annapurna add

महामारीमा यस्तो लुट गर्न लागेकाले उनले असह्य भएर कुनै माध्यमबाट अपराध महाशाखाका प्रमुख एसएसपी थापाकोमा सूचना पुर्याए ।

sahakul sulabh newsदेश कोरोना भाइरस(कोभिड १९) सँग जुधिरहेको बेलामा मेडिकल सामग्रीको कालोबजारी भइरहेको सूचना पाएपछि अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा गम्भीर भए । शंकर ग्रुपका संचालक सुलभ अग्रवालले कोरोना भए नभएको ज्वरो नाप्ने थर्मोगन १६ हजार रुपैयाँमा बिक्री गरिरहेको सूचना थापाले कुनै माध्यमबाट आइतबार पाएका थिए । ३ हजार ५ सय रुपैयाँ पर्ने थर्मोगनको १६ हजार र ३ सयमा पाइने एन नाइन फाइभ मास्कको ९ सयसम्ममा बिक्री गरिरहेको सूचना उनले पाए ।

नेपाल रेडक्रस सोसाइटीका एक पदाधिकारीले थर्मोगन खोजी गर्दै जाने क्रममा त्रिपुरेश्वका सर्जिकलहरु चाहारे । उनलाई कसैले त्रिपुरेश्वरको कृष्ण इन्टरप्राइजेजमा पाइन्छ भनेपछि उनी त्यस सर्जिकलमा पुगे । उक्त इन्टरप्राइजेजका संचालक सपना अग्रवाल र संजय अग्रवालले २२ हजारमा थर्मोगन उपलब्ध गराउनसक्ने बताए । ३ हजार ५ सयमा पाइने थर्मोगनलाई २२ हजार कसरी तिर्ने ? उनले यसो भन्दा अग्रवालले भनेका थिए रे ‘हामीले जगदम्बाबाट १६ हजारमा ल्याएको, त्यत्रो लगानी गरेपछि ६ हजार त मुनाफा खानुपर्यो नि ? ’ उनी पुनः विशाल सर्जिकलमा गए । बिशाल सर्जिकल कन्सर्नमा पनि पाइन्छ भनेर भनेका त्यहाँ गए । उक्त सर्जिकलका संचालक एबी भण्डारीले पनि २२ हजार तिर्ने भए उपलब्ध गराउन सक्ने बताए । उनी पुनः तिरुपति सर्जिकलमा गए, तिरुपतिले पनि कृष्ण र विशालकै जस्तो २२ हजार पर्ने कुरा सुनाए ।

महामारीमा यस्तो लुट गर्न लागेकाले उनले असह्य भएर कुनै माध्यमबाट अपराध महाशाखाका प्रमुख एसएसपी थापाकोमा सूचना पुर्याए । त्यसो त अनेरास्ववियुका नेता समिक बडाल पनि आफ्नो जिल्ला काभ्रेका स्वास्थ्य संस्थामा थर्मोगन माग भएपछि खोजीमा निस्किए । उनलाई पनि बिशाल सर्जिकलले २२ हजारमा उपलब्ध गराउने भन्यो । उनले थर्मोगनको कालोबजारीको जरो पत्ता लगाउने क्रममा शंकर ग्रुपका संचालक नै सक्रिय रहेको भनेर आइतबार सामाजिक संजालमा नै लेखे ।

स्वास्थ्य सामग्रीमा भइरहेको यो कालोबजारीको जरोसम्मै पुग्नुपर्ने निष्कर्षका साथ महाशाखा प्रमुख थापाले सक्रियता देखाए । उनले महाशाखाको टीमलाई शंकर ग्रुपका संचालक सुलभ अग्रवालको मोवाइल नम्बरमा ग्राहकको रुपमा थर्मोगन चाहिएको भनेर सम्पर्क गरी जालमा पार्न सकिने तरिका अपनाउन लगाए । टीमका एक सदस्यले ग्राहकको भेषमा आइतबार सुलभलाई सम्पर्क गरे । सुलभले आफूसँग १ सय पिसमात्र भएको र प्रतिपिस १६ हजार रुपैयाँमा दिन सकिने बताए । उनले थर्मोगनको कालोबजारी गर्दा आफूसँग १ सय पिस मात्र भएको भन्ने गरेका थिए । त्यही कुरा उनले ग्राहक बनेर फोन गरेका प्रहरीलाई पनि गरे । ग्राहक बनेका महाशाखाका प्रहरीले डेढ सय पीस चाहिएको बताए । उनी पहिला १ सय पिस मात्र छ भनिरहेका थिए । तर पछि १५ हजारका दरले १ सय ५० पीस नै दिन तयार भए ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख थापाले एकातिर महामारीको बेलामा मानवजातिको रक्षाका लागि प्रचलित मूल्यमै मेडिकल सामान दिने कर्तब्यबाट च्यूत भएका द्रब्यपिचास अग्रवाललाई कालोबजारी गर्दागर्दै पक्राउ गरेको छ । प्रहरीको यो कार्यलाई सबै नागरिकले सराहना गरेका छन् ।

अग्रवालसँग थर्मोगनको डिल त गर्यो, तर लकडाउनका कारण महाशाखाले आवश्यक रकम जुटाउन सकेन । अपराध महाशाखाले यस्तै कामका लागि राखिएको सो मनी पनि बैंकखातामा थियो । पैसा जुटाउन नसकेपछि आइतबार सामान लिन जान सकेन । चेकमा कारोबार गर्न अग्रवाल तयार नहुने पैसा कहीँबाट नजुटेपछि सोमबार पनि प्रहरीले एक्सन लिन सकेन । र, मंगलबार जसरी पनि पैसा जुटाएर कालाबजारीयालाई जालमा पार्न एसएसपी थापा लागे ।

मंगलबार १० लाख नगद र ५ लाख रुपैयाँको चेक लिएर प्रहरी अग्रवालले दिएको लोकसनमा गए । पैसा बोकेर सादा पोशाकका प्रहरी सामान रिसिभ गर्न तयार भएर बसेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडीमा आएर थर्मोगन लिने ग्राहकको खोजी गर्न थाले । पैसा बोकेका ग्राहकले आफू नै हो भनेपछि अग्रवालले सो गाडीबाट सामान निकाले । तर चेक नलिने बरु १० लाखको मात्र ६६ थान थर्मोगन दिने भनेर निकाल्न थाले । उनले ६६ थान थर्मोगन निकाल्दानिकाल्दै प्रहरीले उनलाई नियन्त्रणमा लियो र सामान पनि बरामद गर्यो । प्रहरीको फन्दामा परेपछि उनले आफू कूटनीतिक नियोगको मानिस भएकाले पक्राउ गर्न नसक्ने भन्दै ध्वाँस दिए । एकछिन त प्रहरी अधिकारी अलमलमा परे । तर एसएसपी थापाले कूटनीतिक नियोगको गाडीमा कालोबजारीका सामान बोक्न पाइँदैन, त्यस्तालाई त झन् कडा कारबाही गर्नुपर्छ, जो भए पनि नछोड्नू भनेपछि उनलाई भ्यानमा कोचेर लगिएको थियो । नियन्त्रणमा लिइसकेपछि सुलभले बलजफ्ती गरी फुत्किन खोज्दा प्रहरी भ्यानको लुकिङ ग्लास नै फृुटेको थियो ।

किर्गिस्तानको अवैतनिक दूतका रुपमा २०९–एचसीसी–१ नम्बरको निलो रङको गाडीमा कालोबजारीको मेडिकल उपकरण बिक्री गर्दैगर्दा पक्राउ परेका हुन् अग्रवाल । अग्रवालले चीनबाट चैत २० गते ल्याएको २० टन थर्मोगन लगायतका उपकरण सोही गाडीबाट आधाभन्दा बढी बिक्री गरिसकेको एक सप्लायर्सले बताएका छन् । उनका भाइ साहिल अग्रवाल पनि बोस्निया हर्ज गोभिनियाका बाणिज्य दूत हुन् । अग्रवाल दाजुभाइ नै कूटनीतिक नम्बर प्लेटको गाडी दुरुपयोग गरी महामारीमा कमाउन मेडिकल सामग्रीको कालोबजारीमा संलग्न थिए । उनलाई बुधबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनसम्म थुनामा राख्ने अनुमति प्रहरीले लिइसकेको छ । कालोबजारी ऐन अन्तर्गत उनलाई कारबाही हुनेछ । तर कूटनीतिक नम्बर प्लेटका गाडी दुरुपयोगमा पनि उनीबिरुद्ध कारबाही हुनुपर्छ, किनकि उनले उक्त सुविधाको दुरुपयोग गरेका छन् ।

अवैतनिक बाणिज्यदूतको नाममा अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश र विशिष्ट भेटघाटमा समेत उपस्थिति जस्ता सुविधा लिएर दुरुपयोग गरेको गुनासो आए पनि पुष्टी नभएकाले त्यस्तो सुविधा परराष्ट्र मन्त्रालयले खोस्न सकेको थिएन । तर मंगलबार प्रहरीले किर्गिस्थानका दूत अग्रवाललाई त्यस्तो सुविधाको गाडीमा कालोबजारीका सामान बिक्री गर्दागर्दै पक्राउ गरेपछि परराष्ट्र मन्त्रालयले बुधबार उनीहरुलाई दिंदैआएको सुविधा तत्कालका लागि खोसेको छ । तर फेरि पनि सरकारले उनीहरुलाई दिनसक्ने संभावना ज्यूँका त्यूँ छ । प्रहरीको प्रयासले गर्दा अवैतनिक दूतका रुपमा सुविधा दुरुपयोग रोक्न परराष्ट्रलाई पनि सजिलो भयो ।

पैसा जुटाउन नसकेपछि आइतबार सामान लिन जान सकेन । चेकमा कारोबार गर्न अग्रवाल तयार नहुने पैसा कहीँबाट नजुटेपछि सोमबार पनि प्रहरीले एक्सन लिन सकेन । र, मंगलबार जसरी पनि पैसा जुटाएर कालाबजारीयालाई जालमा पार्न एसएसपी थापा लागे ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख थापाले एकातिर महामारीको बेलामा मानवजातिको रक्षाका लागि प्रचलित मूल्यमै मेडिकल सामान दिने कर्तब्यबाट च्यूत भएका द्रब्यपिचास अग्रवाललाई कालोबजारी गर्दागर्दै पक्राउ गरेको छ । प्रहरीको यो कार्यलाई सबै नागरिकले सराहना गरेका छन् । अर्कोतिर एसएसपी थापाले अवैतनिक दूतका रुपमा कूटनीतिक सुविधाको कसरी दुरुपयोग भइरहेको छ भन्ने समेत उदांगो पारिदिएका छन् ।

नेपालले विभिन्न देशमा तोेकेका बाणिज्य दूतहरुले कुनै पनि सुविधा पाउँदैनन् । तर बुल्गेरिया, चिली, इथोपिया, चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, बोस्निया हर्जगोभिनिया, युक्रेन, फिजी, गिनी, लाटिभिया, लिथुअनिया, पेरु, पपुवा न्यूगिनी, सोल्भाक रिपब्लिक, सोल्भानिया, माल्टा जस्ता देशको समेत दूत बनेर सुविधा लिने र सुलभले जस्तो गैरकानुनी काम गर्ने क्रम बढेको थियो । यसरी एकै परिवारका ५ जनासम्मले बाणिज्यदूतका रुपमा कूटनीतिक ब्यक्तिले सरह सुविधा लिंदैआएका छन् ।

अवैतनिक दूत भएपछि कूटनीतिक नियोगले प्रयोग गर्ने नम्बर प्लेटको गाडी प्रयोग गर्न पाउने र उक्त गाडी कहीँ पनि चेकजाँच नहुने भएकाले जे जस्ता कार्य गरे पनि उन्मुक्ति पाउँदैआएका थिए । यस्तो दुरुपयोग क्षणिक भने पनि रोकिन पुगेको छ ।

नेपाल सरकारले अवैतनिक दूतहरूलाई कूटनीतिक सुविधा उपलब्ध गराएको छ । नेपालले अवैतनिक दूतका रूपमा विभिन्न देशमा पठाइएकाहरूले कुनै पनि सुविधा त्यहाँको सरकारबाट पाउँदैनन् ।

भियना कन्भेन्सनले पनि उक्त सुविधा दिनेबारेमा केही बोलेको छैन । तर, नेपालमा त्यस्ता दूतहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष, कूटनीतिक नम्बर प्लेट, सिंहदरबार प्रवेश र विशिष्ट भेटघाटमा समेत उपस्थितिलगायतका सुविधा पाउँछन् ।

परराष्ट्र स्राेतका अनुसार अवैतनिक दूत पदको दुरुपयोग गर्दै व्यवसायीहरूले पदीय दुरुपयोग गरेर व्यापार विस्तारसहित सम्बन्धित देशमा 'रजगज' गरिरहेका छन् ।

नेपाल सरकारबाट यस्तो सुविधा उपयोग गरिरहेका ५१ व्यापारीमा प्रतिष्ठित द्योगीदेखि सञ्चार व्यवसायीसम्म रहेकाे पाइएकाे छ । चाैधरी परिवारबाट मात्कार ५ जनाले यस्तो सुविधा उपभोग गरिरहेको तथ्यांकले देखाउँछ ।

अवैतनिक दूतको पद प्राप्त गर्न सम्बन्धित देशले पत्याउनुपर्ने प्रावधान छ । सम्बन्धित देशले मान्यता दिएपछि नेपाल सरकारले नीलो प्लेटलगायतका सुविधा उपलब्ध गराउँछ भने यस्ता दूतलाई नेपालका जुनसुकै भागमा सहज पहुँचका साथै सम्बन्धित देशमा सम्मान प्राप्त हुने भएकाले पनि व्यापारीहरू यसमा लालायित हुने गरेको परराष्ट्र मन्त्रालयको दाबी छ ।

परराष्ट्र स्राेतका अनुसार अवैतनिक दूत पदको दुरुपयोग गर्दै व्यवसायीहरूले पदीय दुरुपयोग गरेर व्यापार विस्तारसहित सम्बन्धित देशमा 'रजगज' गरिरहेका छन् ।

यी हुन् अवैतनिक दूत

अस्टेलियाः राजेशबाबु श्रेष्ठ (मनकामना दर्शन प्रा.लि.)
बेलारुसः अजयराज सुमार्गी (सुमार्गी ग्रुप)
बेल्जियमः आङ छिरिङ शेर्पा (ट्रेकिङ व्यवसायी)
बाेस्निया हर्ज गोभिना: साहिल अग्रवाल (कालो बजारी अभियोगमा पक्राउ परेका व्यापारी सुलभका भाइ)
बुल्गेरियाः भोलाविक्रम थापा (प्रेसिडेन्ट ट्राभल)
क्यानडाः बुद्ध बस्न्यात
चेक रिपब्लिक: विष्णुकुमार अग्रवाल (एमएडब्लू प्रालि, यामाहा मोटरसाइकल)
चिलीः वसन्तराज मिश्र
कोलम्बियाः विनयमान श्रेष्ठ
क्रोएसियाः अमिरप्रताप जबरा
साइप्रसः पद्म ज्योति (ज्योति ग्रुप)
डेनमार्कः हरि धरेल
इक्वेडरः शशिकान्त अग्रवाल (चिनी उद्योगी)
इस्टोनियाः नवराज दाहाल
इथियोपियाः राजेन्द्र गिरी
फिजीः पारस शाक्य
जर्जियाः शिव रतन सारडा (सारडा ग्रुप)
ग्रिसः विक्रम पाण्डे (कालिका कन्स्ट्रक्सन)
ग्युनियाः अशोककुमार अग्रवाल
हंगेरीः अरुणकुमार चौधरी (चौधरी ग्रुप)
इण्डोनेसियाः चन्द्रप्रसाद ढकाल (आईएमई ग्रुप)
इरानः नरेश श्रेष्ठ (चेम्बर उपाध्यक्ष)
आयरल्याण्डः मनोजबाबु श्रेष्ठ (चितवन कोई)
इटालीः प्रतिमा राणा पाण्डे
काजकिस्तानः वरुण चौधरी (चौधरी ग्रुप)
चेक रिपब्लिकः सुलभ अग्रवाल (शंकर ग्रुप)
लाटभियाः करण वैद्य (तेज एण्ड करण इन्टरप्राइजेज)
लिथुवानियाः शोभाकर न्यौपाने
लक्जेम्वर्गः श्रीराम लामिछाने
माल्दिभ्सः राहुल चौधरी (चौधरी ग्रुप)
माल्टाः दिनेश श्रेष्ठ (होटल तथा सञ्चार व्यवसायी)
मेक्सिकोः नरेश दुगड (दुगड ग्रुप)
मंगोलियाः तेसान गुर्मान श्रेष्ठ
मोरक्कोः वसन्तकुमार चौधरी (नर्भिक अस्पताल)
नेदरल्याण्ड्सः पेपिन तार्पमान
पपुवा न्यु गिनीः पूर्ण भण्डारी
पेरुः सुमितकुमार अग्रवाल (व्यवसायी)
फिलिपिन्सः सुरज वैद्य (वैद्यज अर्गनाइजेसन)
पोल्याण्डः लोकमान्य गोल्छा (व्यवसायी)
पोर्चुगलः राजेन्द्रकुमार खेतान (खेतान ग्रुप)
रोमानियाः नारायण बजाज (बजाज समूह)
सर्बियाः निर्वाणकुमार चौधरी (चौधरी ग्रुप)
स्लोभ रिपब्लिकः पासाङ दावा शेर्पा (व्यवसायी)
स्लोभानियाः हरिभक्त शर्मा (देउराली जनता)
साउथ अफ्रिकाः प्रदीपकुमार श्रेष्ठ (पन्चकन्या ग्रुप)
स्पेनः अम्बिका श्रेष्ठ (द्वारिका होटल, व्यवसायी)
स्वीडेनः गजेन्द्रबहादुर श्रेष्ठ (व्यवसायी)
तान्जेनियाः राजेश चौधरी (व्यवसायी)
टर्कीः प्रेमप्रकाश खेतान (व्यवसायी)
उरुग्वेः किरण वैद्य (व्यवसायी)
भियतनामः राजेशकाजी श्रेष्ठ (चेम्बर अध्यक्ष)

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...