलगायत कारणले घाइतेको बेवास्ता भएजस्तो लागेको मात्र हो तर हामी उपचार गर्छौं,’ उनले भने ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उपचारमा ढिलाइ भएको स्वीकारे । मृतकको खोजी, पोस्टमार्टम र कानुनी प्रक्रियाले घाइतेतिर ध्यान दिन नसकेको उनको भनाइ छ । ‘पूरक जाहेरी दिने क्रम पनि लगभग पूरा भएको छ । अब हामी घाइतेको उपचार गरिहाल्छौं,’ मेयर घर्तीले भने । घाइतेका आफन्तले बारम्बार गुनासो गरेपछि शुक्रबार अर्कै कामका लागि जिल्ला समन्वय समिति पुगेका घाइतेहरुसँग उनले सामूहिक भेट गरेका थिए । सुरुमा घाइतेको जाजरकोट जिल्ला अस्पतालमा उपचार हुने उनले जानकारी दिए । भन्छन्, ‘कोभिड–१९ का कारण बाहिर जिल्ला लगिहाल्ने अवस्था छैन, त्यसैले यहीं उपचार गर्छौं । बरु औषधि नेपालगञ्जबाट मगाउँछौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा गोकर्ण गौतम, भीमबहादुर सिंहले लेखेका छन् ।

सबै घाइतेको छाती र टाउकोमा चोट लागेको छ । तत्काल सिटी स्क्यान गर्नु आवश्यक छ । घाइते र आफन्तले यही बिन्ती गरिरहेका छन् तर जाजरकोटमा सिटी स्क्यानको सुविधा छैन । घटनाको दुई साता बित्दा पनि नगरपालिका र जिल्ला प्रशासनले जिल्लाबाहिर लगेर उपचार गर्ने इच्छाशक्ति देखाएको छैन । सल्यान र बाँकेका दुई घाइते उपचारबिनै आफ्नो घर फर्किसकेका छन् । यसको पनि प्रशासनलाई पत्तो छैन । सुदीपले भने, ‘बाँच्न त बाँचियो तर छाती र टाउकाको घाउले जीवनभर सताउला जस्तो छ ।

अपडेट : सबैको शव अंगभंग भएको अवस्थामा भेटियो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: थप ७ जना पक्राउ, एकै गाउँका २५ जना हिरासतमा

सोती घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

प्रहरी प्रशासनकाे दादागिरी : जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे शव भेटियाे

रुकुम घटनामा गृहमन्त्री थापाको जवाफ : अमेरिकामा पनि विभेद छ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’बारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’का दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेल

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

'रुकुम हत्याकाण्ड'बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ 'कनेक्सन'

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम 'हत्याकाण्ड' : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम 'हत्याकाण्ड' : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम 'हत्याकाण्ड' : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

प्रकासित मिति

Loading...
Loading...

 

Loading...