annapurna add

sawari pass news finalसरकारले लकडाउनको अवधि चैत २५ गतेसम्म बढाएपछि सवारी साधनले पास लिने व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गरी अब खाद्य वस्तुलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने निकाय र संघसंस्थालाई अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पास दिने जनाएको छ । साथै अत्यावश्यक काममा बाहेक सवारी पास उपलब्ध नगराउने जिल्ला प्रशासन कार्यालयको भनाइ विपरित जिम्मेवार व्यक्तिको हस्ताक्षर सहितको खाली पास बजारमा भेटिन थालेको छ । स्रोतले कान्तिपथलाई उपलब्ध गराएको ३ दिने सवारी पासको फोटोमा न त प्रयोग गर्ने सवारी धनीको नाम छ न त प्रयोग गर्ने मिति । संकटको यस्तो विषम घडीमा निजामती प्रशासनको यो फितलो प्रदर्शनले सरकारी सहिछापको दुरुपयोग त भयो नै सार्वजनिक सेवा प्रवाहको समेत धज्जी उडाएको छ ।

अत्यावश्यक काममा बाहिर निस्कने सबैलाई जिल्ला प्रशासन कार्यालयले मात्र सवारीसाधन पास उपलब्ध नगराउने भनिएता पनि त्यो कथनीमा सिमित भएको छ ।। यसबाहेक अन्य आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पासमात्रै प्रशासन कार्यालयले दिने सूचना जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयमा अत्यधिक भिड भएकाले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । तर सवारी पासको दुरुपयोगको सम्बन्धमा उनि केहि बोल्न चाहेनन् । सवारीपास वितरणमा एकरूपता नभएको भन्दै पास लिन गएका थुप्रैले प्रमुख जिल्ला अधिकारीको विरोध गरेका छन् । प्रजिअ दाहालले सवारी पास वितरणमा कडाई गरेको बताउदै आएपनि लकडाउनको तिनचार दिन लगातार महँगो भाडा लिएर दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक जाने गाडीहरु निर्वाध गुडेका थिए । स्थानीय समस्या सुनाउन फोन गर्दी नउठाउने जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुले बताए । देशको राजधानी र सुरक्षा सम्बेदनशिलताको केन्द्रबिन्दु काठमाडौँका प्रजिअले सरकारी लकडाउनलाई बेवास्ता गरेपछि गम्भीर प्रश्न उठेको छ ।

sawari pass final

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर