1478958692 banner ad format

 
 

राजविराज - सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । 

saptari district

शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार १२८ मत प्राप्त गरी विजयी भए भने  उन का निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किरणकुमार भगतले दुई हजार हजार ९९४ मत प्राप्त गरेका थिए । 

उपप्रमुखमा काँग्रेसका यसमिन सुलतान खातुन तीन हजार २३७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बिन्दुलाकुमारी देवी झाले दुई हजार ७६९ मत प्राप्त गरिन । 

सोही नगरपालिकाको वडा नं १, २, ३ मा काँग्रेस, ४ मा नेपाल फोरम लोकतान्त्रिक, ५ मा एमाले ,६ मा नेपाल लोकतान्त्रिक फोरम, ७ र ८ मा संघीय समाजवादी फोरम नेपाल, ९ र १० मा नेपाली काँग्रेस तथा वडा नं ११ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । 

नगरपालिकाका प्रमुख हेमायु पूर्वस्वतन्त्र सांसद मोहम्द सदरुल मियाँ हकका छोरा हुन । उनको करिब चार वर्ष अगाडि आफ्नै परिवारका सदस्यबाट हत्या भएको थियो । 
सदरुल मियाँ २०६४ सालमा स्वतन्त्र उम्मेदवारका रुपमा क्षेत्र नं ५ बाट सांसद बनेका थिए। 

प्रकासित मिति

Loading...

 

yummyfood